Author: ट्रान्सपेरेन्टखबर

तनहुँ । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकोले देशभरी करीव १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ । समुदायस्तरमा विपद् सम्बन्धि सूचना प्राप्तीमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागेको छ । यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडाहरुमा २५ जनाको दरले विपद् सूचक समुह निर्माण गर्नुपर्ने हुन्छ । जस अनुसार देशभरीका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिनेछ । यसबाट विपद् सम्बन्धि…

Read More

काठमाण्डौं । गृह मन्त्रालयले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए। शुक्रवार मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै भोटेजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिईएको जनाएको हो । सहकालका देवता मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि उपत्यकामा बिदा दिईएको हो । हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ। यो बिदा काठमाण्डौ उपत्यकाका तिन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।

Read More

काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पक्षमा पार्टीको अडान कायमै रहेको बताएको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडानमै पार्टी रहेको निर्णय गरिएको प्रवक्ता अग्नी सापकोटाले बताए। ‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ,’ उनले भने । संसदमा बजेट प्रस्तुत गर्न मात्रै दिएका हौं। गृहमन्त्रीले राजीनामा दिनुपर्ने यसअघिको निर्णय कायमै छ,सापकोटाले भने।

Read More

काठमाडौँ । प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन् बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र )  का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले आफूहरूका माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताएको जानकारी दिए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ । सम्बोधन गर्ने विषय सरकारको भयो,’…

Read More

काठमाडौं । ज्यानसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतले दोषी ठहर गरेको नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कारबाहीको माग गर्दै न्याय परिषद्मा उजुरी परेको छ । युवराज पौडेल सफलले न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध उजुरी दर्ता गराएका हुन् । उजुरीकर्ताले न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी आलमलाई उन्मुक्ति दिइएको मिसिल झिकाएर न्यायिक परीक्षणको माग गरेका छन् । ‘पीडितलाई नै अन्याय हुनेगरी आदेश गर्ने उल्लेखित न्यायाधीशद्वय थारु र महर्जनले हालसम्म जिल्ला अदालत वा उच्च अदालतमा रहँदा गरेका न्याय सम्पादनका कार्य एवम् निजहरुले गरेका आदेशहरुसमेत परीक्षण गर्न र उल्लेखित न्यायाधीशहरुलाई तत्काल निलम्बन गर्न…

Read More

टोरन्टो । जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५ टोरन्टोमा सम्पन्न भएको छ। क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा(क्यानडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्तरुपमा आयोजित पहिलो जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५,१७ बुँदे टोरन्टो घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । टोरन्टो ब्राम्प्टनस्थित क्यानडा कन्भेन्सन सेन्टरमा आयोजित तीन दिने सम्मेलन ( मे २५-२७, २०२५ )  को समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहेको बताए । उनले नेपालको संविधान २०७२ ले दलित समुदायको हितका लागि थुप्रै प्रावधानहरू राखेको भएता पनि कतिपय…

Read More

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय भएको बताए । पौडेलका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको छ । ‘मध्य पहाडी जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । एकता प्रक्रियामा जोडिएका साथीहरूलाई समायोजन गर्ने निर्णय भएको छ । साबिकका पार्टीमा जुन…

Read More

चितवन।   चितवनको नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।  भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको गोताखोरको सहायतामा सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने काममा खटिएका उनीहरु बाँध  फुट्दा बिहीबार बेलुका नदीको बीच भागको टापुमा फसेका थिए।  २२ जना कामदार नदीको बीच भागमा फसेकोजानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो। गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । मानिसको उद्धार…

Read More

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि सक्रियता देखाएका छन् । सभामुख घिमिरेले अहिले विभिन्न दलका प्रमुख सचेत र सचेतहरुसँग छलफल गरिरहेका छन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् । हिजो ९बिहीबार० बजेट ल्याउन भने विपक्षीले अवरोध गरेको थिएन । तर, अबको बैठक भने गृहमन्त्री लेखकको राजीनामा नआएसम्म चल्न नदिने उनीहरुको अडान छ । सभामुख घिमिरेले भने सदनको अवरोध हटाउने, हिजो प्रस्तुत भएको बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर तय गर्नको लागि प्रमुख सचेतकहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण…

Read More

राजविराज । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरे । राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकहरुमा देखिएको सवारीसाधनको चाप कम हुने कार्यवाहक नगरप्रमुख परविनले बताए । लामो समयदेखि बसपार्क सञ्चालनमा नआएका कारण बजार व्यवस्थित गर्न समस्या भएको उनले बताए । यहाँ सञ्चालन भएको बसपार्कबाट लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुने छन् । “राजविराजका लागि यो ठूलो पूर्वाधार हो, यसबाट नगरलाई सुन्दर बनाउन मद्दत पुग्ने छ”, उनले भने । राजविराजमा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको थियो । पहिलोपटक २०४४ सालमा…

Read More