काठमाण्डौं । प्रतिनिधिसभा बैठक आज ( शुक्रबार ) शुरु भएको छ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु भएको हो । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने छन्। यस्तै, सांसद खडकबहादुर बुढाले सार्वजनिक खरिद ( दोस्रो संशोधन ) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनेर राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ( दोस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृतिका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
नीता घतानीले सम्पत्ति शुद्धीकरण ( मनी लाउन्डरिङ ) निवारण ( तेस्रो संशोधन ) अध्यादेश, २०८३ लाई अस्वीकार गर्न राखेको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
