Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं। सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची…

Read More

म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,” प्रधानमन्त्री ओलीले भने, “अन्नपूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।” प्रधानमन्त्री ओलीले म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताए…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट ब्याक नभएपछि सूचना टाँस गरेर भोलि १ बजे बस्ने गरी स्थगित गरिएको हो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । त्यसपछि दिउँसो २ बजेलाई सारिएको थियो । विपक्षीहरुले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरणसम्बन्धी छानबिन गर्ने, छानबिनको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आयोगबारे प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव राखेका छन् । तर त्यो प्रस्तावमा सत्तापक्ष तयार भएपछि बैठक भोलिलाई सारिएको हो । प्रमुख प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा,…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ पुगेका छन्। अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी प्रधानमन्त्री म्याग्दी गएका हुन्।सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा पनि म्याग्दी…

Read More

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई सरेको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक सञ्चालनका लागि विपक्षी दल तयार नभएपछि २ बजेसम्मका लागि स्थगित भएको सूचना संसद् सचिवालयले टाँस गरेको छ। सदन खुलाउनेबारे सभामुख देवराज घिमिरेले सत्तापक्ष्ँ र बिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक बसेका थिए । बैठका सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् । …

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र )  सहित प्रतिपक्षी दलहरुले संसद् अवरोध अन्त्य गर्न गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने बताएका छन् । आज ( मंगलबार )  बसेको प्रतिपक्षी दलको बैठकले गृहमन्त्रीको राजीनामाबाट टसमस हुन नहुने निष्कर्ष निकालेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक बसेको आजको प्रतिपक्षी दलको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय गरेको छ । त्यस्तै, वर्तमान गृहमन्त्री रमेश लेखकले छानबिनको परिणाम नआएसम्म र अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने…

Read More

दक्षिण कोरिया । दक्षिण कोरियामा राष्ट्रपति चुनावका लागि मतदान भइरहेको छ। सैनिक शासन लगाउने प्रयास गरेपछि पूर्वराष्ट्रपति युन सुक योललाई पदबाट हटाइएको थियो। यहाँको स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म ६२.१ प्रतिशत मतदात भएको छ। २०२२ को तुलनामा यसपटक कम मतदान हुने जनाइएको छ। राष्ट्रपति चुनावमा मुख्य प्रतिस्पर्धी विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारुढ दलका किम मुन सू बीच छ। किम मुन युन सुक योलको मन्त्रिपरिषदका सदस्य थिए। दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा चुनौती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्नुपर्नेछ। ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। दक्षिण कोरिया अमेरिकामा स्टिल…

Read More

पाल्पा। सदरमुकाम तानसेनमा महिलाका लागि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । कलाकारको छाता सङ्गठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले एकहप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो । महिलालाई वाद्यवादनको सीप सिकाएर कला, संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले बताए । “मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेका छन्”, उनले भने, “मौलिक कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेका हौँ । यसले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन…

Read More

काठमाडौं । विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते(१ प्रिमियर लिगमा ऐतिहासिक कास्यपदक जितेर खेलाडी एरिका गुरुङ नेपाल फर्किएकी छिन् । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्यपदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् । उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडीसमेत बनेकी छन् । यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिनेसमेत पहिलो खेलाडी बनेकी थिइन् ।

Read More

काठमाडौँ । प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छुटाछुटै छलफल गरेका छन् । मंगलबार बिहान विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखको सचिवालयले जनाएको छ । ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएपनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक बस्न ढिलाइ भइरहेको छ । विपक्षी मोर्चाको बैठक पनि बानेश्वरमा बसेको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताउँदै आएका छन् ।

Read More