Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । नेकपा ९एमाले० ले खाली कागजमा आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गराउन महाअभियोगको प्रस्ताव दर्ता गराउने उद्देश्यले हस्ताक्षर संकलन गरिएको बताइएको छ । एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराई हस्ताक्षर महाअभियोग, सरकार बदल्न र विभिन्न प्रस्तावहरुको लागि काम आउन सक्ने बताउँछन् । खास यो नै कामको लागि भनेर हस्ताक्षर नलिइएको नेता भट्टराईको भनाइ छ । ‘हस्ताक्षरहरु कहिलेकाहीँ विभिन्न काममा प्रयोग हुन्छन् नि । महाअभियोगमा प्रयोग हुन्छ, सरकार बदल्नमा प्रयोग हुन्छ । सामान्यतः सांसदहरुको हस्ताक्षर त्यो बेलामा चाहिन्छ नि त । यिनै काम गर्नको निम्ति भनेर हस्ताक्षर लिएको होइन । तर, यी…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने गृहकार्य अघि बढाएपछि प्रचण्डले विपक्षी दलसँग छलफल गर्न लागिको प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनका अनुसार बैठक संसदीय दलको कार्यालयमा तीन बजे बस्नेछ। उपसभामुखलाई हटाउन कांग्रेस एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।

Read More

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुर्‍याउनकै लागि कांग्रेस एमालेले उपसभामुखलाई हटाउन खोजेको आरोप लगाएका छन्। कांग्रेस एमालेले उपसभामुख रानाले पद अनुसारको आचरण नगरेको भन्दै हटाउनको लागि सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको बेलामा यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुर्‍याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो।’

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् । वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको प्रचण्डको टिप्पणी थिषे । प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे । ‘उहाँहरूको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ,’ प्रचण्डले भने, ‘यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ…

Read More

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले आज भोलि नै उपसभामुख इन्दिरा राना मगरलाई हटाउन मनसायले सांसदहरूको हस्ताक्षर सङ्कलन नगरिएको दाबी गरेका छन्। संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभामुखको बारेमा केही प्रशंग संसद्मा उठेको यथार्थ भएको बताए। उनले भने, ‘अहिले रास्वपासहित केही दलहरूले भिजिट भिसा प्रकरणको विषयलाई लिएर सदन बहिस्कार गरिरहेका छन्। हिजो उपसभामुखले पनि असम्बन्धित मान्छेलाई अमेरिका लैजानको लागि अमेरिकी दूतावासमा पत्र लेख्नुभएकै हो। त्यो विषय अहिलेसम्म राफसाफ भएको छैन। उहाँलाई आज भोलि नै सत्तारुढ दलहरूले पद अनुसारको आचरण नगरेको भनेर हटाउने प्रस्ताव ल्याउन लागिएको होइन। अहिले भर्खर कुनै प्रस्ताव दर्ता गर्न खोजिएको छैन।…

Read More

रूपन्देही । रूपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुर नौ वस्ति बस्ने २५ वर्षीय अभिषेक यादव छन्। उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ पक्राउ गरेको हो। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहिया बसपार्कमा रहेको होटेल मुक्तिनाथ परिसरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले यादवको शरीर र उनको…

Read More

काठमाण्डौं । किसानले रासायनिक मल नपाइरहेको अवस्थामा कृषि सामग्री कम्पनीले करिब साढे दुई लाख मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाएको छ। चालु आर्थिक वर्ष २०८२र८३ का लागि कम्पनीको वार्षिक खरिद कार्यक्रम चार लाख २० हजार मेट्रिक टनमध्ये दुई लाख ५५ हजार मेट्रिक टन बोलपत्र आह्वान भएको कृषि सामग्री कम्पनीले जनाएको छ। बाँकी एक लाख ६५ हजार मेट्रिक टन मल खरिद योजना बमोजिम आपूर्ति गर्ने कम्पनीले जनाएको छ। सरकारले अनुदानको रासायनिक मल खरिद गर्न कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई जिम्मा दिएको छ। कृषि सामग्री कम्पनीबाट गत आर्थिक शुरू २०८१र०८२ को असार मसान्तसम्म यूरिया एक लाख ९२ हजार ४…

Read More

वीरगञ्ज । वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ। यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन्। जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको छ। विसं २०२९ देखि वीरगञ्ज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ। पुरानो खालको संरचना तथा धेरै कैदी र थुनुवाको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको छ। खुला ठाउँमा कारागार भएको भए व्यवस्थापनमा पनि धेरै सहज हुने थियो कि। तोकिएको क्षमताअनुसार कैदी र…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ। दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए। उनका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो। आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय…

Read More

काठमाडौँ । आज दिउँसो राष्ट्रियसभाको बैठक बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बैठक बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन्। सङ्घीय संसद् सचिवालयलेका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । यसैगरी आजै अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।…

Read More