Author: Editor

काठमाण्डौं । आन्तरिक राजस्व विभागले आज ( शुक्रबार )  करदाता प्रोत्साहन उपहार घोषणा भएको छ। बिहीबार विभागले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारी गराएको थियो। सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक एवं सहसचिव डा भीष्मकुमार भुसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम आज घोषणा गर्नेछ। उनका अनुसार यही साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल प्रविष्ट ( अपलोड )  गरेका उपभोक्ताका लागि आज उपहार घोषणा गरिनेछ।साउन १ गतेदेखि १५ गतेसम्मको…

Read More

काठमाण्डौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। प्राप्त सूचना अनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ। कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ। समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ। पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युतका पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने…

Read More

काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा पाँच वटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। कार्यसूचीअनुसार, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने छ । त्यसैगरी, प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुहुने छ। यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक…

Read More

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ । मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया…

Read More

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्गबहादुर केसी र सचिव प्राडा रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई सपथ गराएका हुन् । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराए । सपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई…

Read More

काठमाण्डौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्। नेता प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका हुन्। ‘उहाँ साउन २६ गते बेलुकी स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी पाएको छु,’ महतले भने। देउवा उपचारका लागि चुनावअघि सिंगापुर गएका थिए। त्यहाँबाट उनी थप उपचारका लागि हङकङ गएका थिए। देउवा हङकङबाट स्वदेश फर्कन लागेका हुन्। यसअघि देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी पनि गराएका थिए। देउवा दम्पतीमाथि गत वर्ष भदौ २४ गते निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो। देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा साउन…

Read More

काठमाण्डौं । सांसदले सोधेको प्रश्नको जवाफ दिन्न भनेका गृहमन्त्री सुधन गुरूङले संसद्‌मा माफी मागेका छन् । गृहमन्त्रीको जवाफलाई लिएर सांसदहरूले आपत्ति जनाएपछि उनले माफी मागेका हुन् । कांग्रेस संसदीय दलकी नेता कमला पन्त प्रस्तावक रहेको विपद् व्यवस्थापन सम्बन्धी प्रस्तावमाथिको छलफलपछि जवाफ दिने क्रममा गृहमन्त्री गुरूङले माफी मागेका हुन् । ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु ।’ विपद् व्यवस्थापनको विषयमा छलफल चलिरहँदा निर्मला पन्तको विषयमा कुरा उठेपछि आफ्नो शैली रुखो बन्न पुगेको…

Read More

काठमाण्डौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरवलोकन गर्न अनुमति ९निस्सा० दिएको छ। बिहीबार प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले सुनुवाइका लागि निस्सा प्रदान गर्ने आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने अघिल्लो फैसलामाथि पुनः सुरुदेखि सुनुवाइ हुने भएको छ। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसलामा कानुनी त्रुटि रहेको दाबी गर्दै सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए। सर्वोच्च अदालतबाट अघिल्लो फैसलाको पूर्णपाठ प्राप्त भएपछि देउवाले गत साउन ६ गते ९वारिसमार्फत साउन ७ मा० र खड्काले साउन १२ गते…

Read More

सिरहा । सिरहाको गोलबजारमा हिन्दु–मुस्लिम समुदायबीच सद्भाव कायम गर्ने उद्देश्यले आयोजित संयुक्त श्रद्धाञ्जली कार्यक्रममा विवाद भएको छ। शान्ति, सहिष्णुता र आपसी भाइचाराको सन्देश दिन बिहीबार आयोजित कार्यक्रममा दुवै समुदायका नागरिक, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सुनसरीका तीन जना र सिरहाका एक जना मृतकप्रति संयुक्त रूपमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तपेश्वर यादवले गोलबजारका केही राजनीतिक दल तथा व्यक्तिलाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि विवाद सुरु भएको हो। उनले गोलबजारकै केही राजनीतिक दल र व्यक्तिका कारण घटना भएको भन्ने आशय व्यक्त गरेपछि कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच भनाभन भएको…

Read More

ललितपुर। ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो । एसपी मिश्रका अनुसार बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

Read More