Author: Editor
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी छ। संस्थापन पक्षले विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीसँग बालुवाटारमा वार्ता गरिरहेको हो। वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्। विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्। दुई पक्षबीच वार्ता शुरु भएपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट खसआर्य क्लस्टरका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूले पार्टी उपाध्यक्ष बसन्त कुशवाहाले रकम लेनदेन गरेर समानुपातिक सूचीमा मान्छेको नाम राखेको आरोप लगाएका छन् । जनमत पार्टीले खस आर्य क्लस्टरमा ३३ जनालाई उम्मेदवार बनाएको थियो । उम्मेदवारी फिर्ता लिएकी लक्ष्मी खड्काले भनिन्, ‘पार्टीका उपाध्यक्ष बसन्त कुशवाहाले खसआर्य उम्मेदवारहरु खोजेर ल्याउनुस्, तपाईंको नाम एक नम्बरमै राखौंला भन्नुभयो । मैले मान्छेहरु खोजेर दिएँ तर पछि उहाँले मसँग दुई करोड रुपियाँ माग्नुभयो र भन्नुभयो( पार्टीका लागि दुई करोड रुपियाँ दिएपछि मात्र समानुपातिक सूचीको एक नम्बरमा राख्छौं…
काठमाडौँ । नेपाली कांग्रेसमा एकापक्षले दोस्रो विशेष महाधिवेशन गरिरहँदा आजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि आह्वान भएको छ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको जारी महाधिवेशनको बन्द आज बिहान ९ बजेबाट शुरु हुँदैछ । भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको छ । दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन भएर मंगलबारसम्म लम्बिएको हो । सोमबार बन्दसत्र शुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए । आज महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने छ भने हस्ताक्षर गर्ने महाधिवेशन…
काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ। कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्। पार्टी एकता भए पनि सबै पार्टीका अन्य कमिटी र जनवर्गीय संगठनहरू एक भइसकेका छैनन्। मंगलबार केन्द्रीय समितिको घोषणासँगै केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत हुनेछ। कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी बनेको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसमा ७० प्रतिशत प्रतिनिधिको हस्ताक्षरको पुर्याउने लक्ष्यसहित चलिरहेको विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले आज वार्ता गर्ने भएको छ । तर वार्ता स्थल र समय बताइएको छैन । यसका लागि कांग्रेसले संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाणलाई जिम्मेवारी दिएको छ । विशेष महाधिवेशन पक्षबाट भने प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुँदैछन् । विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएनन् । सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका बेला प्रतिनिधिको…
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० देखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । आयोगका अनुसार, जनमत पार्टी, नेकपा ९एमाले०, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो । जनता समाजवादी पार्टीको २१ जनाले नाम फिर्ता…
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगन थापा र आफू जाने बताएका छन् । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सम्बोधन गर्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन् । पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले पार्टीका महामन्त्री दुवै जानेछौँ । त्यसको जिम्मेवारी हामी पनि लिन्छौँ । त्यसैलाई स्विकारेरै हामीले भनेका हौँ,ु उनले भने, ुअब नयाँ परिस्थिति बनेको मुलुकमा । नयाँ परिस्थितिलाई सामना गर्नको लागि नयाँ परिस्थिति निर्माण गर्नका निम्ति पुरानो राखेर हुँदैन मनस्थिति बदल्नुपर्छ । त्यो सोचलाई बदल्नुपर्छ । पुरानै आनिबानीलाई राखेर नयाँ बनाउन सकिन्न ।ु महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा…
काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा ) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपाल बिच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी ( जसपा ) नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । पार्टी एकता पूरा नहुन्जेलसम्म केन्द्रीय…
विराटनगर । माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले औपचारिक रूपमा घोषणा गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्यतर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अब अन्य २ सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले तोकिएको समयमा अन्यतर्फ एकजनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुई(दुईजनाको उम्मेदवारी परेको जानकारी दिए ।
काठमाण्डौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ४९दशमलब ३४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी दिइयो। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। यसको ४९.३४ प्रतिशत भनेको २३४० हुन आउँछ। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ। नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क