Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले संविधानको घेरालाई गैह्र(संवैधानिक ढंगबाट तोड्नु अनुचित भएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । संविधानको घेरा गैह्र–संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो,’ बूढानीलकण्ठ बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।’ पछिल्लो केही समययता राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र नवराज सुवेदीसहितका समूहले राजा र हिन्दु राष्ट्र माग्दै आन्दोलन चर्काउन थालेपछि कांग्रेसले यसो भनेको हो । कांग्रेसले संविधानभन्दा बाहिर गएर गरिने प्रयासलाई अनुचित र गैरसंवधानिकका रुपमा ब्याख्या पनि गरेको छ ।…

Read More

काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ )  मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा विस्तारित कर्जा सुविधा ( एक्सटेन्डेड क्रेडिट फेसिलिटी– ईसीएफ)  को छैटौं समीक्षा, संरचनागत सुधारलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसिएफ सुविधा लिएको थियो । जुन नेपालले पाउने स्पेशल ड्रइङ राइट ( एडिआर)  कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषण ९बजेट फाइनान्सिङ० का लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी…

Read More

वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेल आयात भएको हो।गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा एक अर्ब ३५ करोड रकम अर्थात ०।८६ प्रतिशतले गिरावट आएको हो। गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि…

Read More

पोखरा । पोखराको पर्यटकीय आधार क्षेत्र लेकसाइड यति बेला गम्भीर संकटको अवस्थामा पुगेको भन्दै पोखरा पर्यटन परिषद्ले सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेको छ। परिषद्ले जारी गरेको विज्ञप्तिमा फेवाताल संरक्षणका नाममा लागू गरिएको ६५ मिटर मापदण्डले पर्यटन व्यवसाय, स्थानीय जनजीवन र सम्पत्ति अधिकारमा गहिरो असर पारिरहेको जनाइएको छ । विज्ञप्तिमा उल्लेख गरिए अनुसार सन् १९५० को माउण्टेन टुरिजमदेखि १९६० को हिप्पी टुरिजमसम्मको ऐतिहासिक पृष्ठभूमिमा विकास हुँदै आएको लेकसाइड क्षेत्र ड्यामसाइड, गौरीघाट, बाराहीचोक, हल्लनचोक, खहरे, गैरा चौतारा हुँदै खपौदीसम्मका क्षेत्रमा अरबौँ रूपैयाँको लगानी रहेको छ। होटल, रेष्टुराँ, गेष्टहाउस, ट्राभल एजेन्सी तथा ट्रेकिङ कार्यालयमा व्यापक लगानी रहेको परिषद्को भनाइ छ। पोखरा पर्यटन परिषदले…

Read More

काठमाण्डौं । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार र व्यवसायीहरूबीच वार्ता समिति गठन गर्ने सहमति भएको छ। सोमबार गृह मन्त्रालयमा भएको छलफलमा वार्ता समिति बनाउने समझदारी बनेको हो।आन्दोलनरत यातायात व्यवसायीहरू र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको थियो। छलफलमा समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको हो। बैठकबारे जानकारी दिँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले वार्ता समितिले छलफल गरी समस्याको समाधान निकाल्ने बताए। सार्वजनिक यातायात बन्द गर्दा नागरिकमा पर्न गएको असुविधाप्रति गण्डकी प्रदेश सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। गण्डकी सरकारले हालै राइड सेयरिङ नियमावली ल्याएको थियो। उक्त नियमावली…

Read More

काठमाण्डौं । निजामती कर्मचारीका विभिन्न सङ्घ–सङ्गठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै उनीहरूले मन्त्रालयको मूल ढोकामा सोमबार बिहान १० बजेदेखि २ घण्टा धर्ना दिएका हुन्। ट्रेड युनियन सञ्जालको नेतृत्वमा ११ बुँदे मागसहित उनीहरूले विधेयकमा आपत्ति जनाएका छन्। ट्रेड युनियन सञ्जालले राखेका माग सम्बोधनमा राज्य उदासीन देखिएको बताउँदै आन्दोलनमा उत्रिएको नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटवालले बताए। उनले कर्मचारीको वृद्धि विकासका मागलाई सम्बोधन गर्नुपर्ने र त्यसले राज्यलाई आर्थिक भार नपर्ने दाबी गरे। उनले संघ, प्रदेश र स्थानीय तहको परिभाषामा पनि सरकार…

Read More

काठमाण्डौं । नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि काठमाण्डौ उपत्यकामा दुई वटा बस चलाउने भएको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध भएपछि आइतबार नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको केन्द्रीय प्रवक्ता रमेश थापाले जानकारी दिए। दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन। पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनस् नक्साल घुम्नेछ। त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै…

Read More

खोटाङ । अकबरे खुर्सानीको मूल्य खोटाङमा हालसम्मकै उच्च भएको छ। सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजारमा बिक्री भइरहेको छ। दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन्। मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका छन्। अकबरे खुर्सानीको बेमौसमी खेती गरेर हाल हप्तामा १४/१५ किलो बिक्री गरिरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका९४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बताए। “मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रापेको छु। अहिले हप्तामा १४र१५ किलो उत्पादन दिन थालेको छ’, उनले भने, ‘जिल्लामा अकबरे खुर्सानीको माग राम्रो…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आज १२ बजे सिंहदरबारमा दलको बैठक बस्नेछ । बैठकमा संसदमा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

Read More

काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन् । सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाले जनजीवन प्रभावित बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार सूचना जारी गर्दै सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने घोषणा गरेको थियो ।

Read More