काठमाण्डौं । राहदानी सम्बन्धी कसुरको आरोपमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले उनलाई सोमबार काठमाडौंको कागेश्वरी मनहरा क्षेत्रबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले जानकारी दिए।
सीआईबीका अनुसार नेपालबाट शरणार्थीलाई नक्कली राहदानीका आधारमा तेस्रो मुलुक पठाउने प्रक्रियामा भट्टराईको प्रत्यक्ष संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
