चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशनमा प्रतिनिधिहरूको संख्या ४ हजारभन्दा बढी हुने भएको छ। भोलिदेखि सुरू हुने महाधिवेशनमा प्रतिनिधिहरुको विवरण रूजु गर्ने काम भइरहेको छ।
प्रतिनिधि सम्बन्धमा बनाइउको उपसमितिकी संयोजक लिमा अधिकारीले शनिबारसम्म ३ हजार ९९० जना प्रतिनिधिको विवरण रुजु भइसकेको बताएकी छन्।रास्वपा महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई प्रतिव्यक्ति ५ हजार शुल्क तोकिएको छ।
सो अनुसार प्रतिनिधिहरूबाटै रास्वपाले झन्डै २ करोड रूपैयाँ संकलन गरिसकेको छ। थप विवरणहरू रूजु गर्ने र त्यसको तथ्यांक पार्टीको निर्वाचन आयोगलाई बुझाइने संयोजक अधिकारीले केन्द्रीय समिति बैठकमा बताएकी छन्।
