काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको बाँकी मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ। सभापति पदको मतगणना भने राष्ट्रिय सभागृहमा गरिएको थियो। बाँकी मतपेटिका सानेपामा लगेर निर्वाचन समितिले मतगणनाको तयारी गरिरहेको प्रवक्ता देवराज चालिसेले बताए।
उनले भने, ‘निर्वाचन समितिले तयारी पूरा गरेपछि पदाधिकारीका उम्मेदवारहरूसँग छलफल हुन्छ। त्यसपछि आपसी सहमतिमा बाँकी मतगणना सुरु गरिन्छ।’ आज बेलुकासम्ममा आवश्यक तयारी पूरा गरी मतगणना सुरु गर्ने बताए। निर्वाचन समितिले तीन दिनभित्रमा सबै नतिजा सार्वजनिक गर्ने जनाएको छ। ७ हजार ३१७ मतदातामध्ये हिजो भएको मतदानमा ७ हजार ३९ मत खसेको थियो।
बाँकी मतगणना सुरु हुनुअघि नवनिर्वाचित सभापति गगन थापा दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम रहेको छ।
