Author: Editor
काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सार्वजनिक अपिल गर्दै सतर्कताका लागि अनुरोध गरेको छ ।मौसमविद्हरूले लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरीको चेतावनी दिएका छन् । आज दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्ला साथै भोलि ९शनिबार० पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने अनुमान छ । प्रि मनसुनको अवधि पनि रहेकाले हुरीका कारण रुख ढल्ने, छाना उडाउने, विद्युत तथा सञ्चाल सेवा प्रभावित हुनेलगायतका जोखिम बढ्ने…
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीतिरकार्ययोजना बैठकका मूल एजेण्डा रहेको बताइएको छ । हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको कमजोर नतिजामा आफूलाई जिम्मेवार ठान्दै सभापति थापाले राजीनामा दिएका छन् । यद्यपि, उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । आजको बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति तथा कार्ययोजना बैठकका मूल एजेण्डा रहेको दुलालले बताएका छन्। बुधबार सभापति थापाले पदबाट राजीनामा दिएका थिए।…
काठमाण्डौं । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवनिर्वाचित सांसदलाई शपथ ग्रहणमा उपस्थित हुन संघीय संसद सचिवालयले सार्वजनिक सूचना निकालेको छ। निर्वाचित सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रहेका छन्। शपथको लागी सांसदहरुले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसको लागी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची ३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको…
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता रु २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए। निर्वाचन सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उनले सुनाए। ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो । १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो । निर्वाचन…
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि अब नयाँ सरकार निर्माण गर्ने र नवनिर्वाचित सांसदहरूलाई सङ्घीय संसद् सचिवालयले पद तथा गोपनीयताको शपथ खुवाउने बाटो खुलेको छ । आयोगले बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर निर्वाचनसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेको हो । राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएको आयोगले त्यो प्रतिवेदनको कपी नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई पनि पठाएको छ । निर्वाचनको नतिजा राजपत्रमा शुक्रबार प्रकाशित गर्ने निश्चित भइसकेको आयोगले जनाएको छ । यो सँगै राजनीतिक दलहरूले नयाँ सरकार गठनका लागि प्रयास गर्ने र संसद् सचिवालयले शपथलगायतका काम गर्ने बाटो खुलेको छ । सङ्घीय संसद्…
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेस गर्न आदेश दिएको हो । गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरू सबै आरोपितहरूका हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेस भएको भेटियो । त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेस गर्न आदेश दिएको हो । सर्वोच्चको आदेश अनुसार अब यो इजलासले रविको मुद्दा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन्। निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन् । रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा १८२ सिट प्राप्त गरेको छ । यो २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत हो । संविधानको धारा ७६ अनुसार अब रास्वपा नेतृत्वमा एकल बहुमतको सरकार बन्नेछ । रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत षगरिसकेको छ तर, प्रधानमन्त्री बन्न संसदीय दलको नेता…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा बहस सकिएको छ । न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुबेदीको इजलासमा गत चैत १ गतेदेखि जारी रहेको बहस आज सकिएको हो । आज खाजा समयअघि निवेदकतर्फको जवाफी बहस सकिएपछि फैसलाको प्रतीक्षा सुरु भएको छ । भ्याएसम्म आजै फैसला हुने नत्र भोली हुने अदालत स्रोतले बतायो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्न माग गरिएको छ । रिट निवेदकको तर्फबाट…
काठमाडौँ । धादिङका सबै स्थानीय तहले नवनिर्वाचित कानूनविपरीत प्रतिनिधिसभा सदस्यले निर्देशन दिएको भन्दै कडा प्रतिवाद गर्ने घोषणा गरेका छन्।धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले केहि दिनअघि दिएको निर्देशनलक्षित टिप्पणी गर्दै १३ वटै स्थानीय तहले र प्रशासनमार्फत हुने हस्तक्षेपको विरोध जनाएका हुन्। धादिङ क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई निर्देशन दिँदै आएकी छिन्। बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले तामाङको नाम नलइकनै सांसदहरूबाट हुने हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको ठहर गर्दै यसको विरुद्धमा उभिने निर्णय गरेको हो। ‘नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं…
काठमाण्डौं । अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेल नखेलाउन अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई पत्राचार गरेको छ। बिहीबार विभागका निर्देशक टीकाराम ढकालले पठाएको पत्रमा पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेल खेलाएको उजुरी आएको उल्लेख गरेको छ। ‘त्यस संघबाट सञ्चालन भएको राष्ट्रिय महिलारपुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ,’ पत्रमा भनिएको छ। अध्यागमन नियमावली अनुसार, पर्यटक भिसामा आएका व्यक्तिले अन्य काम गर्न नपाउने व्यवस्था रहेको विभागले सचेत गराएको छ। पत्रमा भनिएको छ, ‘अध्यागमन नियमावली, २०५१ को नियम २० मा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क