Author: Editor
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबार १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपियाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपियाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो । रासस
काठमाडौँ । आज ९शुक्रबार० राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो । रासस
काठमाडौँ । नेकपा ( माओवादी ) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ। बिहीवार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा ( माओवादी ) का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए। हस्ताक्षरपछि माइतिघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासित सहमति भएको दावी गरे। उनका अनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेन–जी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो। उनले आन्दोलन गन्तव्यमा नपुग्दासम्म आन्दोलनको विषय बनिरहने जिकिर गरे।
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको मुद्दा प्रकरणमा सरकारले नाटक मञ्चन गरेको आरोप लगाएका छन्। उनले सरकारले कहिले मुद्दा लगाउने र कहिले फिर्ता लिएर अमुक व्यक्तिलाई ‘हिरो’ बनाउने खेल खेलेको टिप्पणी गरे। मंगलबार काठमाडौंमा आयोजित ४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर नदेखिएको भन्दै अभियोग पत्र संशोधन गर्न निर्णय गरे लिएपछि ओलीले अभिव्यक्ति दिएका हुन्। अध्यक्ष ओलीले विधि र कानुनलाई राजनीतिक स्वार्थ अनुसार प्रयोग…
काठमाडौँ । मगर समुदायले बिहीबार माघे सङ्क्रान्ति पर्व मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ( माघे ) सङ्क्रान्ति भनिन्छ । यस अवसरमा सो समुदायले काठमाडौँमा झाँकीसहितको र्यालीको आयोजना गरेको छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तस्बिर–फोटो लाइब्रेरी
बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अपिल गरेका छन् । त्रिभुवन माध्यमिक विद्यालय बलेवा, बाग्लुङले बिहीबार आयोजना गरेको हीरक महोत्सवलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएका हुन् । “हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट जनताप्रतिको यहि दायित्वसहित दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वको अपेक्षा गरेको छ । यो हामीले…
काठमाण्डौं । विशेष महाधिवेशनबाट चुनिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समयसीमालाई ख्याल गरी चाँडो निर्णय गर्न अनुरोध गरेका छन्। बिहीबार दिउँसो सभापति थापाले निर्वाचन आयोग पुगेर विशेष महाधिवेशन पछि भएका घटनाक्रमको अध्यावधिक गर्न प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेका हुन्। ‘माघ ६ गते निर्वाचनको लागि मनोनयन दर्ता गर्नुपर्ने बाध्यता छ। त्यसलाई ख्यालमा राखेर छिटो निर्णय गर्न अनुरोध गर्यौं,’ उनले भने, ‘निर्णय गरेर बाहिर भएको दुविधा पनि हटाइदिन अनुरोध गरेका हौं।’ सभापति थापाले बिहीबार आयुक्त भण्डारीलाई विवरण अध्यावधिक गराउनका लागि तथ्य, प्रमाण, कागजातहरू बुझाएको बताए। आयोग जानुअघि सभापति थापाको नेतृत्वमा ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको…
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाएका तीन पदाधिकारीको नाम वेबसाइटबाट हटाएको छ । कांग्रेस वेबसाइटबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम हटाइएको हो । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी उनीहरूले थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेका छन् । थापा नेतृत्वको समितिमा शर्मा उपसभापति र मन्सुर सहमहामन्त्री नै चुनिएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका छन् । उनले दोष–निर्दोषको बहसमा नलागी यस विषयको वस्तुपरक समीक्षा इतिहासले गर्ने बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा जान सबैको इमानदार प्रयास रहे पनि त्यसो हुन नसकेको उल्लेख गरेका छन् । पार्टीभित्र देखिएका र नदेखिएका अन्तरविरोध र विभिन्न षडयन्त्रका कारण कांग्रेस कमजोर भएको उनको भनाइ छ ।डा. कोइरालाले यस कठिन घडीमा बीपी कोइरालाको स्मरण गर्नुपर्ने बताउँदै कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नु नियतिको कठोर सत्य भएको टिप्पणी गरेका छन् । उनले आठ दशक लामो कांग्रेस…
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् । कांग्रेसको अधिकारिकता दाबी गर्न सभापति थापासहितको टोली बिहीबार आयोग पुगेको हो । उनीहरू आवश्यक कागजातसहित कान्तिपथस्थित आयोग पुगेका हुन् । त्यसअघि थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बसेको थियो । केन्द्रीय समिति बैठकपछि पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी दस्ताबेज लिएर थापासहितका पदाधिकारी आयोग पुगेका हुन् । पुस २७ देखि ३० सम्म बसेको विशेष महाधिवेशन हलबाट पारित विधान, चुनावी प्रयोजनका लागि हस्ताक्षर बदल्ने र समानुपातिक सूची अद्यावधिक गर्ने निवेदन र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट आयोगमा बुझाउने नेताहरूले बताएका छन् ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क