Author: Editor
जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा भएको अवसरमा ५१ वटा महत्वपूर्ण उपलब्धीहरू सार्वजनिक गरेका छन् । गत मंसिर १९ गते सात दलको समर्थनमा मधेश प्रदेश सरकारको नेतृत्वको जिम्मा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण कुमार यादवले पाएका थिए । सो दिनदेखि आजसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधाममा पत्रकार सम्मलेन गरी मुख्यमन्त्री यादवले १ सय दिन ५१ काम भनेर आफ्नो नेतृत्वको सरकारले गरेको कामको विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री यादवले प्रतिकूल राजनीतिक अवस्था र क्षतिग्रस्त भौतिक संरचनाका बीच पदभार ग्रहण गरेका मुख्यमन्त्री यादवले यस अवधिलाई ‘नागरिक अपेक्षा र आकाङ्क्षाको परीक्षा’ को रूपमा व्याख्या…
काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपति समक्ष बुझाउने तयारी तीब्र पारेको छ। समानुपातिकतर्फका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै सोही दिन आयोगको टोली शीतल निवास जाने निश्चित भएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार चैत ५ गते बिहान ११–३० बजे आयोग परिसरमा समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ। प्रमाणपत्र हस्तान्तरण लगत्तै अपराह्नसम्म राष्ट्रपतिलाई मतपरिणामको प्रतिवेदन बुझाउने आयोगको तयारी छ। आयोग स्रोतका अनुसार प्रत्यक्ष ९पहिलो हुने निर्वाचित हुने० र समानुपातिक निर्वाचन प्रणालीका लागि २ छुट्टाछुट्टै कम्युटरमा काम भइरहेको छ। प्रत्यक्षतर्फको नतिजा पहिल्यै आइसकेकाले त्यसको काम करिब सकिएको छ।…
काठमाण्डौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न बनेको आयोगले बुझाएको प्रतिवदेन सार्वजनिक माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । जेन–जी आन्दोलनकर्ताहरूको एक समूह जेनजि २.० घटनाको छानविन गर्न बनेको कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएको संगठनका प्रवक्ता अविन लिम्बूले जानकारी दिएका छन् । सरकारले उक्त घटनाको छानविन गर्न गौरिबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै ‘प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष…
काठमाण्डौं । चालू आर्थिक वर्ष २०८२/ ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ। पछिल्लो आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ। कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको छ। हालसम्मको कुल सार्वजनिक ऋण…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट फेरि पनि ‘हेर्दाहेर्दै’मा परेको छ। मंगलबार पनि सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास सुनुवाइ हुन थालेको तीन दिन भएको छ। यसअघि आइतबार र सोमबार पनि यस रिटमा सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिँदै आएको थियो। अब भने अर्को सुनुवाइ बिहीबार हुनेछ। घोडेजात्रा पर्वका अवसरमा बुधबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लामिछाने विरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै…
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ( निफ्रा ) को सञ्ञ्चालक समितिबाट लीमा अधिकारी बिदा भएकी छन् । रास्वापाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै अधिकारीले बैंकको सञ्चालक समिति सदस्यबाट राजीनामा गरेकी हुन् । बैंक सञ्चालक समितिमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी उनले सामाजिक सञ्जालमार्फत् निफ्राको यात्रा औपचारिक रूपमा समापन भएको जानकारी गराएकी छ्न् । देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने गरिमामय संस्थासँग आबद्ध हुन पाउनु आफ्ना लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताउँदै उनले साथ र सहयोग गर्नेहरूलाई आभार जनाएकी छन् । उनले लेखेकी छन्, ‘नेपालको पूर्वाधार विकासमा देखिएका अवरोधहरूको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि आगामी दिनमा पहल गर्ने…
काठमाडौं । जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु हुँदैछ। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान साढे ९ बजे सुरु हुने भनिए पनि मैदान भिजेका कारण अझै टस हुन सकेको छैन । फाइनल ३ दिवसीय हुनेछ। लिग राउन्ड २ दिवसीय भएको थियो। ट्रफी अन्तर्गत प्रतिनिधिसभा निर्वाचनअघि राउन्ड रोबिन लिग सकिएको थियो। ४ टोली सहभागी हुन ट्रफीमा आर्मी ६६ अंकसहित शीर्ष र ६५. ५ अंकका साथ पुलिस दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए। लिगका ३ खेलमा आर्मीले १ खेलमा जित र २ मा बराबरी खेलेको थियो।…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । गत फागुन २३ गते सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी इनिशाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनले काठमाडौंको माइतीघर मण्डलामा दलित जेनजी अलाइन्सले जारी राखेको प्रदर्शनस्थलमा पुगेर एकबद्धता जनाएका छन् । उनले हिँजो घोक्रो फुलाएर निर्मलाको पक्षमा वकालत गर्नेको हातमा अहिले सरकार रहेको जनाउदै ईनिशालाई न्याय दिन घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाही हुनुपर्ने जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशाको…
काठमाण्डौं । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा फेरि हवाई हमला गरिएको छ। समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार बगदादमा रहेको अमेरिकी दूतावासमा धेरैवटा ड्रोन र रकेट प्रहार गरिएका हुन्। इराकी सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार ‘यो हालैका दिनमा भएको सबैभन्दा ठुलो आक्रमण हो।’ यद्यपि आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन। आक्रमण हुनुभन्दा लगभग छ घण्टाअघि अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो। यसअघि गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण गरिएको थियो। यसैबिच इजरायलले इरानको राजधानी तेहरानमा ठुलो मात्रामा हवाई आक्रमण गरेको दाबी गरेको छ। अमेरिका– इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी…
काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसदलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । राजनीतिक दलको तर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको छ । आयोगले राजनीतिक दलको तर्फबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण मंगलबार उपलब्ध गराइदिन आग्रह गरेको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क