Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं। भिजिट भिसा प्रकरणले सदनको अवरोध जारी रहेको बेलामा गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने छलफलमा जुटेका छन् । संसद भवनमा नै दुई नेताबीच भलाकुसारी भएको हो । माओवादीले गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरोध जारी राखेको छ । तर, गृहमन्त्री लेखकले भने आफूले राजीनामा नदिने अडान लिएका छन् । बरु, उनले सदनमा आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरेका छन् । आज दिउँसो १ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक अहिले ३ बजिसक्दापनि बस्न सकेको छैन् । बैठक सुचारु गर्नको लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर, सो…

Read More

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगार वृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरू बुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझावपत्र बुझाएको हो । महासङ्घले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरू कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको छ। महासङ्घका अध्यक्ष घिमिरेलेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरूलाई नेपाल ल्याउन माग गरिएको छ । यस्तै लगानी वृद्धि र पर्यटन आकर्षणका…

Read More

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । सांसद शर्माले सरल रूपमा छानबिनको प्रक्रिया अगाडि बढाउन नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्री लेखकले सहयोग गर्नुपर्ने माग गरे । “निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर बाटो खुलाउनुपर्छ । कर्मचारी मात्रै दोषी भए पनि छानबिनमा सहयोग गर्न राजीनामा दिएर मार्ग सहज बनाउनु पर्छ । यस विषयमा छानबिन गर्नुपर्ने र यसका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्छ”, उनले भने, “छानबिनमा सत्तारुढ दल…

Read More

काठमाडौं । सदनको जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेका छन् । सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, बैठकमा कुनै सहमति नबनेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले भने, ‘हामीले हाम्रो कुरा प्रष्ट बैठकमा राख्यौं । तर उहाँहरू टसमस हुनभएन । कुरो मिलेन ।’आज दिउँसो १ बजेको लागि बोलाएको प्रतिनिधिसभाको बैठक अझै सुरू हुन सकेको छैन । हिजो पनि सहमति नहुँदा आजसम्मको लागि स्थगित गरिएको थियो । सत्तापक्षले गृहमन्त्रीले…

Read More

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक ( आईजीपी )  राजु अर्यालले विपद् न्यूनीकरणका लागि समुदायमा विपद् स्वयंसेवक आवश्यक रहेको बताएका छन् । स्विट्जरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफमको आठौं सत्रलाई सम्बोधन गर्दै आईजीपी अर्यालले उक्त कुरा बताएका हुन् । अर्यालले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भइ विपद् व्यवस्थापनसँग सम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए । यसका साथै समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचक मार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने अर्यालले बताए । सशस्त्रले…

Read More

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचार विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेको नेतृत्वमा गएको टोलीले उजुरी दर्ता गराएको हो । वर्षौँदेखि भ्रष्टाचार मौलाउँदै गएको नेपाल वायुसेवा निगममा कुनै पनि अधिकारीमाथि कारबाही हुन नसकेको भन्दै भ्रष्टाचारी विरुद्ध उजुरी दर्ता गराउन पार्टी बाध्य भएको अध्यक्ष पाण्डेले बताए । यस्तो विषयलाई समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझाव तत्काल लागु गर्न जेष्ठ १३ मा ध्यानाकर्षण गराई उक्त पार्टीले नेपाल वायु सेवा…

Read More

काठमाडौं। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ। स्कटल्यान्डको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो ३–४५ मा सुरु हुनेछ। नेदरल्यान्ड्सको सामना गर्दा नेपाली टोली लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ। पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो। नेदरल्यान्ड्स लिग–२ बलियो टोली हो। २० खेलमा २६ अंकका साथ नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। नेपाल १३ खेलबाट ८ अंकका साथ सातौं स्थानमा छ। आठ टोली सहभागी लिग(२ आइसिसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो । सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा…

Read More

काठमाडौं । दक्षिण कोरियामा विपक्षी दलका नेता ली जे म्युङ राष्ट्रपति निर्वाचित भएका छन्। मंगलबार भएको राष्ट्रपति निर्वाचनमा ४९ प्रतिशत मत प्राप्त गर्दै डेमोक्र्याटिक पार्टी अफ कोरियाका उम्मेदवार रहेका ली राष्ट्रपति निर्वाचित भएका हुन्। यसअघिको सत्तामा रहेको पिपुल्स पावर पार्टी ९पिपिपी०का उम्मेदवार किम मुन सोले ४२ प्रतिशत मत पाएका छन्। राष्ट्रपति निर्वाचनसँगै दक्षिण कोरियामा यो वर्षको प्रारम्भदेखि नै सुरू भएको संक्रमणकालीन अवस्थाको अन्त्य हुने आकलन गरिएको छ। गएको डिसेम्बर महिनामा राष्ट्रपति युन सुक योलले मुलुकमा सैनिक शासन लागूको प्रयत्न गरेका थिए। उनको प्रयत्न बिफल भएपछि झन्डै ६ महिना दक्षिण कोरियाले राजनीतिक उतारचढाव ब्यहोर्नुपरेको थियो। सैनिक शासन जारी गर्न खोजेका योलविरूद्ध…

Read More

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका घटनामा संलग्न रहेको आरोपमा मुद्दा लागेका संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमाण्डरु दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकिएको छ। नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका जनकमाण्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो। उक्त घटनाको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा चलिरहेको छ। ५० जनाविरूद्ध दायर भएको मुद्दामा ३९ जना मात्रै उपस्थित छन्। मंगलबार उनीहरूको बयान सकिएको हो। बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरू हुनेछ। ५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध…

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन गरिहरेको छ । जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहनुभएको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्दै आएका छन् । गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने भएकोले संसदमै जवाफ दिन चाहेको…

Read More