Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न सामान्य नभएको टिप्पणी गरेका छन् । उनले भने,‘गृहमन्त्रीमाथि अहिले जुन किसिमले प्रश्न उठेको छ, यो सामान्य प्रश्न होईन । सामान्य प्रश्न भएको भए हामी संसद् अवरुद्ध गर्दैनथियौं । बडो चाखलाग्दो कुरा पनि छ, यो संसद्को यात्रा लामो समयदेखि म हेरिरहेको छु, अघिल्लो संसदमा केही मन्त्रीहरुमाथि गम्भीर प्रश्न उठिसकेपछि राजीनामा दिएका थिए, र मार्गप्रशस्त गरेका थिए ।’ तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि केही प्रश्न उठ्दा शर्माले निश्पक्ष छानबिनको लागि मार्गप्रशस्त गरेको दृष्टान्त सुनाए । एमालेका मन्त्रीहरुमाथि पनि प्रश्न उठ्दा कुनै छानबिनबिना नै…
जनकपुर । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तत्काल सरकार विघटन गरी अन्तरीम सरकार गठनको माग गरेका छन् । बढ्दो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धराशायी बन्दै गईरहेको उनको टिप्पणी छ । ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारासहित आजपाद्धारा आज ९शनिबार० जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो माग गरेका हुन् । उनले मुलुकलाई निकास दिनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने आवश्यकत्ता औंल्याए । उनले अब अन्तरीम सरकार नै एकमात्र विकल्प भएको बताए । साहले भने,‘मुलुकमा भ्रष्टाचार, लुट र बेथिति बढ्दो छ । दलाल…
काठमाडौँ । बिहीबारदेखि व्यवस्था उल्टाउने उद्देश्यसहित आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् । आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका ९रत्नपार्क० मा प्रदर्शन गरेको हो । राजावादीको आन्दोलन शान्तिवाटिकाबाट बालुवाटारतर्फ र्यालीसहित अगाडि बढेको छ। सो क्रममा त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेलसमेत भएको थियो । यस क्रममा घुसपैठ गरेको आरोपमा १ जना पक्राउ समेत परेका छन्। उनिहरु अहिले बालुवाटार तर्फ अघि बढीरहेका छन् । राजावादी आन्दोलनले यस क्षेत्रको यातायात समेत अवरुद्ध बनेको छ ।
काठमाण्डौ. । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनता, राष्ट्र र परिवर्तनको ‘झोले’ भएको बताएका छन्। उनले आफूले कुनै सामन्त वा गलत व्यक्तिको नभई जनताको हित, राष्ट्रको गौरव र परिवर्तनको झोला बोकेको स्पष्ट पारे । शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा ‘झोले’ भनिनुमा आफूलाई कुनै आपत्ति नभएको सुनाए। ‘म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ। जनताका हितहरूको झोला बोक्ने, राष्ट्रको इज्जतको, राष्ट्रका हितहरूको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरवको झण्डा माथि उठाउने, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ,’ उनले भने, ‘मैले कुनै सामन्तको झोला बोक्या छैन। इतिहासलाई बंग्याएको…
कर्णाली । कर्णाली राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ। कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएको हो। सडक बन्द हुँदा कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए। उनले कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने र हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिने बताए। सडक डिभिजन कार्यालयबाट ठेक्का…
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले सरकार राजावादीहरूसँग डराएको दाबी गरेका छन्। शनिबार पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानलाई राजसंस्था पक्षधहरूको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको पुष्टि भएको तर्क गरेका हुन्। ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी गायतका राजसंस्था पक्षधहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो, लिङ्देनले भने, ‘हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। हामीलाई यसले उत्साहित तुल्याएको छ।’ दुई दिन गरेको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको जिकिर उनले…
काठमाडौं । राजतन्त्र समर्थकहरूको प्रदर्शन प्रभावित हुनेगरी सरकारले निषेधाज्ञा लगाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ। शनिबार महेन्द्र शालिक, नारायणहिटी संग्रहालय क्षेत्रमा प्रदर्शन गर्ने तयारी रहे पनि त्यस क्षेत्रमा सरकारले निषेधाज्ञा जारी गरेपछि राप्रपा छलफलमा जुटेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निर्देश गरिएको छ। आन्दोलनमा अवरोध हुने भएपछि आगामी रणनीति बनाउन राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। पार्टी…
झापा । झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी पसेको छ। बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन सुरु भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन्। वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ। ‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।’ यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको…
काठमाडौँ । नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । आजै झापामा माईखोलाको…
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन् । उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै छन् । उनीहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन् । आफ्नै पोसाकमा सजिएका उनीहरु असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन् । उनीहरुले गरिरहेको काम काठमाडौँ उपत्यकाबासीका लागि नौलो थियो । पुरुषहरु कोसी ९आरी० बनाउँदै त महिलाहरु कपडामा बुट्टा सिलाउँदै थिए । बिहीबारदेखि यहाँ सुरु भएको राष्ट्रिय ललितलकला प्रदर्शनी, २०८२ का अवसरमा ललितकलाकै इतिहासमा पहिलो पटक राउटेहरु यसरी कला सिर्जनामा सहभागी भएका हुन् । उनीहरुले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क