Author: Editor

काठमाण्डौं । उज्यालो नेपाल पार्टीको बृहत्त भेला काठमाडौंको बौद्धमा सम्पन्न भएको छ। सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त भेलाले उज्यालो नेपालको अभियानलाई थप ऊर्जा प्रदान गरेको छ। भेलामा सहभागी वक्ताहरूले यसपटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढ विश्वास व्यक्त गरे। उनीहरूले विकास, सुशासन र परिणाममुखी राजनीतिका लागि उज्यालो नेपाल अपरिहार्य विकल्प भएको धारणा राखे। कार्यक्रमका प्रमुख अतिथि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले नेकपा ( माओवादी केन्द्र ) , नेकपा ( एमाले ) ,…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र स‌गठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। युवराज पौडेलले बुधबार उक्त रिट निवेदन पेस गरेका हुन्। महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाइएको छ। महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ। साथै उनले लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

Read More

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित ( गगन समूह ) का  महामन्त्री गुरुराज घिमिरे ७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेका छन्। शेरबहादुर देउवा पक्ष आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि उनले विमति जनाएका हुन्। उनले भनेका छन्, ‘महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रूपमा नेतृत्व चयन समेत भइसकेपछि यो विषय उठाउनु केबल राजनीतिक प्रपोगाण्डा मात्र हो।’ तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्दै ४ महिना पछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु विधिसम्मत नभएको बताएका छन्। उनले भनेका छन्, ‘विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधि मध्ये जम्मा २९ जना महाधिवेशन…

Read More

चितवन । चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज उदघाटन गरिएको छ । ६ तले आकर्षक भवनको पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे । भवनको भुइँ तलामा इन्टेरियरका कामहरुसमेत सकाएर भवनको उदघाटन गरिएको नगर प्रमुख दाहालले जानकारी दिइन् । माथिल्लो तलाहरुमा इन्टेरियरका केही काम भने बाँकी छ । ५३ करोड ३२ लाख ६४ हजारको लागतमा तयार गरिएको भवनमा संघ, प्रदेश र स्थानीय तह ( भरतपुर महानगरपालिका ) को लगानी छ । संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५०…

Read More

काठमाडौँ । जेनजी आन्दोलनका घाइते र सहिद परिवारले प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना दिएका हुन् । उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर अङ्कित ब्यानर राखेर आफ्ना माग तत्काल पुरा हुनुपर्ने माग राखेका छन् ।

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ। भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक(सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो। घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होसारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ। साथै घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री ध्यानाकर्षणसमेत गराए। उनीहरुले प्रधानमन्त्री कार्कीलाई अहिलेको कठिन परिस्थिति सम्हाल्न आएकोमा धन्यवाद ज्ञापन गर्दै सफलताको कामना पनि गरे । प्रधानमन्त्री…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ । शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् । त्यो विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै देउवा समूह शुक्रबार निर्वाचन आयोग पुगेको थियो । विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार भन्दै हस्ताक्षर फिर्ताका प्रमाण आयोगमा बुझाएको कार्यवाहक सभापति खड्काले जानकारी दिए…

Read More

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने तयारीमा आयोग जुटेको हो। आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनले आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने बताइन् । आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ। जिल्ला न्यायाधीशहरूबाट मुख्य निर्वाचन अधिकृत तोकिएका…

Read More

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोजना गरेका छन् । विशेष महाधिवेशनबाट पार्टीको अलग्गै नेतृत्व चयनपछि खड्काले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । दिउँसो २ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा केन्द्रीय नेताहरूको पनि उपस्थिति हुने बताइएको छ । गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिइसकिएको छ ।

Read More

वराहक्षेत्र ( सुनसरी )  । सुनसरीको वराहक्षेत्र मन्दिरको सप्तकोशीमा यस पटक एक लाख ५० हजारभन्दा बढी भक्तजनले मकरस्नान गरेका छन् । प्रत्येक वर्ष माघ १ गते मकरस्नान गर्न श्रद्धालु वराहक्षेत्र आउने गरेका छन् । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन भएकाले मकरस्नान गर्न टाढा टाढादेखि भक्तजन आउने गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । स्थानीय पण्डित योगेश भण्डारीका अनुसार माघ १ बाट सूर्य मकर राशिमा प्रवेश गर्ने र सूर्य उत्तरायण हुन्छ । आजकै दिन देवताहरू जागृत हुने भएकाले ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा हजार गुणा बढी पुण्य मिल्ने भएकाले मकरस्नान गरिँदै आएको छ ।…

Read More