Author: Editor
काठमाण्डौं । अमेरिका र इरानले युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मशुद पेजिस्कियानले सम्झौतामा हस्ताक्षर गरेका हुन्। ट्रम्पले पहिलो विश्वयुद्धको अन्त्य गर्ने सन्धी भएको फ्रान्सको भर्साइल्स दरबारमा बसेर सम्झौतामा हस्ताक्षर गरेका हुन्। उनी जी(७ राष्ट्रहरूको सम्मेलनमा भाग लिन फ्रान्स गएका थिए। पछि अमेरिकी अधिकारीहरूले पत्रकारहरूलाई सम्झौता पढेर सुनाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। सम्झौतामा हस्ताक्षर भएसँगै तत्कालका लागि सैन्य गतिविधि रोक्ने, जलमार्ग खुलाउने, प्रतिबन्ध हटाउने र ६० दिनभित्र दीर्घकालीन सम्झौताका लागि वार्ता गर्ने खाका प्रस्तुत गरेको छ। प्रारम्भिक समझदारीपत्रमा मुख्यतः १४ वटा बुँदा छन्— १. सबै मोर्चामा युद्ध अन्त्य गर्ने…
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २६ औँ बैठक आज बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ, जसअनुसार आज विनियोजन विधेयक ९बजेट०, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ। आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकहरूमाथि बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनेछन्। आज प्रधानमन्त्री बालेन्द्र शाहले पनि संसदमा जवाफ दिनेछन्। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र रक्षा मन्त्रालयका जवाफ दिने कार्यसूची रहेको छ। ससद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज शिक्षा तथा खेलकुद…
ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ। वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरू भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बुधबार जावलाखेल पुर्याइएको हो। रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ। जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्र प्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले असार ६ गते शनिबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ। जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन्। हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबभन्दा लामो जात्राका रूपमा चिनिन्छ। जावलाखेल पुर्याएको…
काठमाण्डौं । सम्पत्ति शुद्धीकरणसहित विभिन्न कसुरमा मुछिएका दिपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। ुपछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दा पुर्पक्षका लागि यी प्रतिवादीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने‘,ु आदेशमा भनिएको छ। त्यस्तै अग्रवालको हकमा स्वास्थ्य उपचारलाई मध्यनजरमा राख्न भनिएको छ। ुप्रतिवादी सुलभ अग्रवालको स्वास्थ्य अवस्था समेतलाई मध्यनजरमा गरी आवश्यकता अनुसार निजको स्वास्थ्योपचारका लागि उचित व्यवस्था गर्नू भनी सम्बन्धित कारागार कार्यालयलाई लेखी पठाउनू,ु…
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ । तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उक्त कार्यक्रमसहित सञ्चार…
झापा । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ ९एसओपी०का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन्। नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रहेको र त्यसमध्ये करिब पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले बताए। नेपाल चिया उत्पादक सङ्घ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान…
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनाका साथ काम गरिरहेको जानकारी दिइन्। मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गरिन्। उनका अनुसार विगत ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद रहेको बताउँदै सरकारले संरचनात्मक परिवर्तन गरेको उल्लेख गरिन्। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० को अध्यक्षतामा…
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालको राजीनामा मागेका छन् । ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै प्रचण्ड(माधवले पार्टी हाँक्न नसकेको आरोप लगाएका छन् । पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाईँ संयोजक र सह(संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्, त्यो कमिटीले राष्ट्रिय महाधिवेसन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस् । विगतमा ओली र प्रचण्डको ‘दुई पाइलट’ मोडेलले पार्टी…
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् । साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् । यद्यपि उक्त पार्टीले आफ्नो विरोध जारी राखेको थियो । बेल घेराउपछि १५ मिनेटलाई संसद बैठक स्थगित गरिएको थियो ।
काठमाण्डौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणमा आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिइएको बताए। विनियोजन विधेयक, २०८३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिदैँ उनले आर्थिक वर्ष २०८३।८४ का लागि मन्त्रालयको नीति, कार्यक्रम र बजेट आमसञ्चार, दूरसञ्चार, हुलाक सेवा, चलचित्र तथा मुद्रण गरी पाँच प्रमुख क्षेत्रमा केन्द्रित रहेको जानकारी दिए। आगामी आर्थिक वर्षका लागि सञ्चार मन्त्रालय र मातहतका निकायका लागि पाँच अर्ब ९३ करोड ६० लाख बराबर बजेट विनियोजन गरिएको छ। उक्त बजेटमध्ये ८८ प्रतिशत अनिवार्य…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क