Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए । “म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै…

Read More

नुवाकोट । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् । उनले शाहलाई संविधानको सिमाभित्र रहन चनेका छन् । नुवाकोटमा आज प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याईएको मान्छे भनेका छन् । उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा निकै अघि बढिसकेकोले अब पछि फर्काउने सपना नदेख्न भनेका छन् । दाहालले भने,सदनमा यही संविधान अनुसार सपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि…

Read More

काठमाडौं । काठमाडौं प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा आज ( शनिबार ) देखि ३९ दिनसम्म निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए। उनका अनुसार केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ९क० बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौ‌ंको सिफारिसका आधारमा यसअघि तोकिएका निषेधका क्षेत्रका…

Read More

विराटनगर । वर्षाका कारण धरान( धनकुटाका सडक अवरुद्ध बनेको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक कटान भएको छ । सडक कटान भएसँगै लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फेदी नजिकैको लेउती खोलामा अचानक आएको बाढीले करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । सोही सडकको नमस्ते झरनाको छेउमा माथिबाट खसेको पहिरोले पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ। सडक खुलाउन प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। अहिले अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङ पुगेकी राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा नेपाल(चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल(चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका विषयमा कुराकानी भएको बताइएको छ । राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसङ्ग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्‍याउँदै आएको सहयोग…

Read More

चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट ( ३० वटा )  को रू ४८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ । यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको…

Read More

काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिनुभयो । “नेपालका अन्य भू–आगहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बॉकी भू–आगमा भने पश्चिमी वायू र…

Read More

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका ४ जना कर्मचारीविरुद्ध कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध गलत लिखत बनाइ सरकारी कागजात कीर्ते गरी भ्रष्टचार गरेको अभियोगमा शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा ०१–०८–००८३६६८७ सभ्यता केसीको मा बी एड हुनुपर्नेमा ०१–०८–०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । उनीहरूले आपसी मिलोमतो गराई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरेको अख्तियारले जनाएको छ । रुपन्देही यातायातका…

Read More

काठमाण्डौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार पनि माइतीघर(बबरमहल क्षेत्रमा प्रदर्शन भएको छ। सुवेदी नेतृत्वको समितिले रत्नपार्कमा बिहीबार प्रदर्शन गर्दै जनआन्दोलनु सुरू गरेको थियो। शुक्रबार पनि प्रदर्शन जारी छ। सुवेदी नेतृत्वले गरेको जनआन्दोलनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका छन्। संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनमा उपस्थित छन्। राजसंस्थाको पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ । आज पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेका हुन् । माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको…

Read More

काठमाण्डौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२र८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताए । बजेट कार्यान्वयनको प्रश्न चुनौतीपूर्ण छ । यो बजेट नागरिकको कान पवित्र गर्नका लागि ल्याइएको होइन । यसको प्रभावकारी कार्यान्वयन हुन्छ । आजैदेखि बजेट कार्यान्वयनमा मेरो ध्यान केन्द्रित हुनेछु, उनले भने, बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्ययोजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको छ । पूर्वतयारीका काम सकिएका आयोजना…

Read More