काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले असार ११ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको छ ।
सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।
ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो ।
