Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ । “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै…

Read More

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध हो भन्नुभएको छ । सन्देशमा उहाँले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबिच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरूद्ध दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा…

Read More

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । नेपालमा दलित समुदायमाथि हजारौँ वर्ष पहिलेदेखि हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ साल जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो । उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा राष्ट्रिय दलित आयोग र सामाजिक संघसंस्था, राजनीतिक दलका भातृ संस्थाहरू र दलित अधिकारकर्मीहरुको अगुवाईमा देशभरि विभिन्न्न कार्यक्रमहरू हुँदैछन् । दिवसको अवसरमा बुधबार राष्ट्रिय दलित आयोगले काठमाडौँमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्दैछ…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जानकारी दिए । ‘कोशी प्रदेश लगायत मध्य पहाडी लोकमार्ग अन्तर्गत अत्याधिक पानी पर्ने सम्भावना रहेको मौसम विभागले जानकारी गराएको छ । धेरै ठाउँमा सडकहरू भत्किएका छन् । यी सबैलाई ध्यानमा राखेर आजदेखि २५ गतेसम्म हुने भनिएको अभियान हालका…

Read More

काठमाडौं। सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची…

Read More

म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,” प्रधानमन्त्री ओलीले भने, “अन्नपूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।” प्रधानमन्त्री ओलीले म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताए…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट ब्याक नभएपछि सूचना टाँस गरेर भोलि १ बजे बस्ने गरी स्थगित गरिएको हो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । त्यसपछि दिउँसो २ बजेलाई सारिएको थियो । विपक्षीहरुले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरणसम्बन्धी छानबिन गर्ने, छानबिनको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आयोगबारे प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव राखेका छन् । तर त्यो प्रस्तावमा सत्तापक्ष तयार भएपछि बैठक भोलिलाई सारिएको हो । प्रमुख प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा,…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ पुगेका छन्। अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी प्रधानमन्त्री म्याग्दी गएका हुन्।सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा पनि म्याग्दी…

Read More

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई सरेको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक सञ्चालनका लागि विपक्षी दल तयार नभएपछि २ बजेसम्मका लागि स्थगित भएको सूचना संसद् सचिवालयले टाँस गरेको छ। सदन खुलाउनेबारे सभामुख देवराज घिमिरेले सत्तापक्ष्ँ र बिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक बसेका थिए । बैठका सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् । …

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र )  सहित प्रतिपक्षी दलहरुले संसद् अवरोध अन्त्य गर्न गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने बताएका छन् । आज ( मंगलबार )  बसेको प्रतिपक्षी दलको बैठकले गृहमन्त्रीको राजीनामाबाट टसमस हुन नहुने निष्कर्ष निकालेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक बसेको आजको प्रतिपक्षी दलको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय गरेको छ । त्यस्तै, वर्तमान गृहमन्त्री रमेश लेखकले छानबिनको परिणाम नआएसम्म र अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने…

Read More