काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकार एक्लै नरहेको जवाफ दिएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरूले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए।
प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ फर्काउँदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।’ झाले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन्। साथै उनले यो काम निरन्तर हुने समेत उल्लेख गरेका छन्।
ुयो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’ शुक्रबार राति प्रधानमन्त्री शाहले सही समय आउनलाई समय लाग्ने उल्लेख गर्दै ‘कहिलेकाँही एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन’ लेखेका थिए।
