Author: Editor

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध कायम भएको ७०औँ वर्षका अवसरमा यो वर्षभर आयोजित कार्यक्रमहरूको समापनका सन्दर्भमा आज साँझ आयोजित स्वागत समारोहमा उनले सरकारीस्तरका साथै जनस्तरमा पनि द्विदेशीय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए। उपसभामुखले व्यापार, लगानी, भौतिक पूर्वाधारका क्षेत्रमा दुई देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गरे। कार्यवाहक राजदूत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताउँदै आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन, युवा विकासलगायत क्षेत्रलाई केन्द्रमा राखेर सहायता परिचालन गरिरहेको जानकारी दिए। हालै चिनियाँ…

Read More

काठमाडौँ . कानूनव्यवसायीले नेपाली काँग्रेसले विधान अनुसार विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको बताएका छन्। विशेष महाधिवेशन पक्षधरहरूले शनिवार गरेको कानूनी परामर्श बैठकमा सहभागी कानूनव्यवसायीहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको बताएका हुन्। नियमित महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएपछि विशेष महाधिवेशन पक्षधरहरूले कानूनी परामर्श गरेका हुन्। काँग्रेसको विधानको १७ (२) लाई टेकेर ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर विशेष महाविधेशनको माग गरेकाले विशेष महाविधेशन गर्नैपर्ने बाध्यता कानूनव्यवसायीहरूको तर्क छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पार्टीको विधान सबैले मान्नुपर्ने बताए। विधान संशोधन गर्न सकिने भए पनि विधान संशोधन नभएसम्म सबैले मान्नुपर्ने बताए। उनले काँग्रेसको विधानमा ४० प्रतिशतभन्दा बढी महाधिवेशन…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नु भयो, ‘यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।’ बालुवाटार पुग्नुभएका कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ’, उहाँले भन्नुभयो, ‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा…

Read More

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताउनु भएको छ । शनिवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताउनु भयो । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताउनु भयो । सभापति देउवाले भन्नुभयो, ‘‘सबै पार्टीहरु चुनावमा जान तयार छन् । काँग्रेस लगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुप¥यो । एमाले पनि तयार छ ।’’एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने…

Read More

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध गरेको छ। आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावली र निर्देशिकाअनुसार बन्दसूची पेस गर्न अनुरोध गरेको हो। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते दिउँसो ४ बजेसम्ममा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा राजनीतिक दललाई समयमै आवश्यक कार्य सम्पन्न गर्न अनुरोध गरिएको छ।

Read More

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछिन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग् छलफल गर्न लागेकी हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफल तय भएको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको तयारीमा छ। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले चुनावको विकल्प नरहेको बताउँदै आएका छन् भने नेकपा एमालेले भने फागुनमा चुनाव नहुने दाबी गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको विषय उठाएको छ। त्यसका लागि एमालेले केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेर संसद…

Read More

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाका कार्यक्रमअन्तर्गत आज विराटनगरमा पार्टीले विरोध सभा गर्न लागेको छ । पुस १४ गते मधेश प्रदेशको जनकपुरमा, १५ गते वीरगंजमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो । विरोध सभालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले…

Read More

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले समानुपातिकतर्फको उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान सुरू गरेको छ । २१ फागुनका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षीहरूका लागि रास्वपाले शनिबार बिहानदेखि प्रारम्भिक मतदान सुरू गरेको हो । शनिबार बिहान ७ बजेदेखि सुरू भएको प्रारम्भिक मतदानका लागि ३६ घण्टा समयावधि छुट्याइएको छ । मतदान भोलि ९आइतबार० साँझ ७ बजे सकिने रास्वपाले जनाएको छ । कुल ४१४ आकांक्षी उम्मेदवारहरूमा एक जनाले बढीमा ११० जनालाई मत दिन सक्ने छन् । ११० जनालाई मत दिँदा न्यूनतम ५७ जना महिलालाई मत दिनुपर्ने भनिएको छ । मतदान मोबाइल एपमार्फत् गर्नुपर्ने रास्वपाले जनाएको छ…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज ( शनिबार ) शीतलनिवास पुगेर खनालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति पौडेल र पूर्व प्रधानमन्त्री खनालबीच भएको भेटवार्तामा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको बताइएको छ । भेटवार्ताको क्रममा राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनुको विकल्प नरहेकोमा जोड दिएका छन् । राष्ट्रपति पौडेलले सो क्रमममा पूर्व प्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका थिए ।

Read More

काठमाडौँ । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढी पहिरोको प्रभाव कम परेको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेशको कृषि विकास निर्देशानलयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो । सूचना अधिकारी कुँवरकाअनुसार बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/ ८३ मा कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिक…

Read More