Author: Editor
काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा ) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपाल बिच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी ( जसपा ) नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । पार्टी एकता पूरा नहुन्जेलसम्म केन्द्रीय…
विराटनगर । माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले औपचारिक रूपमा घोषणा गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्यतर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अब अन्य २ सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले तोकिएको समयमा अन्यतर्फ एकजनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुई(दुईजनाको उम्मेदवारी परेको जानकारी दिए ।
काठमाण्डौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ४९दशमलब ३४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी दिइयो। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। यसको ४९.३४ प्रतिशत भनेको २३४० हुन आउँछ। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ। नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ…
काठमाण्डौं । फेस अफ मारवाडी किड्स २०२६ प्रतियोगिता सम्पन्न भएको छ। मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको अवसरमा मारवाडी युवा मञ्च काठमाडौंको आयोजना पेज– ३ को सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो। मारवाडी समुदायका बालबालिकाको अन्तर्निहित प्रतिभा पहिचान,आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की लगायत विभिन्न दलका नेताहरु पनि सहभागी भएका छन् । प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरूले स्वागत गरे । कार्यक्रममा प्रधानमन्त्री कार्कीसँगै सञ्चारमन्त्री जगदीश खरेल, उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ लगायत विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवा लगायतको उपस्थिति थियो ।शीर्ष दलका नेताहरूलाई पनि निम्ता गरेको थियो। राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीका अवसरमा चियापान समारोह गर्दै आएको छ। राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पौष…
काठमाण्डौं । चर्चित भारतीय गायन रियालिटी शो इन्डियन आइडल सिजन ३ विजेता बनेपछि प्रशान्त तामाङको चर्चा एकाएक चुलिएको थियो। साधारण पृष्ठभूमिबाट उठेर विजेता बन्नु प्रशान्तको व्यक्तिगत सफलता मात्र थिएन, सपनाले जित्न सकिन्छ भन्ने उदाहरण समेत बनेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भावना, पहिचान र स्वर प्रस्तुत हुनु नेपाली भाषी समुदायका लागि गौरवको क्षण थियो। उनको जितले विशेषगरी गोर्खा तथा नेपाली भाषी समुदायमा ठूलो गर्व र उत्साह पैदा गरेको थियो। प्रतियोगितामा उनको सरल व्यक्तित्व र भावनात्मक गायनले लाखौं स्रोता तथा दर्शकको मन जितेको थियो। प्रशान्तले गायन क्षेत्रमा मात्र नभएर अभिनेताका रूपमा समेत आफ्नो राम्रो उपस्थिति छाडे। इन्डियन आइडल बनेको दुई र तीन…
चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोलगत्तै बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उनका अनुसार निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले सोही बस हुनसक्ने सम्भावना रहेको छ । यद्यपि…
काठमाडौँ । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । तालिम सञ्चालन गर्न आयोगका पदाधिकारी र सम्बन्धित कर्मचारी कार्यविभाजन गरी खटिइसकेका छन् । तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको र ती प्रशिक्षकले थप तालिम सञ्चालन गर्ने आयोगको योजना रहेको छ । प्रशिक्षण प्राप्त गरेपछि निर्वाचन अधिकृतले आगामी…
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित पार्टीको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशनको महामन्त्रीद्वय थापा र शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन्।महामन्त्रीद्वय थापा र शर्माले विरुवामा पानी सिँचित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। पानसमा बत्ती बाल्दै उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए। पार्टीको नियमित महाधिवेशन समयमै हुन नसक्ने परिस्थिति बनेपछि दुई महामन्त्रीको आह्वानमा यो विशेष महाधिवेशन आयोजना गरिएको हो। महाधिवेशन आयोजक समितिका अनुसार दिउँसो १ बजे उद्घाटन सत्र सुरु गर्ने तालिका रहे पनि कार्यक्रम केही ढिला गरी सुरु भएको थियो। यस्तै, प्रतिनिधिहरूको नाम दर्ताका लागि आठ वटा ‘स्टल’…
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन सुरु भएको छ। महाधिवेशन आयोजक समितिका अनुसार आज दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटनसत्र सुरु हुने भनिए पनि ढिला गरी सुरु भएको हो। संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ। कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुईदिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया भइरहेको छ। बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु गर्ने भनिए पनि ९ बजेदेखि मात्र नाम दर्ता सुरु भएको थियो।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क