Author: Editor

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार चयनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाउने सम्बन्धमा छलफल हुने उनले बताए। रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न इच्छुक पार्टी सदस्यलाई आवेदन शुल्क २५ हजार रुपैयाँ तोक्दै आवेदन दिन आह्वान गरेको थियो। रास्वपाले काठमाडौं महानगरपालिका मेयर बालेन शाह पक्षलाई समेटेर उम्मेदवारको सूची बनाउनेछ । कुलमान घिसिङको उज्याले नेपाल पार्टि एकता भएको १२ दिनमै एकताबाट अलग भएपछि बालेनसंगै एकतामा आएहरुलाई समेटेर उम्मेदवारको टुंगो लगाउने भएको हो ।

Read More

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। केही बेर अघिबाट पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो। बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुँदै छ। एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । त्यसबाहेक बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने जनाइएको छ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको छ । विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले देउवालाई आभार व्यक्त गर्ने निर्णय गरेको हो । शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व लिनुभयो । उहाँप्रति हार्दिक आभार गर्ने निर्णय बैठक गरेको छ,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता देवराज चालिसेले भने, ‘उहाँबाट अभिभावकीय भूमिका निर्वाह गर्नुहुने विश्वास बैठकले लिएको छ ।’निर्वाचन आयोगबाट वैधानिकता पाए पनि गगन थापा नेतृत्वको कांग्रेसले आज पार्टी कार्यालयमा बैठक राख्न सकेन । सानेपास्थित कांग्रेस कार्यालय देउवा पक्षको नियन्त्रणमा छ । आज आधिकारिक कांग्रेस र देउवा पक्ष दुवैले केन्द्रीय समिति बैठक…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन्। नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताएका हुन्। निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। ुपार्टीभित्रका अग्रज नेतालाई सँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एक(दुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ,ु उनले भने। उनले फागुन २१ मा हुने निर्वाचनका…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्षले आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ। शनिबार बसेको देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै यस्तो निर्णय गरेको नेता डा। प्रकाशशरण महतले जानकारी दिए। बैठकले आयोगको यो निर्णय ‘अवैधानिक’, ‘एकतर्फी’ र ‘दुषित मनसाय’ बाट प्रेरित भएको बताएको उनले बताए। बैठकपछि निर्णय सुनाउँदै उनले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई आयोगको उक्त निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको बताए। उनले भने, ‘उपस्थित संख्या समेत नहेरी एकतर्फी रूपमा गरिएको निर्णय दुषित…

Read More

काठमाडौं । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २७ बुँदे माग र सवालका विषयमा नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाअभियानका तर्फबाट दुर्गा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । २६ कात्तिकमा महाअभियानले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका थिए । मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेका छन् । पहिलो नम्बरमा…

Read More

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् । सूचनामापार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ । आजैमात्र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । त्यसलगत्तै बैठक डाकिएको हो । यो समूहले आयोगको निर्णय मान्य नहुने बताउँदै आएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा रहेका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै उनले पार्टीलाई बलियो बनाउने जिम्मेवारी आफ्नो काँधमा आइपरेको बताएका हुन् । एक विज्ञप्ति जारी गर्दै थापाले नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको बताएका छन् । ‘विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौँ ’ उनले भनेका छन् । विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई उनले संयम ,जिम्मेवार र एकताबद्ध बन्न आह्वान गरेका छन्…

Read More

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताए । उनले आयोगको निर्णय कुनै पनि दृष्टिकोणबाट सही नभएको टिप्पणी गरे । उनले भने, ‘आयोगले सम्पूर्ण नियम( कानून तथा पार्टीको विधानको धज्जी उडायो । यसको हामी विरोध गर्छौँ । यो निर्णय हामीलाई मान्य छैन ।’ पार्टीको आगामी रणनीतिबारे बसेर छलफल गर्ने महतले जनाएका छन् ।

Read More

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ । निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत…

Read More