Author: Editor

फुङ्लिङ (ताप्लेजुङ) । यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।  पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ ।  यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । रासस

Read More

कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई मरेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन्। गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन्।  स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए। “गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा उचित व्यवस्थापन गरिएको छैन। यस विषयमा विगतमा पनि कुरा उठेको हो। सयभन्दा बढी गाई भएको गौशालामा एक जना मात्र हेरालु छन्”,  उनले भने, “हेरचाहको अभावका कारण यस्तो दुःखद अवस्था आएको हो। गौशालामा दैनिक चारदेखि पाँचवटा गाई मरिरहेको छ। मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन।” पाण्डेले…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई बेवारिसे हुन नदिने बताएका छन्। कानुनविद्हरूसँगको छलफलमा उनीहरू विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट रहेको बताए। छलफलमा बरिष्ठ अधिवक्ता तथा डिएल ए अध्यक्ष सिताराम केसी, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, अधिवक्ता सेमन्त दाहाल, रामचन्द्र ( आरसी )  गौतम लगायतका कानून ब्यवसायीहरु थिए । उनीहरूले भने, ‘विधानतः ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट छौँ। अझै पनि हाम्रो प्रयास केन्द्रले आफैँ बोलाउनुपर्छ भन्ने छ। त्यसका लागि लागेका छौँ, अन्तिमसम्म लाग्नेछौँ। केन्द्रले बोलाएन भने यो माग बेवारिसे हुन…

Read More

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् । प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताएका हुन् । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उनको धारणा रहेको छ । जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे । काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायतसँग अन्तर्क्रिया गरी राय लिएका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छलफल भएको हो। त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छरु आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयहरूमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूका बारेमा समेत उक्त…

Read More

काठमाडौं । फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुने देखिएसँगै माध्यमिक शिक्षा परीक्षा९एसइई० पनि सर्ने सम्भावना बढेको छ। यो वर्ष ( २०८२ ) को एसइई आगामी चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्यतालिका भए पनि निर्वाचन हुने देखिएपछि परीक्षामा असर पुर्‍याउने देखिएको हो। ‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। भदौ २७ मा अन्तरिम सरकार गठन भएपछि ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएको थियो। तदनुसार फागुन २१ गते निर्वाचन तोकिएको छ। यही निर्वाचनका लागि सरकार यतिखेर लागिरहेको छ। प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै आवश्यक तयारी भइरहेको बताउँदै आएकी छिन्। त्यसो त उक्त निर्वाचनले परीक्षामा…

Read More

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् । यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ शाहले लेखेका छन्, ‘साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’ उनले अघि लेखेका छन्, ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष…

Read More

काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान०ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो । जसअनुसार २८ घरेलुु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ । यो वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजनादेखि पुरुष टी–२०विश्वकपमा सहभागिता जनाउने भएको छ ।

Read More

काठमाण्डौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ कार्य सुरु गरेको छ। शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले छपाइ कार्यको औपचारिक उद्घाटन गरेका हुन्। आयोगको सचिवालयका अनुसार निर्वाचनको तयारीलाई तीव्र बनाउने क्रममा मतदाताहरूको अन्तिम नामावली छपाइ सुरु गरिएको हो।

Read More

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित…

Read More