काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल थालेका छन्।
मधेशमा तनाव भड्किएपछि सभापति लामिछानेले छलफल थालेका हुन्।
सुनसरीबाट सुरु भएको तनाव सिङ्गो मधेशमा फैलिएको छ। अहिलेसम्म तीन जनाको ज्यान गइसकेपछि सभापति लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गरेका हुन्।
यसअघि सभापति लामिछानेले मधेश प्रदेशका करिब २० सांसदसँग छलफल गरेको थिए।
