Author: ट्रान्सपेरेन्टखबर

दक्षिण कोरिया । दक्षिण कोरियामा राष्ट्रपति चुनावका लागि मतदान भइरहेको छ। सैनिक शासन लगाउने प्रयास गरेपछि पूर्वराष्ट्रपति युन सुक योललाई पदबाट हटाइएको थियो। यहाँको स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म ६२.१ प्रतिशत मतदात भएको छ। २०२२ को तुलनामा यसपटक कम मतदान हुने जनाइएको छ। राष्ट्रपति चुनावमा मुख्य प्रतिस्पर्धी विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारुढ दलका किम मुन सू बीच छ। किम मुन युन सुक योलको मन्त्रिपरिषदका सदस्य थिए। दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा चुनौती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्नुपर्नेछ। ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। दक्षिण कोरिया अमेरिकामा स्टिल…

Read More

पाल्पा। सदरमुकाम तानसेनमा महिलाका लागि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । कलाकारको छाता सङ्गठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले एकहप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो । महिलालाई वाद्यवादनको सीप सिकाएर कला, संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले बताए । “मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेका छन्”, उनले भने, “मौलिक कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेका हौँ । यसले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन…

Read More

काठमाडौं । विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते(१ प्रिमियर लिगमा ऐतिहासिक कास्यपदक जितेर खेलाडी एरिका गुरुङ नेपाल फर्किएकी छिन् । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्यपदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् । उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडीसमेत बनेकी छन् । यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिनेसमेत पहिलो खेलाडी बनेकी थिइन् ।

Read More

काठमाडौँ । प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छुटाछुटै छलफल गरेका छन् । मंगलबार बिहान विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखको सचिवालयले जनाएको छ । ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएपनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक बस्न ढिलाइ भइरहेको छ । विपक्षी मोर्चाको बैठक पनि बानेश्वरमा बसेको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताउँदै आएका छन् ।

Read More

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ बराबर रहेको जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । अयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको, एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो ।…

Read More

काठमाडौं । प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । संसद भवनस्थित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो । बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा राप्रपा भने सहभागी छैन ।आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको भूमिकाबारे बैठकमा छलफल भइरहेको नेताहरुले बताएका छन् । आजको संसद बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेटबारे छलफल हुने कार्यसूची छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आजको संसद बैठक अवरुद्ध पार्ने तयारीमा प्रतिपक्षी दलहरु छन् ।

Read More

पोखरा । पोखराबाट आज पनि पर्यटक सवार २० वटा गाडी स्कर्टिङ गरिएको छ। पोखराबाट काठमाडौँ र चितवनका लागि २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यको लागि पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पर्यटक सवार १७ वटा गाडी काठमाडौँ र तीनवटा चितवनतर्फ स्कर्टिङ गरिएको उनले बताए। यसैगरी मुक्तिनाथ दर्शन गरि फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौँ पठाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो। ती सबारी साधनमा ६ सयभन्दा धेरै यात्रु सवार रहेका डीएसपी थापाले जानकारी दिए। यसअघि आइतबार र सोमबार पनि…

Read More

काठमाडौ । काठमाडौ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले जेठ २० गते मंगलबार पनि २ वटा बस संचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ । सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो ।

Read More

काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका छन् । यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको उनको आरोप छ ।आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’ गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि…

Read More

काठमाडौं। करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ । तल्लोक्रमका ब्याटर करण केसी नायक बन्दा नेपालले यस वर्ष आइसिसी क्रिकेट विश्वकप लिग २ मा पहिलो जित हात पारेको छ। सोमबार राति सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको हो। जितसँगै १३ खेलबाट आठ अंक जोडेको नेपाल तालिकामा सातौं स्थानमा उक्लिएको छ। नेपालभन्दा चार खेल बढी खेलेको स्कटल्यान्ड २० अंकसहित चौथो स्थानमा यथावत् छ। स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा ९ विकेट…

Read More