Author: Editor

काठमाण्डौं । मन्त्रिपरिषद्कोबैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११.३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चार माध्यमका पत्रकारसँग छलफल गर्दै सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन्।  सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पोखरेलले सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा यस्ता संवादलाई निरन्तरता दिइने बताए । उनले अन्तर मन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना दिने व्यक्तिको व्यवस्था गरी सूचना प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाइने जानकारी दिए। मन्त्री पोखरेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन रणनीतिअनुसार महत्त्वपूर्ण कामको थालनी गरिसकेको उल्लेख गरे। सरकारी सूचना प्रवाह सुधार, पत्रकारहरूले सूचना सङ्कलनका क्रममा भोगिरहेका चुनौती तथा…

Read More

काठमाडौँ । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबिच सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अनशनरत नर्स रानाभाटबिच बुधबार भएको वार्तापछि १९ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव डा। श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ। अभियन्ताका तर्फबाट ज्योति रानाभाटसहित प्रतिनिधिले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतिपछि उहाँले जुस पिएर अनशन तोड्नुभयो। उहाँले साउन १४ गतेदेखि अनशन सुरु गर्नुभएको थियो। सहमतिअनुसार सरकारी, प्रतिष्ठान, निजी तथा सामुदायिक अस्पताल, मेडिकल कलेज र शिक्षण संस्थामा कार्यरत नर्स तथा मिडवाइफसहित स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा–सुविधा निर्धारण गर्न…

Read More

सुनसरी । सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका रवीन्द्र मेहताका आफन्तले उनका शव बुझ्न मानेका छैनन्। २२ वर्षीय मेहताको मंगलबार उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनीहरुले गृहमन्त्री सुधन गुरुङ स्वयम् उपस्थित भएर माग पूरा नगरेसम्म शव नउठाउने अडान लिएका छन्। अस्पताल परिसरमा उनीहरुले गृहमन्त्रीविरुद्ध नारावाजि समेत गरेका छन्। मेहताका आफन्तहरुले अहिलेसम्म कसैलाई गिरफ्तार नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको, गोली चलाउने कसैलाई पनि सार्वजनिक नगरेको भन्दै कारवाही र क्षतिपूर्तिको माग राखेका छन्। यस्तै, कप्तानगञ्जमा पनि स्थानीयवासीले रुख ढालेर सडक अवरुद्ध पारेर विरोध जनाएका छन्। अहिले त्यँहा प्रहरी र सेना खटेको छ।

Read More

काठमाडौँ । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत छलफल भएको छ। सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो। छलफलका क्रममा व्यवसायीहरुले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताए। पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४‍.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको धारणा थियो। व्यवसायीहरूले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरुले आवश्यकभन्दा बढी भण्डारण…

Read More

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्तीमा विना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा नै भत्काइदिएको बताएका छन्। मङ्गलबार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सरकारको ‘स्टन्ट’ ले गर्दा हजारौँ नागरिक बिचल्लीमा परेको उल्लेख गरे। आङ्देम्बेले सुकुमबासी बस्ती हटाउने क्रममा तीन जना नागरिकले ज्यान गुमाएको पीडादायी तथ्य प्रस्तुत गरे । मनोहरा बस्तीमा डोजर चल्नुअघि १९ वर्षीय रविन तामाङले गरेको आत्महत्या, बल्खुमा घर भत्किएपछि ६१ वर्षीय इन्द्रबहादुर राई बागमतीमा मृत फेला परेको र कीर्तिपुरको होल्डिङ सेन्टरमा ३६ वर्षीय भेषराज दर्जीको उपचार अभावमा भएको मृत्युलाई उनले राज्यको अमानवीय व्यवहारको परिणाम भने ।…

Read More

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्राचार्यलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराएका हुन् । उनी हाम्रो नेपाली पार्टी ९हानेपा०बाट सरकारमा सहभागी भएका हुन् । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । प्रदेश सरकार अल्पमतमा रहेका बेला हानेपाबाट बज्राचार्यलाई मन्त्री बनाइएको हो । सत्ता साझेदार एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार यसअघि नै अल्पमतमा परेको छ । संविधानअनुसार सरकारले भदौ ५ गतेभित्र…

Read More

काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राज्यले प्रहरीलाई बन्दुकको गोलीमा भन्दा पनि लाठि र अश्रुग्याँसमा लगानी किन नगरेको रु भन्दै प्रश्न गरेका हुन् । ‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदा गोली मात्रै किन चल्छ रु लाठि किन चल्दैन ?  टियरग्यास किन चल्दैन? ,’ उनले भनेका छन्, ‘प्रहरीलाई कसैले ढुंगा हान्यो भने उसले गोली हान्छ । किनभने उसलाई टियर ग्यास र लाठ्ठी दिइएको छैन ।’ साथै, उनले मधेशलाई पछि पार्ने, गरिब बनाउने र गोली चलाइहाल्ने प्रवृत्तिको…

Read More

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले लोकतान्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षा नै मुख्य विषय भएको उल्लेख गर्दै सुरक्षा निकायबाट अनावश्यक रूपमा गोली चलाउने प्रवृत्तिको अन्त्य गर्न सरकारसँग माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सुनसरी र सिराहाको गोलबजारमा हालै भएका घटनाहरूको आफूले स्थलगत अध्ययन गरेको र त्यहाँ सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने अवस्था नरहेको बताएका हुन्। ‘लोकतान्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षाभन्दा ठूलो विषय केही हुन सक्दैन। सामान्य विवादमा पनि गोली चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ सांसद यादवले भने। उनले उक्त घटनाका नागरिकको टाउको वा छातीमै गोली हानेर अवस्था नियन्त्रण गर्नुपर्ने स्थिति नरहेको र यस्तो घातक बल प्रयोग…

Read More

काठमाडौं । विपक्षी दलहरुले सुनसरी घटनाको छानबिन गर्न न्यायिक समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न माग गरे। उनले निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रतिक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे। एमाले सांसद गुरु बरालले पनि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गरे। उनले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए। नेकपाकी सांसद बलावती शर्माले घटनाको सत्य तथ्य छानबिन गर्न माग गरिन्। सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि…

Read More