Author: Editor

काठमाण्डौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी छ । बैठकमा नियमित छलफलका साथै मन्त्रालयगत एजेण्डाका विषयमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र ( बालेन )  शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक गतिविधि तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा विचार आदानप्रदान भएको छ। भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थिए। सचिवालयले भेटलाई नियमित राजनीतिक संवादको निरन्तरता भएको जनाएको छ। छलफलका विषयमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

Read More

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका छन्। आज हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुनेछ। छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुँदै छन्।

Read More

काठमाण्डौं । । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले बुधबार इरानका सैन्य लक्ष्यहरूमाथि पुनः हवाई आक्रमण गरेको छ। स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई धम्की दिन प्रयोग गरिएका इरानी सैन्य क्षमताहरू र बन्दरगाहमा नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेको एक जहाजलाई लक्षित गरी अमेरिकाले आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई संयम अपनाउनु राम्रो भन्दै चेतावनी दिएका छन्। इरानसँगको युद्ध अन्त्य गर्नका लागि गरिएको प्रारम्भिक सम्झौता पाँचौँ दिनमा पुग्दा दुई देशबीच पुनः सैन्य तनाव चुलिएको छ। यता, इरानले पनि बहराइन र कुवेत लगायतका क्षेत्रमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। इरानका प्रमुख वार्ताकार मोहम्मद बाकर कालिबाफले यदि…

Read More

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ। चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती शून्य लाग्छन् । केही वर्षअघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन्। गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् । यसको असर घर र जमिनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सीपमा परेको छ। दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती रत्तिँदै गएको…

Read More

काठमाण्डौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी फिफा विश्वकप ‘गोल्डेन बुट’ दाबेदारीमा शीर्ष स्थानमा उक्लिएका छन् । बिहीबार बिहान अमेरिकाको एटलान्टामा सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध २(१ को पुनरागमन जित निकाल्ने क्रममा ३९ वर्षीय मेसीले दुवै गोलमा उत्कृष्ट असिस्ट गरे । इंग्ल्याण्डविरुद्धको खेलमा आफैँले गोल गर्न नसके पनि दुईवटा असिस्ट थपेपछि मेसी सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पेभन्दा अगाडि निस्किएका हुन् । हालसम्म खेलिएका ७ खेलमा मेसी र एमबाप्पे दुवैको समान ८–८ गोल छ । तर, फिफाको नियमअनुसार गोल संख्या बराबर हुँदा असिस्ट संख्या हेरिने भएकाले ४ असिस्ट गरिसकेका मेसी शीर्ष स्थानमा उक्लिएका हुन् । एमबाप्पेको नाममा ३ असिस्ट मात्र छ…

Read More

काठमाडौं । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् । पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज…

Read More

जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटसहितको आर्थिक विनियोजन विधेयक २०८३ प्रदेशसभाबाट बुधबार सर्वसम्मतिले पारित भएको छ । मधेस प्रदेशसभाको बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले गर्नुभएको मधेस प्रदेशको आर्थिक विनियोजन विधेयक २०८३ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको सभामुख रामअशिष यादवले घोषणा गरे। दुई दिनसम्म चलेको प्रदेशसभा बैठकमा २१ प्रदेशसभा सदस्यले विनियोजन विधयेकअन्तर्गत विषयगत मन्त्रालयका शिर्षकमाथि उठाएका प्रश्नहरुको मुख्यमन्त्री कृष्णप्रसाद यादव र अर्थमन्त्री भट्टराईले जवाफ दिएपछि आर्थिक विनियोजन विधयेक २०८३ सभामुख यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकमा उपस्थित सबै प्रदेशसभा सदस्यहरुले आर्थिक विनियोजन विधेयक २०८३ को समर्थन गरेपछि विधेयक सर्वसम्मतिले पारित भएको सभामुख यादवले…

Read More

दोहा । उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच दोहास्थित लुसेल प्यालेसमा  शिष्टाचार भेटवार्ता भएको छ। कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको असामयिक निधनप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट शोक र समवेदना प्रकट गर्न उपराष्ट्रपति यादव कतार भ्रमणमा रहेका छन्। भेटका क्रममा उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक संवेदना व्यक्त गर्दै यस अपूरणीय क्षतिको घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरे। साथै उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट प्रेषित शोक तथा समवेदना पत्र हस्तान्तरण गरे।

Read More

काठमाडौँ । सरकारले एक वर्षमा १६६ विधेयक संसद्मा पेस गर्ने गरी प्राथमिकता सूची सङ्घीय संसद्मा पेस गरेको छ । विधायनसम्बन्धी ऐनको व्यवस्था अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो । सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्शका आधारमा प्राथमिकता निर्धारण गरिएको छ । प्राथमिकता सूची अनुसार विधेयक संसद्मा दर्ता हुने छन् तर विशिष्ट आवश्यकता परेमा प्राथमिकता क्रम हेरफेर र नयाँ विधेयकसमेत संसद्मा दर्ता हुन सक्ने छन् । मन्त्रालयले संसद्मा बुझाएको सूची अनुसार पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४५ र तेस्रोमा ५७ विधेयक छन् । पहिलो प्राथमिकताका विधेयक साउनदेखि कात्तिकसम्म संसद्मा…

Read More