Author: Editor

काठमाण्डौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनतासँग प्रत्यक्ष जोडिएका अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत घिसिङले सरकारले कृषकको सिँचाइ गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा झन् १३ प्रतिशत भ्याट लगाएको जिकिर गर्दै यस्तो बताएका हुन्। सरकारले कृषकको सिँचाइ गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा झन् १३ प्रतिशत भ्याट लगाएछ,ु उनले लेखेकाछन्, ुहामीले सिँचाइको महसुल डिमाण्ड चार्ज छुट गरेर ७ रुपैयाँबाट करिब २ रुपैयाँ प्रतियुनिट र सामुदायिक खानेपानी लिफ्टको डिमाण्ड चार्ज छुट गरेर ९ रुपैयाँबाट करिब ४ रुपैयाँ २० पैसा प्रतियुनिट…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समूहले साउन २९(३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएको हो । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा‍‍ शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए । त्यस्तै उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए । उनले भने, ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। त्यस्तो भइहाले विरोध गर्छौँ।’ संयोजक शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा धरपकड भए विरोध गरिने बताएका…

Read More

काठमाण्डौं । नेपाल प्रहरीले नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा ५६८ जना रोहिंग्याको पहिचान गरेको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा यो जानकारी दिइएको हो। उनीहरू कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ। शरणार्थीलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो। प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्। प्रहरीका अनुसार, सबैभन्दा बढी भुटानी शरणार्थी छन्। नेपालमा ६ हजार २७२ भुटानी शरणार्थी रहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। त्यस्तै, तिब्बती शरणार्थी तीन हजार ५२७ जना रहेका छन्।…

Read More

काठमाडौं । म्यानपवार व्यवसायीले १५ बुँदे माग राखेर आजदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरेका छन् । वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजैदेखि लागु हुने गरी वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था र समयसापेक्ष सुधार नहुँदा यस क्षेत्रका समस्या समाधान हुन नसकेको गुनासो गरेको छ । संघका अध्यक्ष डिक बहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कारबाही गरेको भन्दै अब म्यानपावरले कामदार पठाउन बन्द गरेको बताएका छन् ।…

Read More

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’ सार्वजनिक गरेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले तयार गरेको रुपरेखा साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि रुपरेखा सार्वजनिक गरेको हो। उक्त बैठकले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवार छनोट गर्न आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयमा भनिएको छ, ‘आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा आगामी भाद्र १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय…

Read More

काठमाडौं । केही दिन यता देशैभर खान पकाउने ग्यासको अभाव भइरहेको छ । यसै विषयलाई लिएर आज सदनमार्फत सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद रमेश प्रसाईंले सरकारको ध्यानाकर्षण गरेका छन् । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको क्वाटरमा ग्यासको अभाव छ कि छैन भनि सोधेका छन् । उनले रास्वपाको सरकार आएपछि सरकारी कार्यालयमा ‘नो लाइन वानली अनलाइन’ भनी आफैँले गरेको वाचा स्मरण गरे । ‘भात पकाउने ग्यासका लागि जनता दिनभर र रातभर, मध्यरातसम्म लाइनमा बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ,’ उनले भने । उनले ग्यासको अभाव देशैभर रहेको बताए । उनले भने,‘प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट फिर्ता गर्न आग्रह गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र पठाउँदै कोइरालाले मुलुक आर्थिक अभावसहित विभिन्न समस्या झेलिरहेको अवस्थामा राज्यको सीमित स्रोत र साधन नागरिकको हितमा प्रयोग हुनुपर्ने बताएका छन्। सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमा विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकमा रहेको कोइराला निवासको मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर डा.कोइरालाले उक्त रकम कोइराला निवासको मर्मत तथा संरक्षणमा खर्च गर्ने निर्णय आफूले नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्।…

Read More

लुम्बिनी । संघीय सांसदका स्वकीयहरूलाई सेवा–सुविधा दिने संघीय सरकारको निर्णयसँगै लुम्बिनी प्रदेश सरकारले पनि यो व्यवस्था कार्यान्वयन गर्ने भएको छ। यो व्यवस्था लागु भयो भने लुम्बिनी प्रदेशका सांसदहरूले समेत स्वकीय राख्न पाउने र स्वकीयहरूले सुविधा पाउनेछन्। सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार प्रदेशका सांसदहरूले स्वकीय राख्न पाउने व्यवस्था चालु आर्थिक वर्षदेखि लागु हुने गरी कार्यान्वयन गरिने जानकारी दिए। सरकारले यसबारेमा निर्णय लिने र सांसदका स्वकीयहरूले यही साउनदेखि सेवा–सुविधा पाउने व्यवस्था गरिने मन्त्री घिमिरेले जानकारी दिए। ‘प्रदेश सांसदका स्वकीयहरूले यसै साउनदेखि सेवा–सुविधा पाउने खालको व्यवस्था सरकारले गर्ने छ’, सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री घिमिरेले भने, ‘प्रदेशका सांसदहरूले स्वकीय राख्न पाउने र…

Read More

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षा अन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि लिइने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभल ९ःभ्ऋभ्भ्–द्यी २०२७० को अनलाइन आवेदन खुलाएको छ । आयोगले सूचना जारी गर्दै एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी, बी अप्टोमेट्रीलगायत स्नातक तहका स्वास्थ्य शिक्षा कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारलाई अनलाइन आवेदन दिन आग्रह गरेको हो । अनलाइन आवेदन यही साउन २५ गते बिहान ९ बजेदेखि दिन सकिने छ । आवेदन दिने म्याद भदौ १५ गते साँझ ५ बजे सकिनेछ । यद्यपि भदौ १५ गतेपछि २२ गते साँझ ५ बजेसम्म दोब्बर…

Read More

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकद्वारा सर्वसम्मतिले पारित गरिएको छ।

Read More