Author: Editor
काठमाडौं । घरेलु मैदानमा आजबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। टीयु क्रिकेट मैदानमा आइतबार बिहान भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्यो । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।
काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्। देउवा पक्षले आजै सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णय खारेजीको मागसहित रिट पनि दिएको छ। निवर्तमान सभापति देउवानिकटहरूले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। ‘निर्वाचन आयोगको असंवैधानिक निर्णयविरूद्ध खबरदारी कार्यक्रम’ भन्दै संयुक्त भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाका पक्षमा नाराबाजी गरेका थिए।
काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने र प्रशासनमा सुशासन कायम गर्न नयाँ तथा पुराना पुस्ताका नेतृत्व एकसाथ अघि बढ्नुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत राजनीतिमा आउने नयाँ र पुराना पुस्ताबीच सहकार्यको विकल्प नरहेको बताएका हुन्। पछिल्लो समय नेताहरूबीच देखिएको असमझदारी देखेर दलहरू एकापसमा मिल्न नसके जनताले उनीहरूको अस्तित्व नै समाप्त पार्न सक्ने बताएका हुन्। निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना दलहरूबीच देखिएको विवाद र बेमेलले राजनीतिक स्थायित्वमा असर पार्न सक्ने भन्दै मन्त्री पुनले दलहरू मिलेर निर्वाचनमा जानुका साथै देश विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्। मातृभूमि नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउने र…
नेपालगंज । विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ। नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गरे। सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगन्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिए। अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएकोे महोत्सवलाई आगामी वर्षदेखि नेपालगन्जको साझा आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको उनको भनाइ छ। पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख न्यौपानेका अनुसार आज सांस्कृतिक कार्यक्रमसँगै…
काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभाको बैठक बसेको छ। चार महिनापछि आज सिंहदरबारमा संघीय संसदको हिउँदे अधिवेशन अन्तर्गतको बैठक बसेको हो । संसद भवनको पुनःनिर्माण र निर्माणाधीन संरचनाको ढिलाइका बीच राष्ट्रिय सभाको बैठक लामो समयपछि आज सिंहदरबारमा बसेको संसद सचिवालयले जनाएको छ । आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए । बैठकमा राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ। अर्को बैठक आगामी शुक्रबार बस्ने गरी स्थगित भएको छ । भाद्र २४ गतेको ‘जेन–जी आन्दोलन’का क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आगजनी भएपछि र सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद…
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्बोच्च अदालत पुगेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्बोच्च गएका हुन् ।
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको बताउँदै कार्यवाहक प्रमुख भट्टराईले तयारीका हिसाबले ९० प्रतिशत काम सकिएको बताउनुभयो । निर्वाचन आयोगमा चुनावको तयारी सम्बन्धमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भएको छलफलमा भण्डारीले आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको दुवै तयारीलाई एकसाथ अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनको काम नियमित र तालिका अनुसार अघि बढिरहेको छ । निर्वाचन कार्यालयहरू स्थापना भइसकेका छन् ।…
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ( क्यान ) ले शनिवार एक कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो । आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिए । टोली भोलि भारत प्रस्थान गर्दैछ ।
ललितपुर। नेपाली कांग्रेस ९शेरबहादुर देउवा पक्ष० ले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्न खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई आधिकारिकता दिएर देउवा नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानूनी काम कार्वाही गर्नका लागि कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरिन्छ। देउवा पक्षले…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ। शनिबार सभापति गगन थापाको सभापतित्वमा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको निर्णयअनुसार कांग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको हारजित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ। बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा रहेर पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै, देउवाबाट आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वास समेत बैठकले व्यक्त गरेको छ। कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क