Author: Editor
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच वार्ताको प्रयास जारी छ। हिजो मध्यरातसम्म तीनै नेताबीच छलफल भए पनि एकता वार्ता निष्कर्षमा पुग्न सकेन। सहमतिका लागि आज पनि छलफल जारी रहने उज्यालो नेपालका नेता तथा वार्ता समिति सदस्य डा. शंकर ढकालले जानकारी दिए। बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षकत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि एकताको बहस चलेको छ। तर, त्यहाँभन्दा बढी प्राथमिकता घिसिङले रास्वपालाई नै दिएका छन्। शुक्रबार शाहसँगको वार्ता बिफल भएपछि उनपाले रविलाई सभापति र बालेनलाई प्रधानमन्त्री दुबै नस्वीकार्ने निर्णय गरेको थियो। तर, सुदन गुरुङ लगायतले भने घिसिङलाई पनि…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन् । बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सहभागी भई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्नुपर्नेमा जोड दिएका हुन् । उनले शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने आफ्नो चाहना रहेकाले त्यसमा सामुदायिक शिक्षाको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने उल्लेख गरे । उनले जेन–जी आन्दोलनपछिको अहिलेको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । संकटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा रहेको उनको भनाइ थियो। संयोजक…
काठमाडौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक बयानको लागि जाँचबुझ आयोग पुगेका छन् । भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाको लागि गठित आयोगले लेखकलाई बयानको लागि बोलाएको हो । उनी अहिले सिंहदरबारमा रहेको आयोगको कार्यालय पुगेका छन् । आयोगले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानको लागि बोलाएको छ । तर, ओलीले आफू आयोगमा बयान दिनको लागि नजाने भनेका छन् ।
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन शाहबीच भएको सहमतिको आलोचना गरेका छन् । उनले भागबण्डाको राजनीतिले देश नबन्ने टिप्पणी गरेका छन् । उनले अब व्यक्ति नभएर प्रणाली बदल्ने समय आएको भन्दै अब जनताको निर्णयमा चल्नुपर्ने भन्दै जनमतसंग्रहको माग गरेका छन् । उनले भनेका छन्,‘भागबण्डाको राजनीतिले देश बन्दैन, देश बचाउन चरित्र चाहिन्छ। अब समय आएको छ—व्यक्ति होइन, प्रणाली बदल्ने। दल होइन, देश प्राथमिकतामा राख्ने। डर होइन, सत्यका पक्षमा उभिने। देश जोगाउन सबैजना एक भएर अघि बढौँ। किनकि देश कसैको निजी सम्पत्ति होइन, यो हामी सबैको साझा जिम्मेवारी हो। देश कुर्सीको सौदाबाजीले…
काठमाडौँ । नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । एक पदाधिकारीका अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलबारे पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसूची छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ । जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर ओली र…
काठमाडौं । रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच अन्तत ञब्रेक थ्रुझ भएको छ । हिजो निकै गोप्य ढंगले वार्तामा बसेर रातभरीमा उनीहरूले अन्तिम सहमति जुटाएर ७ बुदे सहमती गरीएको छ। रबि र बालेनले सहमती गर्दै गर्दा कुलमान भने छुटेका छन् । कुलमान, रबि र बालेनबिच सहमतीका लागि निकै छलफल चले पनि त्यो सफल भएन र अन्तमा रबि र बालेन मिल्दा कुलमान छुटेका हुन् । वार्ता भइरहेको भनेर अबेरसम्म पनि पत्रकारलाई जानकारी दिइएको थिएन । हस्ताक्षर समारोहमा दुवै पक्षका एक दर्जनजति व्यक्तिहरू उपस्थित थिए ।रास्वपाका दुई उपसभापति डा। स्वर्णिम वाग्ले र डीपी अर्यालको उपस्थिति थियो । वार्ता टोलीमा रहेका असिम…
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उहाँले बताउनुभयो । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको…
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा…
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ( बालेन ) बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ । रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगर प्रमुख शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा जाने घोषणासहित आइतबार सात बुँदे सम्झौता भएको हो । लामिछाने स्वापाको केन्द्रीय सभापति रहनुहुने छ भने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि शाहलाई संसदीय दलको नेता भावी प्रधानमन्त्रीको उम्मेद्वाराका रुपमा अघि सारिने सहमति पत्रमा उल्लेख छ । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी नै रहने भएको छ । सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक…
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ। प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ। मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क