Author: Editor

काठमाण्डौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवाका लागि ४ हजार ४३९ जना कर्मचारीको माग गरेको छ। कार्यालयले एक सूचना प्रकाशित गरी आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणकको माग गरको हो। सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र गणकका लागि कम्तीमा कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने बताएको छ । साढे दुई महिनाको करार अवधिका सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ। सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन माध्यमबाट…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभएको छ, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनाका साथै सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”…

Read More

काठमाडौँ । अमेरिकाले ७५ देशका नागरिकलाई आप्रबासी भिसा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार गरेको यो निर्णयमा नेपाल पनि परेको छ । मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार, निर्णय नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुरूप हो र अमेरिकी सरकारमाथि आर्थिक भार बन्न सक्ने सम्भावित आप्रवासीका भिसा स्थगित गर्ने निर्णय भएको हो । अमेरिकाले यसअघि ४० देशका लागि लगाएको अध्यागमन र यात्रा प्रतिबन्धकै निरन्तरतामा थप ७५ देश पनि जोडेको हो । विदेश मन्त्रालयले भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले बिहीबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबिच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताउनुभएको छ । “आज माघ १ माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको आत्मा एउटै छ, “प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको शुभकामना भनिएको छ, “हामी नेपालीबीच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने पर्व हो ।”

Read More

काठमाण्डौं । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि ( साउने सङ्क्रान्ति ) र मकर राशि ( माघे सङ्क्रान्ति )  प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोलि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु…

Read More

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् । ‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो,’ महान्यायाधिवक्ता सबिता भण्डारी बरालले यसलाई मुद्दा फिर्ता लिएको रुपमा बुझ्न हुँदैन ।’ उनले बुधबार ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी थिइन् । यो निर्णय पछि जिल्ला…

Read More

काठमाडौँ । सर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताको सक्कल फाइल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार यसअघिको आदेश अनुसार महान्यायाधिवक्ता कार्यालय मार्फत सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको हो । यसअघि, न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले पुस ४ गते उक्त सम्झौताका बारेमा प्रधानमन्त्री सुशीला कार्कीका नाममा कारण देखाऊ आदेश गर्दै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो । गत पुस ३ गते अधिवक्ता डा।प्रेमराज सिलवाल र अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुमोदन गरिएको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले वैशाखमा १५औँ महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। पुस पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशन आगामी वैशाख २८–३१ मा गर्ने गरी कार्यतालिका संशोधन गरेको थियो। त्यसअघि गत मंसिरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २७–२९ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। तोकिएको समयमा प्रक्रिया अघि बढ्न नसकेपछि संशोधन गरेर वैशाखमा सारिएको थियो।

Read More

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई गरेको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ । विशेष महाधिवेशन पक्षधरले एक वक्तव्य जारी गर्दै कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको बताएका छन् । उनले कारवाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दावी गरेका छन् । कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेकाले नयाँ कार्यसमिति चयन हुने बताएका छन् । भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले विशेष महाधिवेशन मार्फत निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन…

Read More

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजना नभएको भन्दै निर्वाचन आयोगलाई यस सम्बन्धी कुनै दावी आएमा त्यसलाई वैधानिक नमान्न पत्र पठाएको छ । सभापति शेरवहादुर देउवाकै तर्फबाट निर्वाचन आयोगमा सो पत्र पठाइएको हो । यसका साथै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरिएको पत्र समेत आयोगमा पठाइएको छ ।

Read More