Author: ट्रान्सपेरेन्टखबर
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन्। यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ। तीन वर्षभित्र सम्पन्न गर्ने…
काठमाडौँ । काठमाडौंको नक्सालबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई रिहा नगरेसम्म धर्ना जारी रहने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले थापालाई पक्राउ गरेको भन्दै रिहा नगरेसम्म धर्ना जारी रहने बताए । ‘अध्यक्ष थापालाई रिहा नगरेसम्म हामी धर्ना जारी राख्नेछौं,’ उनले भने । हाल नक्साल(नारायणचौरमा राप्रपा, राप्रपा नेपालका नेता तथा कार्यकर्ता धर्ना दिइरहेका छन् । थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीको रुपमा नलिन सरकारलाई चेतावनी दिए । ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठान्नुहुन्छ भने हामी आगामी दिनमा ५०औं ठाउँबाट जुलुस निकाल्नेछौं,’ उनले भने, ‘कमल थापालाई ससम्मान रिहा गर्नुपर्छ…
सल्यान। कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत सल्यानको शारदा नगरपालिकामा नगरवासीको आवासीय घरहरूको निःशुल्क बिमा गरिने भएको छ । प्राकृतिक विपदबाट हुने क्षति र जोखिमलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्षभित्र नगरपालिकाले व्यावसायिक प्रयोजन बाहेकका सबै आवासीय घरहरूको अधिकतम २० लाख रुपियाँसम्मको बिमा गर्न लागेको हो । प्रदेशको घर बिमा कार्यक्रममा सल्यानका स्थानीय तहहरुमध्ये शारदा नगरपालिका मात्र छनोट भएको छ । घरधुरीको पहिचानका लागि हाल नगरका १५ वटै वडामा सर्वेक्षण कार्य थालिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार करिब १० हजार घरधुरीलाई बिमा कार्यक्रमबाट प्रत्यक्ष लाभ पुग्ने छ । नगर प्रवक्ता राजेशकुमार शर्माका अनुसार जेठ २० गतेसम्ममा…
काठमाडौं । काठमाण्डौमा जारी आइतबारको राजावादी प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो । प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नारायणहिटी संग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएपछि…
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको प्रदर्शनस्थलमा समाचार संकलनका लागि पुगेका रातोपाटीकर्मी कृष्ण खड्काले जनाएका छन् । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको प्रदर्शनस्थलमा समाचार संकलनका लागि पुगेका रातोपाटीकर्मी कृष्ण खड्काले जनाएका छन् । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।…
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् । आज (आइतबार) प्रज्ञाभवन कमलादीमा तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको हो । सम्मेलनको नारा ‘सुशासन, सामाजिक न्याय, सम्वृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ रहेको छ । सम्मेलन आगामी जेठ २० गते समापन हुने बताइएको छ ।
काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी विरोधमा उत्रेका हुन् । सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।
पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन । नगरपालिकाको ८० लाख लागतमा निर्माण भएको घण्टाघरलाई साँचो लगाएर राखिएको छ । बाहिरी संरचना जीर्ण बन्न थालेको छ । स्थानीयवासी व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षण गर्न बनाइएको घण्टाघर प्रयोगहीन भएको बताए । घण्टाघर वरिपरिका घरभन्दा पनि होचो संरचना बनाइएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो । कुश्मा –५ का वडाध्यक्ष…
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस प्रदेशको १६ वर्षमुनिका क्रिकेट खेलाडीको टोलीलाई आइतबार बिदाइ गर्नुभएको छ । एसिसि पुरुष यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने यस प्रदेशको टोलीलाई उहाँले बिदाइ गर्नुभएको हो । उक्त प्रतियोगिता सोमबारदेखि सुर्खेतमा आयोजना हुँदैछ । सचिन भट्टको कप्तानीमा रहेको १६ सदस्यीय टोली आज सुर्खेत प्रस्थान गर्दैछ । टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द रहनुभएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख १६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्शाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोली सहभागी थिए ।
काठमाडौं । फाइनलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध ५–०को जित निकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी०ले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन डिजायर डोइले दुई गोल गरे । अक्रफ हाकिमी, खभिचा काभात्स्खेलिया र सेनी मायुलुले समान एक गोल थपे । पीएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल थपेको हो । खेलको १२औँ मिनेटमा हाकिमीको गोलमा पीएसजीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा डिजायर डोइले फ्रेन्च क्लबको अग्रता दोब्बर बनाएपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ६३औँ मिनटमा डोइले नै पीएसजीको अग्रतालाई ३–०…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क