Author: ट्रान्सपेरेन्टखबर
वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आईसीयू’ र ‘सीसीयू’ कक्षमा आकस्मिक रूपमा विद्युत् सेवा अवरुद्ध हुँदा के होला रु बिरामीको ज्यान जान पनि सक्ला । तर, नारायणी अस्पतालको आईसीयू र सीसीयू कक्षमा करिब दुई घण्टा ३० मिनेट विद्युत् सेवा अवरुद्ध हुँदा कुनै पनि बिरामीको अकालमा ज्यान गएन । अस्पतालको सो कक्षमा शुक्रबार राति साढे १० बजेदेखि शनिबार बिहान १ बजेसम्म विद्युत् सेवा आपूर्ति अवरुद्ध भएको थियो । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । उक्त समयमा अस्पतालको आईसीयू र सीसीयू शय्यामा १७ जना बिरामी उपचारत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय…
पोखरा । पोखराको पर्यटकीयस्थल फेवातालमा सीमांकन सुरू भएको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै प्रदेश सरकार, पोखरा महानगरपालिका र स्थानीय प्रशासनको सक्रियतामा आजदेखि फेवातालमा सीमांकन सुरू गरिएको हो। यसअघि, सीमांकन गर्ने क्रममा स्थानीय जग्गाधनीले मुआब्जाको विषयमा आफूहरूसँग छलफल नगरी एकलौटि रूपमा काम अगाडि बढाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै काममा अवरोध सिर्जना गरेका थिए। तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवातालको नयाँ सीमासहितको क्षेत्रफल निकालेको थियो। उक्त समितिले फेवाताल छुट्ट्याउने गरी डिजिटल रूपमा एक हजार ५५ वटा पोल गाडिने जनाएको छ। सोही अनुसार शनिबार सात वटा पोल गाडिएका छन्। तालको उच्चतम पानीको विन्दुमा सात वटा पोल गाडिएको हो। गण्डकी प्रदेश…
काठमाडौं । गोरखा भूकम्पको १० वर्ष रातो मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिने भएको छ । भूकम्पले पूर्णरूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ ( बुङगद्यो ) को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मच्छिन्द्रनाथको भोटो जात्रापश्चात जावलाखेलबाट बुङगमती ल्याई मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गर्ने तयारी भइरहेको छ । यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् । १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना हुन लागेकोमा स्थानीयहरू खुसीसमेत देखिएका छन् । तस्वीरहरू–नेपाल फोटो लाइब्रेरी
रुपन्देही । २५० करोड भन्दा धेरै रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट पक्राउ गरेको हो। बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए। २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए। रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।…
काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तरराष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गए राति स्वदेश फर्किएकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा. राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्गठन स्थापना गर्नेसम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तरराष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए । उक्त…
भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर(नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ। गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष(२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी भक्तपुर(नगरकोट सडक स्तरोन्नति कार्य सुरु गरेको हो। नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडकखण्ड स्तरोन्नति आफ्नै आन्तरिक स्रोतबाट गर्नेगरी बोलपत्र आह्वान गर्दै रु १७ करोडमा ठेक्का सम्झौता गरी स्तरोन्नति एवं पुनर्निर्माण सुरु गरेको हो। एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली…
जनकपुरधाम । मधेश प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । उक्त योजनाको शिलान्यास गर्न आइतबार प्रधानमन्त्री ओली जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । यसबारे जानकारी भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले पत्रकार सम्मेलनमार्फत दिएका हुन् । शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधी संस्कृति भवनमा राखिएको छ । त्यहाँबाटै प्रधानमन्त्री ओलीले कालोपत्रे सडक निर्माणको डिजिटल शिलान्यास गर्नेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालनमा आउन लागेको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना अन्तर्गत हरेक प्रदेशसभा क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ । यो वहुवर्षिय योजना रहेको मन्त्री यादवले बताए…
काठमाण्डौं । आज ( आइतबार ) सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। भोटो जात्राको अवसरमा गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा बिदा दिएको हो। गत फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा ९भात० वला ९छर्ने० भएकाले यो नाम रहन गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भनाइ छ।
दोधारा चाँदनी। राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम तीन वर्षभित्र पूरा गरिने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको हो। आर्थिक वर्ष २०६३/६४ मा यो आयोजना शुरू भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले गति लिएको थियो। बजेट अभावकै कारण आयोजनाको लागत बढ्दै गएपछि सरकारले आयोजनालाई प्राथमिकतामा राखेर आगामी तीन वर्षभित्र सक्ने लक्ष्य लिएको हो। आयोजना प्रमुख योगेन्द्र मिश्रले आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको जानकारी दिए। “बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन,” उनले भने, “आव २०७६/७७…
काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धी गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको आयल निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा २२ अमेरिकी डलरले घटाइएको छ ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क