Author: Editor

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनाका साथ काम गरिरहेको जानकारी दिइन्। मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गरिन्। उनका अनुसार विगत ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद रहेको बताउँदै सरकारले संरचनात्मक परिवर्तन गरेको उल्लेख गरिन्। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० को अध्यक्षतामा…

Read More

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालको राजीनामा मागेका छन् । ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै प्रचण्ड(माधवले पार्टी हाँक्न नसकेको आरोप लगाएका छन् । पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्‍याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाईँ संयोजक र सह(संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्, त्यो कमिटीले राष्ट्रिय महाधिवेसन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस् । विगतमा ओली र प्रचण्डको ‘दुई पाइलट’ मोडेलले पार्टी…

Read More

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् । साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् । यद्यपि उक्त पार्टीले आफ्नो विरोध जारी राखेको थियो । बेल घेराउपछि १५ मिनेटलाई संसद बैठक स्थगित गरिएको थियो ।

Read More

काठमाण्डौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणमा आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिइएको बताए। विनियोजन विधेयक, २०८३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिदैँ उनले आर्थिक वर्ष २०८३।८४ का लागि मन्त्रालयको नीति, कार्यक्रम र बजेट आमसञ्चार, दूरसञ्चार, हुलाक सेवा, चलचित्र तथा मुद्रण गरी पाँच प्रमुख क्षेत्रमा केन्द्रित रहेको जानकारी दिए। आगामी आर्थिक वर्षका लागि सञ्चार मन्त्रालय र मातहतका निकायका लागि पाँच अर्ब ९३ करोड ६० लाख बराबर बजेट विनियोजन गरिएको छ। उक्त बजेटमध्ये ८८ प्रतिशत अनिवार्य…

Read More

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास तथा चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले नेपाल आयल निगममार्फत सिलिगुडी–चारआली तथा अमलेखगञ्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी कार्य अगाडि बढिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘नेपाल आयल निगमबाट सिलिगुडी–चारअली र अमलेखगञ्ज–लोथर अन्तरदेशिय पेट्रोलियम पाइप लाइन निर्माण सम्बन्धी कार्य अघि बढिरहेको छ ।’ उनका अनुसार सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको छ भने अन्य प्राविधिक तयारीका कामहरू पनि नेपाल आयल निगमले अघि बढाइरहेको छ ।…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले प्रथम महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह सँगसँगै रहेको तस्बिरसहित लोगो सार्वजनिक गरिएको हो। रास्वपा महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पर्यवेक्षकलाई थप दुई हजार तोकिएको छ । पर्यवेक्षकलाई पाँच हजार तय गरिएको छ । आर्थिक रुपमा विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष सञ्चालन गर्ने जानकारी गराइएको छ ।रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या तीन हजार हारहारी…

Read More

काठमाण्डौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिएका अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गरेका छन्। बैठकको सुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरे। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएका धारणाका सम्बन्धमा ‘रुलिङ’ गर्न र संसद्मा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गरे।उनले सरकारका मन्त्रीहरूले नै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे। नेकपा ९एमाले०का सांसद…

Read More

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३र८४ का लागि ७९ वटा स्थानीय तहलाई दिँदै आएको अनुदान वृद्धि गरेको छ। स्थानीय तहलाई करिब प्रदेश सरकारले २० प्रतिशत अनुदान वृद्धि गरेको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले जानकारी दिए। मन्त्री शाहले आगामी वर्षका लागि प्रदेशका ७९ स्थानीय तहलाई रु पाँच अर्ब ५४ करोड ७२ लाख वित्तीय हस्तान्तरण गरिएको बताए। चालु आर्थिक वर्षको तुलनामा २०।८५ प्रतिशत अर्थात् रु ९५ करोड ७२ लाख बढी रहेको छ। चालु आवमा रु चार अर्ब ५९ करोड स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको थियो। आगामी आवका लागि संघ सरकारबाट प्रदेशलाई समेत अनुदान बढेर आएको छ। प्रदेश सरकारले पनि…

Read More

काठमाडौं । प्रतिनिधिसभामा आज मन्त्रीहरूले सम्बन्धित मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । जस अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयस सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जवाफ पनि आजै प्रस्तुत हुनेछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकले संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ । नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरू झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान ९करिब १० लाख० नोटहरू छापिन्छन् । यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख…

Read More