Author: Editor

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका छन्। रौतहटका पार्टी नवप्रवेशीहरूलाई स्वागत गर्दै उनले सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्ने र त्यसलाई सच्याउन तयार रहेको बताएका हुन् । खराब नियत भएमा सच्याउन गाह्रो हुने उल्लेख गर्दै उनले असल सोच राखेर काम गर्दागर्दै पनि कहिलेकाहीँ विवाद आउन सक्ने धारणा राखे। सभापति लामिछानेलेकहिलेकाहीँ किसानको पक्षमा भनेर गरिएका निर्णयहरू व्यावहारिक रूपमा फिल्डमा जाँदा विपक्षमा परिणत हुन सक्ने स्वीकार गरे । सरकारले जसको लाभका लागि निर्णय गरेको हो, त्यसबाट हानि पुगेको खण्डमा निर्णयहरू परिवर्तन हुने उनले स्पष्ट पारे। कुनै कामले धेरै ठुलो क्षति पुर्‍याएमा तत्काल…

Read More

हेटौडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीलाई राजीनामा दिन एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले निर्देशन दिएका छन्। दलका नेता थपलियाले सरकारमा रहेका एमालेका सबै मन्त्रीलाई तत्काल राजीनामा बुझाउन निर्देशन दिएको एमाले स्रोतले जानकारी दिएको हो। केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा प्रदेश सरकारको सत्ता समीकरण परिवर्तन हुने सम्भावनाबिच उक्त निर्देशन दिइएको बताइएको छ। एमाले केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताए। यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। तर अन्तिम समयमा पार्टीको केन्द्रीय निर्देशन नआएकाले…

Read More

राजविराज । सप्तरीको राजविराज कारागारमा पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् । शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका हुन् । दुईरतीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको र सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको कारागारका रुपक मण्डलले जानकारी दिए । उनका अनुसार अहिले आन्तरिक छलफल भइरहेको छ । आत्मदाहको प्रयास भएपनि च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनले बताए । यद्यपी विवाद हुनुको कारण भने खुलाइएको छैन ।

Read More

काठमाण्डौं । फिफा विश्वकपमा सबैभन्दा धेरै चर्चा हुने खेल फाइनल हो। त्यसअघि हुने तेस्रो स्थानको खेल भने प्रायः ओझेलमा नै पर्छन्। धेरैका लागि यो त्यस्तो खेल हो, जुन खेल्न पनि मन लाग्दैन र हेर्न पनि विशेष आकर्षण रहँदैन। किनभने यो उपाधिको लडाइँ होइन। अधुरो सपनापछि सान्त्वना खोज्ने प्रयास बन्छ। इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले पनि यही यथार्थ स्विकार्छन्। धेरै समर्थक पनि यस्तो खेलमा खासै रुचि राख्दैनन्। अमेरिकाको मियामी शनिबार राति यस्तै एउटा खेल हुँदै छ। जहाँ विश्वकपका दाबेदार मानिएका फ्रान्स र इङ्ल्यान्ड भिड्दै छन्। न त इङ्ल्यान्डका खेलाडीहरू यो खेल खेल्न चाहन्छन्, न त फ्रान्सका। दुवैको लक्ष्य विश्वकपको फाइनल खेल्नु…

Read More

डडेलधुरा । भीमदत्त राजमार्गअन्तर्गत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका–७ खस्र्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु।प।प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका –१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए। प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल…

Read More

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि कानुन व्यवसायीसमेत रहेका रास्वपा सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्मम समीक्षा गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । फेसबुकमा स्ट्याटस लेख्दै न्यौपानेले न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव नभएको धारणा राखेका हुन् । न्यौपानेले न्यायालयमा आवश्यक सुधार नगरे आम नागरिकले समेत न्यायको प्रत्याभूति गर्न नसक्ने अवस्था रहने चेतावनी दिए। उनले सुधारको प्रक्रिया जति ढिला गरिन्छ, त्यसको असर त्यति नै गम्भीर र अकल्पनीय हुने अवस्था सिर्जना हुन सक्ने धारणा राखे। उनका अनुसार देश परिवर्तनका लागि न्यायालयसहित राज्यका सबै निकायले समयअनुकूल परिवर्तनलाई आत्मसात…

Read More

काठमाडौँ। नेपाल टेलिभिजन ( हाल, सार्वजनिक सेवा प्रसारण संस्था )  को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ । स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले २०८३ जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार मन्त्रालयलाई…

Read More

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले शनिबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको लडेर हात भाँचिएको भन्ने समाचारप्रति सचिवालयले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले‘‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ। सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’ सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि…

Read More

काठमाण्डौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनीविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थुनछेक आदेश जारी गरेको हो। आदेशअनुसार पौडेल अब साधारण तारेखमा उपस्थित हुँदै मुद्दाको सुनुवाइ प्रक्रिया सामना गर्नेछन्।

Read More