Author: ट्रान्सपेरेन्टखबर

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ। आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए। रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भएर एक्कासि आगो लागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक लालचन्द्र पाण्डेले…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ । आज ९सोमबार० विहान बसेको पदाधिकारी बैठकले यो प्रकरणमा मन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने निश्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा सापकोटाले भने,‘हाम्रो पार्टीको आज बसेको बैठकले गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने निश्कर्ष निकालेको छ।’ यस प्रकरणमा गृहमन्त्रीले राजीनामा दिँदामात्रै पावरको दुरूपयोग हुन नपाउने आफूहरुको निश्कर्ष रहेको सापकोटाको भनाई छ । यसअघि विपक्षी दल रास्वपाले समेत गृहमन्त्री लेखकको राजीनामा मागेको छ । रास्वपाले त भोलि जेठ १३ गते बस्ने प्रतिनिधिसभा बैठक…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्नबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ। बैठक उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसो ४ बजे संसदीय दलको कार्यालयमा बस्नेछ। रास्वपाको केन्द्रीय समितिले नैतिकताको प्रश्न उठे राजीनामा दिनुपर्ने निर्णय गरेको थियो र संसदमा सजिलो नहुने चेतावनी दिएको थियो। काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० ले संसदीय दलको बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसा ४ बजे संसदीय दलको…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ जेठ १५ गते एमालेको नियन्त्रणमा हुन्छ भनि दिएको अभिब्यक्तिको सबैतिरवाट बिरोध भएको छ । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की नेतृ खुश्बु ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौं एमालेको नियन्त्रणमा हुन्छ’ भन्ने अभिव्यक्तिलाई लोकतान्त्रिक मूल्यविपरीत र खेदजनक भन्दै कडा आलोचना गरेकी छन्। उनले सरकार प्रमुखबाट यस्तो पक्षपाती र उत्तेजनात्मक भाषा प्रयोग हुनु गैरजिम्मेवारमात्र नभई अधिनायकवादी प्रवृत्तिको संकेत भएको बताइन्। नेतृ ओलीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘राष्ट्रको राजधानी कुनै दलको निजी सम्पत्ति होइन। नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आन्दोलनको अधिकार लोकतन्त्रको आधारशिला हो। चैत १५ मा आन्दोलनकारीमाथि भएको दमन र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले सरकारको अधिनायकवादी…

Read More

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।

Read More

पोखरा । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व छान्न आज मतदान हुने भएको छ। पोखरामा जारी दशौं महाधिवेसनबाट सर्वसम्मत नेतृत्व छान्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व टुंगो लगाउन लागिएको हो। संघको अध्यक्ष पदमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दिएका छन्। अध्यक्षका दुबै उम्मेदवारले प्यानल बनाएर अधिकांश पदमा उम्मेदवारी दिएको युवा संघले जनाएको छ। अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी…

Read More

काठमाण्डौं । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वापा )  र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  एकमत भएका छन् । दुबै दलले भिजिट भिसा प्रकरणमा संसद चल्न नदिने चेतावनीदेखि गृहमन्त्री र प्रधानमन्त्रीसम्मको राजीनामा माग्ने योजना बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का प्रवक्ता मनिष झाले आगामी संसद् बैठक सामान्य नहुने चेतावनी दिएका छन् । रास्वपा केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरणलाई लिएर अगाामी बैठक सामान्य नहुने बताएका हुनु् । ‘संसद्मा के गर्नुहुन्छ भनेर रणनीतिक रुपमा म तपाईँहरुको अगाडि खुलाउन चाहन्नँ । तर, पर्सीको संसद् बैठक सामान्य हुने छैन । यतिमात्रै…

Read More

काठमाडौं । बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छिन् ।एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छिन् । यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकपनि सहभागी छिन् । बजेट ल्याउने दिन नजिकिएसँगै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलका नेताहरुसँग छलफल बढाएका हुन् । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको पनि नाम मुछिएको छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।

Read More

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको उष्ण प्रदेशिय बागवानी केन्द्रले यस वर्ष ५३ लाख भन्दा धेरै मूल्यमा आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि ५३ लाख ७१ हजार रुपैयाँमा ठेक्का लगाएको हो। यो बागबानी केन्द्र देशकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो। दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए। निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो। गत वर्ष रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको…

Read More

भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हात पार्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका(१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरू गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन् । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनको भनाइ छ । थपलियाका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक…

Read More