Author: Editor

काठमाडौँ । २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । नेकपा ( एमाले )  बाट रोशनी मेचे ( कोशी ) , सोमनाथ पोर्तेल ( कोशी ) , रेखा कुमारी झा ( मधेस ) , प्रेम प्रसाद…

Read More

काठमाडौँ । कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो । गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो । उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको थियो । घिसिङ रास्वपाको दोस्रो वरीयताको नेतासहित उपसभापति हुने सहमति भएको थियो । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, जेन–जी…

Read More

काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ । काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ । साधारण लेखपढ गर्न जान्ने १८…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने ठोकुवा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु । उनले भनेका– ुनेपाली काँग्रेसको पहिलो विशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढङ्गले अघि बढ्न दुरदृस्टी र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बिचमा भइरहेको छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ…

Read More

काठमाण्डौं । इन्डिजिनियस जेन–जी कलेक्टिभले समानुपातिक समावेशी निर्वाचन प्रणालीको प्रणालीगत दुरुपयोग र असंवैधानिक अतिक्रमणको विरोधमा बुधबार शान्तिपूर्ण प्रदर्शन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कलेक्टिभले दलहरूलाई समानुपातिक प्रतिनिधित्व प्रणाली कमजोर बनाउने योजनाबद्ध प्रयास गरिरहेको आरोप लगाएको छ । प्रदर्शनमा सहभागिहरुले नेताको आसेपासे होइन उत्पीडितलाई अवसर दे, संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक व्यावस्था तत्काल लागु गर, लोकतन्त्रको बचाउ गर पारिवारिक कम्पनी बन्द गर, समावेशी समानुपातिकको नाममा आफ्नो आसेपासे भरौटेलाई ठाउँ दिन पाईदैन लगायत लेखिएका प्लेकार्डहरु प्रर्दशन गर्दै विरोध गरेका थिए । समानुपातिक प्रतिनिधित्व कुनै राजनीतिक देन नभई समानता, समावेशीकरण, पुनर्स्थापनात्मक न्याय र वास्तविक लोकतन्त्रमा आधारित बाध्यकारी संवैधानिक दायित्व भएको…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमिति गठन गरेका छन्। बुधबार काठमाडौंको बानेश्वरमा पत्रकार सम्मेलन गरी उक्त समूहले महाधिवेशनको मिति घोषणासँगै व्यवस्थापनका लागि कार्यविभाजन र संयोजकहरू तोकेको हो। महाधिवेशनलाई व्यवस्थित बनाउन गठन गरिएका उपसमितिहरूमा पूर्व जिल्ला सभापतिदेखि भ्रातृ संस्थाका पूर्वअध्यक्षहरूसम्मलाई जिम्मेवारी दिइएको छ।  यसबाहेक आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका अन्य आवश्यक उपसमितिहरू पनि गठन गरिएको सचिवालयले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डप बुकिङ गरिसकिएको जानकारी दिएको छ। साथै, कार्यक्रम स्थल र प्रतिनिधिको सुरक्षाका लागि स्थानीय प्रशासनलाई पत्राचार समेत…

Read More

काठमाडौं । जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो । बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी वा तोडफोड भई पूर्ण रूपमा क्षति भएका सरकारी, निजी, पर्यटकीय तथा सार्वजनिक सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्ष २०८२र८३ को सवारी साधन कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट पाउने छन् । सार्वजनिक सवारी साधनको हकमा भने थप सहुलियत दिँदै सवारी कर…

Read More

काठमाण्डौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारको मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ। पदावधि सकिन लागेका १९ सिटमध्ये १८ सिटमा मात्रै निर्वाचन हुन लागेको हो। एक सांसद भने राष्ट्रपतिले मनोनित गर्नेछन्। आगामी फागनुदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो। रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। उनको ठाउँमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले सांसद मनोनित गर्नेछन्। कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा…

Read More

सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ। तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसंख्या एक सय ३३ छ। पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसंख्या घटेको जनाइएको छ। अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन्। सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मकअभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए।…

Read More

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्षका भए। लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन्। बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ। पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ। चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नुपरयो। चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर…

Read More