Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । कीर्तिमानी नेपाली पर्वतारोही कामी रीता शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै मंगलबार बिहान ३१ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो उनको विश्व रेकर्ड हो । गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए । ‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार ३१ औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको…

Read More

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र…

Read More

सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन् । ‘लिटिल बुद्ध’ समेत भनेर चिनिने बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिनुभयो । सोमबार साँझ प्राप्त अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकामस्थित मलङ्गवा कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाही जिल्ला अदालतका सूचना अधिकारी कापरका अनुसार सम्पत्ति शुद्धीकरण कसुरमा विवादित धर्मगुरु बम्जनमाथि गएको फागुन ५ गते अदालतमा मुद्दा दर्ता भएको थियो…

Read More

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ । प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘बेल सुनुवाई’ मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति मूठभेड निम्तिन सक्ने चिन्ताजनक र उत्तेजनापूर्ण भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले राजावादी संयुक्त जनआन्दालेन समितिले जेठ १५ गते काठमाडौंमा गर्ने प्रदर्शनका विषयमा आइतबार प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति विधिको शासन विपरीत भएको उल्लेख गरेको छ । अभिव्यक्तिको चौतर्फी आलोचना हुँदा आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेल हस्ताक्षरित विज्ञप्तिमा ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा उनले विद्यमान अवरोधहरू हटाइ सुशासन र विकासको गतिलाई अगाडि बढाउन व्यापक सुधारका लागि निर्देशन दिएका हुन्। अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमा नाकाहरूमा पर्यटक प्रवेश गर्दा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए। “हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोसिस गरिरहेका छौँ । सम्पर्क सञ्जाल विस्तार गरिएकाले नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौँ राम्ररी आएर बजार पाउन थालेको छ…

Read More

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी कांग्रेसले नलिने स्पष्ट पारेको छ। सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले यस्तो बताएका हुन्। उनले ओली नेकपा ९एमाले० को समेत अध्यक्ष रहेको बताउँदै प्रधानमन्त्रीले भनेका सबै कुराहरूको जिम्मेवारी लिने कुरा नभएको बताए। उनले आफूहरू समग्र संविधानको प्रतिरक्षाको पक्षमा रहेको बताए। प्रवक्ता महतले संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना कुराहरू राख्न पाइने जिकिर गरे। उनले शान्तिपूर्ण तरिकाले विरोध तथा प्रदर्शन गर्न संविधानले नै अधिकार दिएको जिकिर गरे। उनले संविधानको विरुद्धमा जाने कुरा ठिक…

Read More

काठमाडौं । नेकपा माओवादी (केन्द्र ) र नेपाल समाजवादी पार्टीबिच समायोजन भएको छ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन् । माओवादीसँग समायोजन प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ । समायोजन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । १० वर्षमा चारवटा पार्टी फेरेर श्रेष्ठ माओवादीमा फर्किएका हुन् । २०७२ सालमा संविधान जारी भएसँगै डा।बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । उनीसँगै गंगानारायण श्रेष्ठले पनि पार्टी छाडेर नयाँ शक्तिमा लागे । नयाँ शक्ति पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा गएकता गरेपछि उनी समाजवादी पार्टी नेपालको नेता बनेका…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन्। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण समेत गराए। हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन,’ थापाले भने, ‘त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो।त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस्।’ प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए।

Read More