जनकपुर । सुनसरीको कप्तानगञ्जमा भएको तनाव मधेस प्रदेशका जिल्लाहरूमा फैलिएपछि धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा शुक्रबार प्रमुख जिल्ला अधिकार प्रेमप्रसाद लुइँटेलले आह्वान गरेको बैठकमा हिन्दु–मुस्लिम समुदायको धार्मिक अगुवा तथा विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी रहेको छ।
दुई समुदायबिच उत्पन्न विवाद आपसी समझदारीमा मिलाएर सद्भाव र्याली निकाल्ने उद्देश्यले सर्वपक्षीय बैठक बोलाइएको छ। बैठकमा चारै निकायका सुरक्षाकर्मीहरू उपस्थिति रहेको छ। बिहीबार जनकपुरमा हिन्दु संघसंस्थाका युवाहरू प्रदर्शनमा उत्रेपछि दिउँसो ३ः३० बजेदेखि कर्फ्यु जारी गरेको छ।
कर्फ्यु जारी गरेपछि शुक्रबार जनकपुर सुनसान बनेको छ। बिनाकाम घरबाट बाहिर निस्किने मानिसलाई सेनाले केरकार गरिरहेका छन्।
