Author: Editor
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटनस्थल भरतपुरस्थित गेस्टहाउस चौर जलमग्न बनेको छ । गएरातिको भारती वर्षासँगै टेन्टभित्र पानी जमेको हो । मञ्च राखिएको ठाउँमा पनि पानीको दह छ । अहिले मोटरको सहयोगमा जमेको पानी निकालिँदैछ । मञ्च निर्माण अहिले पनि धमाधम छ । दिउँसो २ बजेबाट सुरू हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाहले संयुक्त रूपमा गर्दैछन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ। चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलन मार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ुरास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो। प्रतिनिधि छनोटको काम लगभग…
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारबाट चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदै छ । महाधिवेशनको अन्तिम तयारी पूरा भएको रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिनुभयो । “हामीले महाधिवेशनको तयारी पूरा गरेका छौँ । ससाना तयारीका काम अन्तिम अवस्थासम्म पनि भइरहन्छ,” उहाँले भन्नुभयो । महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ । करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ । यस्तै रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले नव विवाहित दुलही झैँ भरतपुर सजिएको छ । प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँ ठाउँमा स्वागत गेट…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदै छ। पार्टी गठन भएको चार वर्षपछि आयोजना गरिएको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेसँगै केन्द्रीय निर्वाचन आयोगले उम्मेदवार तथा प्रतिनिधिहरूका लागि निर्वाचन आचारसंहिता जारी गरेको हो। केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित बनाउन चार बुँदे आचारसंहिता सार्वजनिक गर्दै प्यानल वा गुटबन्दीलाई पूर्ण रूपमा निषेध गरेको छ। आचारसंहिताअनुसार निर्वाचनका क्रममा कुनै पनि प्रकारको संयुक्त सूची बाँड्न, गठबन्धन गर्न वा गुटका आधारमा प्रचारप्रसार गर्न पाइने छैन। यस्तो गरेको पाइएमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने चेतावनी आयोगले दिएको छ। आचारसंहिताको पहिलो बुँदामा उम्मेदवारी…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशनमा प्रतिनिधिहरूको संख्या ४ हजारभन्दा बढी हुने भएको छ। भोलिदेखि सुरू हुने महाधिवेशनमा प्रतिनिधिहरुको विवरण रूजु गर्ने काम भइरहेको छ। प्रतिनिधि सम्बन्धमा बनाइउको उपसमितिकी संयोजक लिमा अधिकारीले शनिबारसम्म ३ हजार ९९० जना प्रतिनिधिको विवरण रुजु भइसकेको बताएकी छन्।रास्वपा महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई प्रतिव्यक्ति ५ हजार शुल्क तोकिएको छ। सो अनुसार प्रतिनिधिहरूबाटै रास्वपाले झन्डै २ करोड रूपैयाँ संकलन गरिसकेको छ। थप विवरणहरू रूजु गर्ने र त्यसको तथ्यांक पार्टीको निर्वाचन आयोगलाई बुझाइने संयोजक अधिकारीले केन्द्रीय समिति बैठकमा बताएकी छन्।
ललितपुर । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा भोटो देखाउने जात्रा आज अपराह्न ललितपुरमा सम्पन्न भएको छ। रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो। जावलाखेलमा आज विशेष समारोहका बीच भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भयो। भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई भोटो अवलोकन गरे। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, उपप्रधान तथा गृहमन्त्री सुधन गुरूङ, ललितपुरका मेयर चिरीबाबु महर्जन, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए। भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ। कपडाको थैलीमा सिलबन्दी…
काठमाडौं । नेपाली कांग्रेसले सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने भएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कारवाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरुलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने बिषयमा छलफल भएको उनले बताए । महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना बिषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गरे । उनले बिषयगत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आगामी मंसिर अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने भएको छ। शनिबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो। आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा महाविधेशन मूल आयोजक समिति पनि गठन गरिएको छ। मूल आयोजक समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी एवं केन्द्रीय समितिका सदस्य, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्य, विभिन्न केन्द्रीय विभागका प्रमुख, प्रदेश अध्यक्ष, सबै जिल्ला अध्यक्ष, प्रतिनिधि सभा र प्रदेश सभाका सांसद, सबै भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन्। महाधिवेशनअघि राप्रपाले मातहतका निकायको अधिवेशनको…
काठमाण्डौं । हेज्बुल्लाहसँग युद्धविराम सहमति गरेको भोलिपल्टै इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ। टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार इजरायली विमान र ड्रोनले शनिबार बिहानभरि नाबातिह क्षेत्रमा धेरैपटक आक्रमण गरे। हमलाबाट आवासीय भवन र घर ध्वस्त भएका छन्। इजरायली सेनाले तोपखानाको गोली पनि चलाएको थियो। यसैबिच अमेरिका र इरानबिच भएको शान्ति सम्झौताका सर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। सीएनएनका अनुसार अमेरिका र इरानले इजरायल र हेजबुल्लाह बिच द्वन्द्वका कारण पहिले रोकिएको वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको छ। रास्वपाको पहिलो महाधिवेशनअघि केन्द्रीय समितिको बैठक बसेको हो। शनिबार अपराह्न केन्द्रीय समितिको बैठक सुरु भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। आईतबारदेखि रास्वपाको पहिलो महाधिवेशन भरतपुरमा सुरु हुँदै छ। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन हुनेछ। महाधिवशेनअघि रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु भएको हो। बैठकमा चार वटा एजेन्डा रहेका छन्। पहिलो राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनका विषयमा छलफल हुने भएको छ। त्यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ। हाल रास्वपाको केन्द्रीय समिति १३१ सदस्यीय छ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क