रोल्पा । रोल्पामा पहिरोले पुरिंदा मृत्यु हुनेको संख्या चार पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ। रोल्पाको थबाङ गाउँपालिका(५ बोटलबारामा बुधबार राति घरमाथिबाट पहिरो झरेको थियो। पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका५ –का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ। रोल्पा प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार बिहान ७ बजेपछि ७१ वर्षीया मनरखी पुन मगर मृत अवस्थामा पहिरोबाट निकालिएको छ। त्यसअघि १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको शव भेटिएको थियो। उद्धारका क्रममा दिउँसो ७५ वर्षका डलबहादुर पुन मगरको शव फेला परेको छ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगर घाइते छन्। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ। घाइतेहरुलाई उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ।
बेपत्ता हुनेमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर,, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन्। पहिरोमा १० जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० पञ्चकुमार बाखुले बताए। अन्य ९ जना बेपत्ताको खोजी कार्य जारी रहेको बाखुको भनाइ छ।
