Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी छ । सोही अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् । र, उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । अर्थमन्त्री पौडेलले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरेका थिए । त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा…

Read More

काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि पत्रकारहरुसँग कुरा गर्नुहुँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताउनुभयो । उहाँले गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको जानकारी दिनुभयो । अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पर्नुभयो । संघ र प्रदेश सरकारले प्रक्रियागत…

Read More

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् । उनीहरुले जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् । उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए । राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन्…

Read More

काठमाण्डौं । २०५८ को नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत तत्कालीन राजपरिवारको सम्झनामा पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्रले दीप प्रज्ज्वलन गरेका छन्। हिमानी ट्रस्टको आयोजनामा हिमानी र हृदयेन्द्रले कमलादीस्थित गणेस्थानमा दीप प्रज्ज्वलन गरेका हुन्। २०५८ जेठ १९ गते राति नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजपरिवारप्रति श्रद्धाञ्जलीसँगै दीप प्रज्ज्वलन कार्यक्रम गरिएको ट्रस्टले जनाएको छ। कार्यक्रममा राप्रपासहित विभिन्न राजावादी संगठनका नेता तथा कार्यकर्ता पनि कमलादी पुगेका थिए। यसअघि नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनिएको दीप प्रज्ज्वलन कार्यक्रम गणेशस्थान सारिएको हो। काठमाडौँ प्रशासनले नारायणहिटी आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा )ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो । गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभइ समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनले बताए । त्यसअघि सोमबार नै बसेको रास्वपा…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।राष्ट्रपति भवन शितलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उरुग्वे, डेनमार्क, जिम्बाब्वे, जोर्डन र केन्याका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ओहोदाको प्रमाणपत्र पेस गर्नेमा केन्याका मुन्यरी पिटर, जोर्डनका युसुफ अब्देलघानी, जिम्बाब्वेका स्टेला न्कोमो वाहागन, डेनमार्कका रसमस एबिल्डगार्ड र उरुग्बेका अल्बर्टो ए गुआनी छन् । । उक्त समारोहमा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

Read More

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । सिंहदरबारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल भएको थियो । तर, सदनको अवरोध हटाउने विषयमा भने सहमति नभएको बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने,‘प्रधानमन्त्रीले बोलाएको बैठकमा हामी सहभागी भयौं । संसदको गतिरोध हल गर्नेबारे छलफल भयो । यस्तै, प्रतिगामीहरुको गतिविधिको विषयमा कुराकानी भयो । यी विषयमा छलफल भए । तर, ठोस निर्णय । सदन अवरोध हल गर्ने विषयमा सहमति भएन ।’ प्रधानमन्त्री ओलीले सदन अवरोध गर्नु राम्रो नहुने भन्दै खोल्नको…

Read More

काठमाडौ । काठमाडौ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले जेठ १९ गते २ वटा बस संचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ । सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो ।

Read More

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले संविधानको घेरालाई गैह्र(संवैधानिक ढंगबाट तोड्नु अनुचित भएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । संविधानको घेरा गैह्र–संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो,’ बूढानीलकण्ठ बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।’ पछिल्लो केही समययता राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र नवराज सुवेदीसहितका समूहले राजा र हिन्दु राष्ट्र माग्दै आन्दोलन चर्काउन थालेपछि कांग्रेसले यसो भनेको हो । कांग्रेसले संविधानभन्दा बाहिर गएर गरिने प्रयासलाई अनुचित र गैरसंवधानिकका रुपमा ब्याख्या पनि गरेको छ ।…

Read More

काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ )  मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा विस्तारित कर्जा सुविधा ( एक्सटेन्डेड क्रेडिट फेसिलिटी– ईसीएफ)  को छैटौं समीक्षा, संरचनागत सुधारलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसिएफ सुविधा लिएको थियो । जुन नेपालले पाउने स्पेशल ड्रइङ राइट ( एडिआर)  कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषण ९बजेट फाइनान्सिङ० का लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी…

Read More