Author: Editor

हुम्ला। नेपाल–चीन सीमा हिल्सा क्षेत्रमा स्थापना गरिएका तीन वटा सिमास्तम्भ उच्च जोखिममा परेका छन्। लामो समयदेखि मर्मत तथा पुनर्निर्माण हुन नसक्दा ती सिमास्तम्भ जोखिमपूर्ण अवस्थामा रहेका हुन्। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सा क्षेत्रमा रहेका सिमास्तम्भमध्ये तीन वटा जोखिममा छन्। तीमध्ये ७ ९१० नम्बरको सिमास्तम्भ नेपालतर्फ रहेको छ भने यो पहिरोको उच्च जोखिममा परेको छ। उहाँका अनुसार भीरनजिकै रहेको उक्त सिमास्तम्भ आसपास निरन्तर पहिरो जाने भएकाले बर्खामा पानी पर्दा वा हिउँ पहिरो आउँदा जुनसुकै बेला क्षति पुग्न सक्ने अवस्था छ।त्यसैगरी चीनतर्फ रहेको ७ ( २ ) नम्बरको सिमास्तम्भ नदी किनारमा ढलेको अवस्थामा…

Read More

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । यसैबीच,…

Read More

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा निरन्तर सुख्खा पहिरो खसिरहेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय, धादिङले बिहीबार साँझ सूचना जारी गर्दै राजमार्ग दुईतर्फी अवरुद्ध भएको जनाएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएको सूचनामा उल्लेख छ। प्रशासन कार्यालयका अनुसार पहिरोका कारण सडक क्षेत्रमा उच्च जोखिम कायम रहेकाले यात्रु तथा सवारी चालकको सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गरिएको हो। काठमाडौँ भित्रिने तथा बाहिरिने सवारी साधनलाई वैकल्पिक व्यवस्था अपनाउन र सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह…

Read More

बुटवल । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी गत फागुन २१ गते भएको निर्वाचनमा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमणको आरोप छ । कुटपिटको घटनामा शाहविरुद्ध मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अघि बढेको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । प्रतिनिधिसभा सदस्य शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित ४० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको पीडित शर्माको दाबी…

Read More

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो । विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई समेत आठ वर्ष कैद सजाय सुनाएको छ । यस्तै, नेपाल सरकारको विशिष्ट तहको पदमा रहेर भ्रष्टाचार गरेको ठहर गर्दै पौडेललाई थप ६ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतले रकम बरामद नभएको आधारमा उनीहरूमाथि बिगो कायम गरेको छैन । तर घुस लिएको भनिएको ३ करोड…

Read More

काठमाडौं । संविधान संशोधन बहस पत्र कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको छ । सरकारले गत चैत १६ गते उक्त कार्यदल गठन गरेको थियो । त्यसअघि चैत १३ गते सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमा ‘देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्ने’ भनिएको थियो । सोही विषयमा छलफल गर्न भन्दै सरकारले प्रधानमन्त्री बालेनका सल्लाहकार शाहको नेतृत्वमो ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गरेको थियो…

Read More

काठमाडौं । बालेन सरकारले संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः ब्यूँताएको छ । गत मंगलबारको क्याविनेट निर्णयबाटै यो निर्णय गरिएको हो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूचीलाई संशोधन गर्दै स्वकीय सचिवसम्बन्धी सुविधा पुनः कायम गरिएको कानूनमन्त्री सोविता गौतमले जानकारी दिइन् । कानुन मन्त्रालयले सुविधा पुनर्स्थापनाका लागि अनुसूची संशोधनको प्रस्ताव क्याविनेटमा लगेको थियो । यो संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भएपछि सांसदहरूको स्वकीय सचिव सुविधा लागू हुनेछ । नयाँ व्यवस्थाअनुसार सांसदहरूले शाखा अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन् । जेनजी आन्दोलपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सरकारी ढुकुटीको खर्च कटौती गर्न भन्दै…

Read More

काठमाडौं । सरकारले रु १ र रु २ का नयाँ डिजाइनका सिक्का टकमरी गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ७ निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बताए । यी हुन् निर्णय १. अनुचित लेनदेन९मिटरब्याज० बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय , वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू सदस्य रहने । २. रु १ र रु २ का नयाँ डिजाइनका सिक्काहरू टकमरी गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति…

Read More

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा अभियोगपत्र पेश गरेको हो। पौडेललाई व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरुपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टोबाको उद्योग प्रालि को उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिलाई दिलाएको अभियोग लगाइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । विभागले अनुसन्धान सकेर ३ दिनअघि सरकारी…

Read More

काठमाडौँ । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स०को छपाइ कार्य सम्पन्न भएको छ। साथै अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको जनाएको छ। पहिलो चरणमा २०८२ कात्तिक १२…

Read More