Author: Editor

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले आगामी साउन र भदौ महिनाका लागि संसदीय क्यालेन्डर स्वीकृत गरेको छ। सार्वजनिक क्यालेन्डरअनुसार दुई महिनामा विभिन्न विधेयकमाथिको छलफल, मन्त्रालयगत प्रश्नोत्तर तथा अन्य विधायिकी कार्यलाई अघि बढाउने तयारी गरिएको छ। क्यालेन्डरअनुसार साउन महिनामा अब तीनवटा बैठक बस्नेछन्। शुक्रबार बस्ने बैठकमा शून्य र विशेष समयका अलावा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकको समिति प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सोही बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ( पहिलो संशोधन)  विधेयक, खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा ओसारपसार ( नियन्त्रण ) ( पहिलो संशोधन )  विधेयक र राहदानी ९पहिलो…

Read More

काठमाडौँ । केही समयअघि राप्रपा छाडेका नेता डा. धवलशमशेर राणाले जय नेपाल पार्टी गठन गर्ने पक्का भएको छ । उनले यही साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता राणाले हिन्दु अधिराज्य स्थापना गर्ने मुख्य लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको जानकारी दिए । आफ्नो पार्टीको प्रमुख वैचारिक एजेन्डा सनातन धर्मसापेक्ष हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्थाको पुनर्स्थापना रहेको उनले बताए । उनका अनुसार आफू अध्यक्षतामा दर्ता हुने उक्त पार्टीमा दुर्गा प्रसाईं सर्वमान्य नेताको रुपमा हुनेछन् । सबै जाति, जनजाति र धर्मावलम्बीहरूले राजसंस्थालाई मान्दै आएको परम्परा रहेको उल्लेख…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशउपर निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ । देउवाले दिएको पुनरावलोकनउपर आज पूर्ण इजलासमा सुनुवाई हुन लागेको हो । पूर्णइजलाशपछि निर्णय आउने सम्भावना छ । पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ । सुनुवाइपछि पुनरावलोकनको निस्सा दिने–नदिने विषयमा इजलासले निर्णय गर्नेछ ।

Read More

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/ ८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । बजेट मार्फत वृद्धि भएको नयाँ तलबमान अनुसार अब राज्यको प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ । यसअघि…

Read More

काठमाडौँ । नेपाल सरकारले नेपाली सेनासहित निजामती कर्मचारी, प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाका विभिन्न दर्जाका सैनिकहरूको नयाँ तलब र सुविधा निर्धारण गरेको हो । नयाँ तलबमानअनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको मासिक तलब स्केल ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। प्रधान सेनापतिको सुरुवाती तलब ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थप भएपछि यो रकम कायम भएको हो। त्यस्तै, रथीको कुल तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ…

Read More

काठमाण्डौं । नेपालमा डेंगु सङ्क्रमण तीव्ररूपमा फैलिन थालेको छ । हालसम्म ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने दुई जना सङ्क्रमितको मृत्यु भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( ईडीसीडी )  का अनुसार गत पुस महिनायता सङ्कलित तथ्याङ्कले देशभर डेंगुको जोखिम बढ्दो क्रममा रहेको देखाएको छ। वर्षायाम सुरु भएसँगै सङ्क्रमण थप विस्तार हुने सम्भावना उच्च रहेको विज्ञहरूले चेतावनी दिएका छन्। ईडीसीडीअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगुको प्रभाव सबैभन्दा बढी कोशी र गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाको तथ्याङ्कअनुसार कोशी प्रदेशमा ५६८, गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेसमा ७२…

Read More

काठमाण्डौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्सपङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिेने कार्यसूची छ। राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग ९नियन्त्रण० विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यसैगरी, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार, अर्थ,…

Read More

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो । निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गतेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने र त्यसका लागि वडास्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्नेछ । यो क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय…

Read More

रौतहट । रौतहटको गुजरा नगरपालिका(३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ । दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज बिहान करिब साढे ५ बजे बाराको अमलेखगञ्ज बाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३(००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो । पेट्रोल बोकेको सो ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा…

Read More

काठमाडौँ । नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  ले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले आगामी साउन २५ देखि काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ बाट अभियान सुरु गर्ने तयारी गरेको हो । पार्टीको साउन १३ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार अभियान सञ्चालन हुन लागेको रास्वपाका सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अभियान अवधिभर प्रतिदिन कम्तीमा दुई जना जिम्मेवार नेताको उपस्थिति अनिवार्य गरिएको छ । तीमध्ये एक जना प्रतिनिधि सभा सदस्य अनिवार्य रूपमा रहने व्यवस्था मिलाइएको छ । अभियानबारे जानकारी दिँदै ढकालले भन्नुभयो, “आमनागरिकका गुनासा र…

Read More