Author: Editor
काठमाडौं । नेकपा ९एमाले० को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो । आजको बैठकमा निर्वाचनको समिक्षा र पार्टीले समानुपातिकतर्फ पाएको सिटमा सांसदहरुको नाम सिफारिश गरिने बताईएको छ । अध्यक्ष ओली पितृशोकमा छन् । उनी आजको बैठकमा सेता लुगामा छन् । केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।
काठमाडौँ । नेपाल आयल निगमले शुक्रवारदेखि देशभर ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बजारमा पठाउन शुरु गरेको छ। देशमा ग्यास आयात खपत अनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि निगमले आधा सिलिण्डर बजारमा पठाएको हो। निगमका प्रवक्ता मनोज ठाकुरकाअनुसार सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेको र अहिले झन सञ्चिति गर्ने क्रम बढ्दा अभाव चर्किंदै गएको बताए। उनका अनुसार शुरुमा एक–दुई वटा कम्पनीको मात्रै ग्यास अभाव भए पनि अहिले अरु ग्यास पनि नपाइने स्थीति आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिण्डर बजारमा पठाइएको हो। निगमकाअनुसार देशमा ग्यास…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ । सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक आइतबार बिहानका लागि सारिएको जनाइएको छ । रासस
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको एजेन्डामा विशेष गरी १० समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्या अनुसार प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषय समावेश छ। बैठकका सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेसका का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालले उपस्थितिका लागि सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिनुभएको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग नेपाल सरकारलाई निर्देशन गरिएको छ। आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्री वितरण गर्ने डिपो समेतको अनुगमन तथा अवलोकन गरेको छ। ‘अनुगमन तथा अवलोकनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको छ, यसका लागि आयात…
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम आइतबार मात्रै पठाउने भएको छ ।अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि पार्टीका सबै नेता पशुपति आर्यघाटमा पुगेका कारण निर्वाचन आयोगले पठाएको पत्र पनि हालसम्म कसैले बुझेको छैन् । एमालेको निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यका अनुसार पार्टी अध्यक्ष शोकमा परेको अवस्थामा पत्र आएकै रहेछ भने पनि आज र भोलि केही कुरा नहुने, तर आइतबारसम्म पठाउन सकिने अवस्था छ । ‘नाम पठाउनुअगाडि नेताहरुले कुनै तहको बैठक वा छलफल गर्नुहोला, त्यसपछि हामीलाई जे निर्देशन आउँछ, त्यही गर्छौँ’, उनले भने । निर्वाचन आयोगले राजनीतिक दलहरुबाट प्राप्त हुने समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारको…
काठमाडौँ । जेनजी विद्रोहपछि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ बुहमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सरकार गठनको प्रारम्भिक आन्तरिक तयारीमा लागेको छ। मन्त्री कसकसलाई बनाउने, मन्त्रिपरिषद् कति आकारको हुने र मन्त्री सांसदलाई नै बनाउने कि विज्ञलाई स्थान दिने लगायतका विषयमा आन्तरिक छलफल सुरु भएको नेताहरू बताउँछन्। प्रधानमन्त्रीको विषयमा भने विवाद र शंकाउपशंका व्यक्त गरिराख्नै नपर्ने नेताहरूको भनाइ छ। चुनावअघि नै भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र साह ( बालेन ) लाई अघि सारिएकाले उनकै नेतृत्वमा नयाँ सरकार बन्ने रास्वपा महामन्त्रीसमेत रहेका दाङ २ बाट निर्वाचित सांसद विपिनकुमार आचार्यले बताए। ‘बालेन प्रधानमन्त्री बन्ने कुरा त पार्टीले औपचारिक रूपमा पहिल्यै सहमति गरेर…
काठमाडौं । नेपाल आयल निगमले आजदेखि आधा सिलिण्डर ग्यास वितरण गर्न सुरु गरेको छ । आपूर्ति असहज बनेपछि आयल निगमले आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको हो। निगमले टेकुस्थित कार्यालयबाट आधा सिलिन्डर ग्यास वितरण गर्न थालेपछि त्यहाँ उपभोक्ताहरूको भिड र लामो लाइन देखिएको छ। मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण ग्यास आपूर्तिमा समस्या हुन सक्ने डरले पछिल्लो केही दिनदेखि बजारमा ग्यासको कृत्रिम अभाव देखिएको छ। नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नभएको बताइरहे पनि उपभोक्ताहरू भने ग्यास नपाएर भौतारिरहेका छन्। युद्धको कारण भारतबाट ग्यास आउन नसक्ने हल्ला फैलिएको बीचमा मूल्य बढाउने उद्देश्यले ग्यास विक्रेताहरूले ग्यास लुकाइरहेको उपभोक्ताहरूको गुनासो छ। पछिल्ला…
अफगानिस्तान । अफगानिस्तानको तालिबान सरकारले शुक्रबार बिहान पाकिस्तानी सेनाले राजधानी काबुलसहित धेरै स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ। तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ‘पाकिस्तानी सेनाले कान्दहार विमानस्थलनजिकै रहेको निजी एयरलाइन्स काम एयरुको इन्धन भण्डारलाई निसाना बनाएको छ।’ उनका अनुसार उक्त कम्पनीले घरेलु एयरलाइन्सका साथै संयुक्त राष्ट्रसंघको विमानलाई इन्धन आपूर्ति गर्छ। तालिबान सरकारका प्रवक्ता मुजाहिद अगाडि लेखेका छन्, ‘हाजी खान जादा नामका व्यापारीको इन्धन भण्डारलाई पनि पहिले निसाना बनाइएको थियो।’ उनले आक्रमण र अपराधलाई निरन्तरता दिँदै पाकिस्तानी सेनाले फेरि काबुल, कान्दहार, पक्तिया, पक्तिका र अन्य क्षेत्रमा बमबारी गरेको आरोप लगाएका छन्।उनले लेखेका छन्, ‘केही…
काठमाण्डौं । संघीय संसदका प्रतिनिधि सभा २७५ र राष्ट्रिय सभा ५९० ३३४ सदस्यमा ११० जना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था छ। राष्ट्रियसभामा कांग्रेसका ५, एमालेका ७, नेकपाका ८, जसपाका १ र मनोनीत एक गरी २२ जना महिला सांसद छन्। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा ८८ जना महिला सांसद संघीय संसदमा पुग्दै छन्। २०७२ असोज ३ गते बनेको नयाँ संविधानले संघीय संसदमा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरेका छ। नयाँ संविधान बनेपछि पहिलो पटक प्रत्यक्षमा १४ जना सांसद निर्वाचित भएका छन्। २०७४ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित ६ जना र समानुपातिक प्रणालीबाट ८४ महिला सांसद भए। प्रतिनिधि…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क