सुनसरी । सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका रवीन्द्र मेहताका आफन्तले उनका शव बुझ्न मानेका छैनन्। २२ वर्षीय मेहताको मंगलबार उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनीहरुले गृहमन्त्री सुधन गुरुङ स्वयम् उपस्थित भएर माग पूरा नगरेसम्म शव नउठाउने अडान लिएका छन्। अस्पताल परिसरमा उनीहरुले गृहमन्त्रीविरुद्ध नारावाजि समेत गरेका छन्।
मेहताका आफन्तहरुले अहिलेसम्म कसैलाई गिरफ्तार नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको, गोली चलाउने कसैलाई पनि सार्वजनिक नगरेको भन्दै कारवाही र क्षतिपूर्तिको माग राखेका छन्।
यस्तै, कप्तानगञ्जमा पनि स्थानीयवासीले रुख ढालेर सडक अवरुद्ध पारेर विरोध जनाएका छन्। अहिले त्यँहा प्रहरी र सेना खटेको छ।
