Author: Editor

वीरगञ्ज । धार्मिक सद्भाव भड्किन नदिन वीरगञ्जमा जारी कर्फ्यू समय थप गरिएको छ । पर्साका सीडीओ भोला दाहालले थप आदेशमार्फत् साँझ ६ बजेसम्मका लागि कर्फ्यू समय बढाइएको हो । धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा सुरक्षा चुनौती बढेको छ । मुस्लिम र हिन्दू समुदाय एक(अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

Read More

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा हुने चुनावी घोषणापत्र आफै लेख्ने भएका छन्।आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले बताए। कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको उनले बताए। नेकपा एमालेले आफ्ना नेताहरूको कार्य विभाजन गरेको छ। आज बसेको सचिवालय बैठकले निर्वाचन केन्द्रित कार्य विभाजनलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले देशभरका भूगोलको जिम्मेवारी बाँडफाँट गरेको हो। सचिवालय बैठकले कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश लीलानाथ श्रेष्ठ, बागमती महेश बस्नेत, राजधानी डा. राजन भट्टराई,…

Read More

काठमाडौँ । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ । सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरु महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षहरुसँग उपलब्ध गराउन आग्रह गरेको थियो । सोही अनुसार मुद्दाका मिसिलहरु सङ््कलन गर्ने काम…

Read More

काठमाण्डौं । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ। आज आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए। त्यसपछि नेपाल क्रिकेट संघ ( क्यान )  का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्तरुपमा ट्रफी प्रदर्शनी गरेका थिए। राष्ट्रपति पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे। ‘नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको…

Read More

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दै छ। आज बिहान ९ बजे पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट लगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। सोमबार कांग्रेस–एमाले बीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने मोटामोटी समझदारी जुटेको छ। राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानमध्ये १८ स्थानका लागि माघ ११ गते चुनाव हुँदै छ। भोलि बुधबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ। त्यसैले दलहरू सोमबार अबेर रातिसम्म छलफलमा जुटेका…

Read More

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्व पीडितहरूको रिट २०७९ फागुन २३ गते दर्ता भएको थियो । निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएको भन्दै नेकपाका संयोजक दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन् । दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो १ बजेको लागि सरेको हो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ । बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको बताएका छन्। राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात…

Read More

काठमाडौँ । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघि गरेको फैसलाको कपी झिकाउने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसलाको पूर्णपाठ मुद्दाको मिसिल साथमा राख्ने आदेश जारी गरेको हो । रेशमलाई माफी दिएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् । उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो…

Read More

वीरगञ्ज । पर्साको वीरगञ्जमा कर्फ्यू आदेश थप भइको छ। सोमबार साँझ प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै चारकिल्ला तोक्दै वीरगञ्ज महानगरपालिकामा कायम कर्फ्यू आदेश मंगलबार बिहान ८ बजेसम्मका लागि थप भएको जानकारी दिएका हुन् । आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शनलाई रोकथाम गर्न जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको थियो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ( क )  बमोजिम महानगरपालिकाको पूर्व बाईपास रोड पश्चिम सिर्सिया पुल उत्तरः पावर हाउस चौक दक्षिण शंकराचार्य गेटमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ…

Read More

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन्। अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न उनको आग्रह थियो। पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, अहिले मुलुकको अवस्था निकै संवेदनशील छ। प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका भूमिका खेल्नुपर्नेछ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ। यसका लागि तपाईँहरुले पनि भूमिका खेलिदिनुहोस्। निर्वाचनका लागि सबै…

Read More