Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आर्थिक अनियमितता गरेको भए राजनीतिक जीवनबाटै राजीनामा दिने बताएका छन् । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दैमा समग्र मन्त्रालय नेतृत्व वा मन्त्रीहरुले राजीनामा दिनुपर्ने संस्कृति स्थापित गर्नु असम्भव रहेको पनि उनले बताएका छन् । शनिबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले गृह मन्त्रालय जस्तो ठूलो संस्थामा हजारौं होइन, लाखौं कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै भने, ‘संवैधानिक निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ, तर त्यसैको आधारमा सबै मन्त्रीहरूले राजीनामा दिँदै जानुपर्ने हो भने के त्यसो गर्न सकिन्छ ?  के यस्ता परम्परा बसाल्न सकिन्छ । गृह मन्त्रालयसँग जोडिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाएको प्रसंग स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको हो । बैठकले पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानूनी रूपमा स्वीकार गरेको छ । तर सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी…

Read More

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे । उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए । नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरूको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे । उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरूले जनमत सङ्ग्रहबाट डराउन नहुने जिकिर गरे…

Read More

कास्की । ‘जनतासँग माओवादी–मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्कीमा रहेका नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी ९नेसपा० लगायत अन्य समाजवादी धारका दल रहेका छन् । उनीहरूले कास्की जिल्ला र मध्यपहाडी ९पुष्पलाल० लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर उक्त ज्ञापनपत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाइएको हो ।

Read More

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिनको लागि आजबाट घरदैलो कार्यक्रम गर्ने भएको छ। आन्दोलनमा काठमाडौंवासीको सक्रिय सहभागिताको लागि आग्रह गर्दै आज साँझ जमलबाट घरदैलो कार्यक्रम सुरु गर्न लागेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार घरदैलो कार्यक्रम तीन दिनसम्म चल्नेछ। जमल हुँदै असन, इन्द्रचोक भोटाहिटी, वसन्तपुरलगायतका क्षेत्रमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम रहेको उनले बताए। घरदैलो कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत शीर्ष नेताहरू सहभागी हुनेछन्। घरदैलो कार्यक्रममा शीर्ष नेताहरुले काठमाडौं, ललितपुर…

Read More

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको हिजो ९शुक्रबार० उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको बताउँदै उनले भने,‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले…

Read More

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च…

Read More

काठमाडौँ । सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । बुधबारको बैठकको निर्णय अनुसार उपसमितिको प्रतिवेदनमा रहेको सामान्य भाषिक त्रुटी सच्याएर पठाइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए । लेखा समितिको बुधबार बसेको बैठकले समिति अन्तर्गत राजेन्द्र लिङ्देन नेतृत्वमा गठन भएको उपसमितिले तयार गरेको प्रतिवेदन र त्यसमा समावेश भएका थप राय समेत अख्तियारलाई पठाउँदै छानबिनका लागि निर्देशन दिने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले शुक्रबार आदेश गर्दैेछ । शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारीमा छ । यसबिचमा न्यायाशीधहरु ढोका बन्द गरेर आदेश लेखनमा छन् । लामिछाने सहित पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आदेश लेखन जारी छ । शुक्रबार दिउँसो खाजा समयअघि अघि नै सुनुवाइ सकिएकामा न्यायाधीशहरु अन्य सबै मुद्दा स्थगित गरेर आदेश लेखन जुटेका थिए । लामिछाने समर्थक भने सर्वोच्च परिसरमा आदेशको प्रतिक्षामा छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको…

Read More

काठमाडौं । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भईरहेको मानव तस्करी सरकारकै संलग्नतामा भईरहेको बताएका छन् । सिंहदरबारस्थित् आजपाको संसदीय दलको कार्यालयमा आज ( शुक्रबार)  पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईराख्दा समेत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक किन मौन बसेको भन्दै उनले नैतिकता प्रदर्शन गर्नुपर्ने बताए । ‘भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईरहेको छ । एयरपोर्टबाट सरकारकै संलग्नता र सेटिङमा यस्तो मानव तस्करी भईरहेको छ । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्छ,’…

Read More