Author: Editor
काठमाण्डौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री शर्मालाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका समेत सम्हालेका थिए। संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारी समेत…
काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ । गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता हुने भएको हो । श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेपछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए । त्यहाँबाट अलग भएर कात्तिक २ गते उनले निर्वाचन आयोगमा आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । नागरिक उन्मुक्ति पार्टी नेपालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता…
काठमाण्डौं । चीनको सेनाले ताइवानमाथि रणनीतिक निर्णायक विजय हासील गर्ने प्रतिबेदन अमेरीकाले सार्वजनिक गरेको छ । अमेरिकी रक्षा अधिकारीहरूले चीनले २०२७ सम्ममा ताइवानमाथि रणनीतिक निर्णायक विजय हासिल गर्ने आफ्नो लक्ष्यतर्फ निरन्तर अगाडि बढिरहेको मूल्याङ्कन गरेका छन्। अमेरिकी रक्षा विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरीमा दोस्रो कार्यकाल सुरु भएदेखि चिनियाँ सैन्य विकासको बारेमा आफ्नो पहिलो वार्षिक प्रतिवेदन जारी गरेको छ। प्रतिवेदनले चीनको सेनाले ताइवानमाथि रणनीतिक निर्णायक विजय र आणविक र अन्य रणनीतिक क्षेत्रहरूमा संयुक्त राज्य अमेरिका विरुद्ध रणनीतिक प्रति सन्तुलन हासिल गर्ने आफ्नो ू२०२७ लक्ष्यहरू तर्फ निरन्तर प्रगति गरिरहेको बताएको छ। पेन्टागनको प्रतिवेदनले अगाडि भन्यो कि यी लक्ष्यहरूको खोजीमा, बेइजिङले ताइवान एकीकरणलाई…
काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लुइसियाना राज्यका गभर्नरलाई ग्रीनल्याण्डको विशेष दूत नियुक्त गरेका छन्। ट्रम्पले सुरक्षाको कारणले गर्दा डेनमार्कको स्वायत्त क्षेत्र संयुक्त राज्य अमेरिकाको स्वामित्वमा हुनुपर्छ भनेर बारम्बार भनेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा जेफ ल्यान्ड्रीको नियुक्तिको घोषणा गरे। ल्यान्ड्री ट्रम्पको नजिक छन्। ल्यान्ड्रीको नयाँ भूमिकाको सही दायरा स्पष्ट छैन, तर गभर्नरले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोस्ट गर्दै भने, ग्रीनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन यो स्वयंसेवक पदमा तपाईंको सेवा गर्न पाउनु सम्मानको कुरा हो। ट्रम्प प्रशासनले ग्रीनल्याण्ड सहित छिमेकी पश्चिमी गोलार्धको स्थिरतालाई महत्त्व दिएको छ र आर्कटिक सर्कलमा आफ्नो गतिविधि बढाउन रूस र चीनको कदमबाट सतर्क छ। ट्रम्पले पत्रकारहरूलाई भने कि…
जापान । जापान सरकारले दुई प्रणाली अन्तर्गत १२ लाख ३० हजारभन्दा बढी विदेशी कामदारहरू स्वीकार गर्ने निर्णय गरेको छ । दक्ष कर्मचारीहरूको लागि र नयाँ तालिम कार्यक्रम अनतगर्त जापान सरकारले मार्च २०२९ को अन्त्यसम्ममा १० लाख कामदारहरू स्वीकार गर्ने आफ्नो योजना विज्ञहरूको प्यानलमा प्रस्तुत गरेको छ। यसले निर्दिष्ट दक्ष कामदारहरूको लागि हालको प्रणाली अन्तर्गत बिभिन्न १९ क्षेत्रमा ८लाख५ हजार ७०० मानिसहरूलाई स्वीकार गरिने बताएको छ। उद्योगको हिसाबले, १लाख ९९ हजार ५०० औद्योगिक उत्पादनहरूको निर्माणमा, १लाख ३३अजार ५०० खाद्य तथा पेय पदार्थहरूको निर्माणमा र १लाख २६हजार ९०० नर्सिङ हेरचाहमा हुनेछन्। अप्रिल १, २०२७ मा लागू हुने अर्को प्रणालीले विदेशी कामदारहरूलाई प्रशिक्षित…
सौराहा । चितवनको सौराहमा आज शुक्रबार देखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुने महोत्सवको मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उद्घाटन गर्नेछन् । सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक बर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ । रत्ननगर नगरपालिका संरक्षक र यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि। को सह(आयोजक रहेको सो महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक गुणराज थपलियाले बताए । महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्या बारे जानकारी तथा हात्तीको…
चितवन । भरतपुर महानगरपालिकाले पवित्र तीर्थस्थल देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको छ । देवघाट क्षेत्र विकास समितिले आज ९शुक्रबार० भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको उपस्थितीमा एक विशेष कार्यक्रमको आयोजना गरि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रको घोषणा गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्लाष्टिक व्यवस्थापनमा आम नगरिक सचेत हुनुपर्ने बताइन् । ‘पटक पटक उपमेयर सहित हामी सडकमा सरसफाईमा निस्कने गरेका छौँ । तर नागरिक सचेत भएको पाईदैन । जथाभावि रुपमा फोहोर फालेको देखिन्छ,’ उनले भने ‘फोहोर व्यवस्थापनमा सरकारी पक्ष मात्र नभई आम नगरिक पनि लाग्न आवश्यक छ।’ उनले देवघाटमा आउने भक्तजन तथा…
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमहरूसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो । आयोगमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचनाहरू एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताए । सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान…
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका १५औं महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन् । आज ( शुक्रबार ) पार्टी कार्यलय सानेपामा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब पार्टीको विशेष महाधिवेशन अनिवार्य भएको बताए । ‘विधानको धारा १७ ( २ ) ले कांग्रेस पार्टीको ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यक्ता बोध गरेमा विशेष महाधिवेशन डाकिनुपर्दछ। त्यो अनिवार्य छ, त्यो ऐच्छिक विषय होइन,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले भने । ‘पार्टीको विधानभन्दा माथि कोही पनि नरहेको बताउँदै उनले विधान नमान्ने अधिकार र सुविधा कसैलाई पनि नरहेको…
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् पुनःस्थापना नहुने ठोकुवा गरेका छन् । उनले अब निर्वाचन मुखमा आईसकेकोले कांग्रेस र एमालेपनि निर्वाचनमा आउनुपर्ने बताएका हुन् । आज ( शुक्रबार ) पार्टी कार्यालयमा नवप्रवेशीहरुलार्ई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले अब संसद् पुनःस्थापना नहुने जिकिर गरेका हुन् । दाहालले भने,‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईँ सबै र यो जनतालाई नै भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो। निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ आज भोलिदेखि नै नेपाली कांग्रेस र…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क