काठमाण्डौं । पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव ल्याइएको छ। मंगलबार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो।
उनीहरुको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने छ।
साउन १४ गते ब्रड पिक हिमपहिरोमा परेर ६ नेपाली र अन्य ४ जना गरी १० आरोहीको निधन भएको थियो। हिमपहिरोमा ज्यान गुमाएका आरोही पुरबहादुर गुरुङ ‘युक्ता’को स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ। नवाङको शव भौगोलिक कठिनाइका कारण संकलन हुन सकेको छैन भने निर्मल पुर्जाको अन्त्येष्टि भने बेलायतमा हुनेछ।
