Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । नेकपा ( माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज ( मंगलबार ) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब गृहमन्त्री लेखकले जवाफ दिने भन्दा पनि राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बेलामा बयान दिन जानु उपयुक्त हुने बताए । ‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो । अब बयान दिने हो क्या, जवाफ दिने होइन । उभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ रु अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा…
काठमाडौं । यातायात व्यवसायीले ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम अगाडि बढाएका हुन् । विभिन्न संगठन मिलेर ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ बनाइएको छ । सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा परेको उनीहरूको भनाइ छ । १५ लाखलाई प्रत्यक्ष रोजगारी दिएको यो क्षेत्रमा विस्थापित हुने अवस्था आएको व्यवसायी बताउँछन् । सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, जेठ १४ मा मुख्यमन्त्रीलाई मागपत्र दिने, १८…
काठमाडौं । सशस्त्र प्रहरी बलका प्रथम महानिरीक्षक स्व।कृष्णमोहन श्रेष्ठ र पत्नी नुडुप श्रेष्ठको शालिक अनावरण भएको छ । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका– ६, दुईबरे, जिरोप्वाईन्टमा उक्त शालिक अनावरण गरिएको हो । उक्त शालिक नुडुप फाउण्डेसन र चैनपुर नगरपालिकाले संयुक्त रुपमा तयार पारेका हुन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले शालिकको अनावरण गरे । श्रेष्ठ २०५७ माघ १९ गते सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा नियुक्त भएका थिए । २०५९ माघ १२ गते ललितपुरको बागडोलमा मर्निङवाकको क्रमाम उनी पत्नीसहित मारिएका थिए । उक्त घटनामा अंगरक्षक सई सूर्य रेग्मीको पनि ज्यान गएको थियो । शालिक अनावरण कार्यक्रममा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुबेरसिंह राना, सशस्त्रका पूर्वमहानिरीक्षक…
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ नेकपा माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए । त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिएका छन् ।नेकपा माओवादी केन्द्रले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने दाबी गरेको छ। तत पश्चात पनि प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री बिरुद्ध नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टालाई स्थगित गरेका हुन् । सभामुख घिमिरेले गृहमन्त्री संसदमा आफ्ना केही कुरा राख्न चाहनुहुन्छ भन्दा पनि बिपक्षी दलका सांसदहरुले नमानेर नाराबाजीमा उत्रेसँगै संसद…
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए । त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिएका छन् ।नेकपा माओवादी केन्द्रले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने दाबी गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए। उनले अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको बताए। उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे।…
काठमाण्डौं । . प्रतिनिधि सभाको बैठक सुरू भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिला सुरू भएको हो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन्। अध्यागमनका कर्मचारीको सेटिङमा मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको थियो। यसमा गृहमन्त्री समेतको संलग्नता हुन सक्ने भन्दै प्रतिपक्षी दलहरूले उनको राजीनामा माग्ने तयारी गरेका हुन्। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरू गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्नेमा छन्।
वीरगञ्ज (पर्सा)। सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिए । “गत आवको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो”, उनले भने, “गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले…
पोखरा । राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो भोटिङ गरे । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ । संघको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा उत्रिएका छन्। लामो अन्योलबीच पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघ, नेपालको १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ। निर्वाचन आयोगका अधिकृत जय गुरुङका अनुसार मंगलबार बिहान १०स्२० बजेबाट मतदान सुरु भएको…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन्। शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका हुन्। सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ। सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
काठमाण्डौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्य राजनीतिक दल कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले साझा नीति बनाएर देश विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्। राष्ट्रिय सभाका सदस्य सिटौलाले भनेका छन्, ‘संविधानको मौलिक पक्षलाई मानेर अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मान्ने सबै राजनीतिक दल मिलेर देश विकासमा लाग्नुपर्ने अहिलेको मूल आवश्यकता हो।’ पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘देशको अर्थ, घरेलु नीति, कृषि र बाह्यलगायत समग्र नीति बनाउने र जुन पार्टीको सरकार भए पनि त्यो नीतिका आधारमा सरकार सञ्चालन गर्नुपर्छ, त्यसो गर्दा देशको समग्र विकास गर्न सकिन्छ।’ राससले सांसद सिटौलासँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः शान्ति प्रक्रियाका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क