Author: Editor

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ । भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनताका प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका एमाले अध्यक्ष ओलीसँग आज मानवअधिकार आयोगले बयान लिएको हो । यसअघि आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि बयान लिएको छ । उता, पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगमा भने ओलीले बयान नदिने अडान लिएका छन् । आयोगले भने बयानको लागि पत्राचार गरेको भनिएको छ । ओली प्रधानमन्त्री हुँदा गृहमन्त्रीको जिम्मेवारीमा रहेका कांग्रेस नेता रमेश लेखकले भने गत सोमबार आयोगसमक्ष बयान दिईसकेका छन् । लेखकले बयानलगत्तै पत्रकार सम्मेलन गरेर…

Read More

जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको दाबी गरेका छन् । आइतबार जनकपुरधामस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासेठले सरकारले नैतिकताविपरीत सत्ता सञ्चालन गरिरहेको आरोप लगाउँदै यस्तो अवस्थामा निष्पक्ष चुनाव हुनेमा गम्भीर शङ्का व्यक्त गरेका हुन् । उनले भने, ‘सरकारमा बसेर खुल्लमखुल्ला गठबन्धन गर्ने, सिट बाँडफाँट गर्ने र को प्रधानमन्त्री बन्ने भन्ने जस्ता अराजनीतिक गतिविधि भइरहेका छन् । राजनीति नै गर्नुछ भने सरकारबाट राजीनामा दिनुपर्छ, होइन भने प्रधानमन्त्रीले त्यस्ता व्यक्तिहरूलाई बर्खास्त गर्नुपर्छ । त्यसो भए मात्र अन्य राजनीतिक दल र नेपाली जनताले चुनाव हुनेमा विश्वास गर्छन् ।’ महासेठले पार्टीका शीर्ष नेताहरूलाई काठमाडौँमै थन्क्याएर…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा समायोजन घोषणा गर्न लागेको हो। आजै मात्र नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गर्न लागेका छन्। रास्वपामा अन्य थरूहट, थारूवान नेताहरू पनि रास्वपा प्रवेशको तयारी गरेका छन्। ‘नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरू, थरूहट थारूवानरअभियन्ताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत राजनीतिक समायोजन घोषणा सभा हुने छ,’ पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। यसअघि रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग सम्झौता गरेका थिए।

Read More

काठमाडौं । नेकपा ( एमाले )  का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता सम्पन्न भएको छ । आज ( आइतबार )  विहान दुई नेताबीच च्यासलमा रहेको एक नेताको घरमा भेटवार्ता भएको हो । जेजजी आन्दोलनपछि यसरी दुई नेता आमुने सामुन्ने बसेर पहिलो पटक बार्ता गरेका हुन् । दुई नेताबीच आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो । भेटमा आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भएको बताईन्छ । यसको अलावा जेनजी आन्दोलनपछिको अवस्था, २१ फागुनको निर्वाचनको तयारीबारे सरकारले गरेको कामको समिक्षा र चुनावी सहकार्यको विषयमा दुई नेताबीच छलफल भएको बताईन्छ । प्रचण्ड आजै…

Read More

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल नेतृत्वको टोलीले आगामी निर्वाचनमा शान्ति, सुरक्षा तथा कानून–व्यवस्था सुनिश्चित गर्नका लागी गृहमन्त्री ओमप्रकाश अर्याललाई स्मरणपत्र पेश गरेको छन् । आगामी निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानबाट हिंसा, धम्की, डर–त्रास, मतदातामाथि दबाब, राजनीतिक प्रतिशोध, घृणात्मक अभिव्यक्ति तथा कानुन–व्यवस्था कमजोर हुने सम्भावनाबारे चिन्ता व्यक्त भइरहेको परिपेक्षलाई मध्यनजर गर्दै उक्त स्मरण पत्र गृहमन्त्रीलाई बुझाइएको इन्सेकका अध्यक्ष गौतमले बताए। नागरिकका मौलिक अधिकार, विशेषतः मताधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सहभागितामाथि असर नगर्ने गरी निवार्चन सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । यस्तै, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष…

Read More

काठमाण्डौं । ट्रान्सपरेन्ट हव नेपाल प्रालिद्धारा संचालित ट्रान्सपरेन्ट खबर डटकमका अध्यक्ष बिना थापा कार्कीलाई मातृशोक परेको छ । काठमाण्डौ महानगरपालिका वडा नं १ नक्सालमा बस्दै आईरहनु भएकी अध्यक्ष कार्कीको आमा अम्बिका कार्कीको ७७ बर्षको उमेरमा २०८२ साल पौष १८ गते असामयिक निधनले भएको हो । दमकी रोगी रहनु भएकी कार्की केहीदिनको अस्पताल बसाई पछि निको भई घरमै बसीरहनु भएको थियो । पौष १८ गते बिहान उहाँको निधन भएको थियो । ट्रान्सपरेन्ट खबर परिवार स्वर्गीय कार्कीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दीक श्रद्धासुमन ब्यक्त गर्दछौं ।

Read More

काठमाण्डौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ। उनीहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसबाट हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए ( ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन )  कार्यालय लगिएको थियो । त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए। मदुरोलाई इवो जिमा नामक पानीजहाजमार्फत न्यूयोर्क ल्याइँदै गरिएको बताइएको थियो ।भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरी न्युयोर्क ल्याएको छ। राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको थियो। ट्रम्प, विदेशमन्त्री मार्की रूबिओ, रक्षामन्त्री पिट…

Read More

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन् । नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन उनी आज राति ८ बजे दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन्। दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले स्पष्ट पारेको छ। नेपाली समाज भारतका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रचण्ड सोमबार साँझ…

Read More

काठमाण्डौं । भेनेजुएलाले अमेरिकी हमलाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ। भेनेजुएलाका विदेशमन्त्रीले अन्तरराष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताएका छन्। छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ। उनले आफ्नो जनसंख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक सङ्ख्यासँग जुझ्नका लागि सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्। कराकसमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै पेत्रोले बारम्बार शान्ति र संवादको लागि आह्वान गर्दै आएका छन्। उनले अर्गनाइजेसन अफ् अमेरिकन स्टेट्स ९ओएएस० र संयुक्त राष्ट्रसङ्घको तत्काल बैठकूको बोलाउन आग्रह गरेका छन्। कोलम्बिया र भेनेजुएलाबीच २,००० किलोमिटरभन्दा लामो स्थल सीमा…

Read More

धनकुटा। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताउनुभएको छ । आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपाललले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले प्रस्ताव आए ठुला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । त्यसका लागि निर्णायक दुई ठुला दलको भूमिका रहेको बताउँदै उहाँले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गर्नुभयो । तर एउटा जता ढल्यो त्यतै जानेभन्दा पनि सबैलाई सहज ढङ्गले एकबद्धता भएर…

Read More