काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरीरहेका छन् । । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधि सभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकराी दिए ।
प्रतिनिधिसभाको बैठकमा सुरुमै प्रधानमन्त्री बालेनले सम्बोधन गर्नेछन् । प्रतिनिधिसभामा आजै सभामुख अर्यालले बाढीपछिको विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअगाडि यस अगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् । भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
