Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं।आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै हिजो नेदरल्यान्ड्समाथि ५ विकेटको जित दर्ता गरेको छ । मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकीय इनिङ्ससँगै स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार आफ्नो दोस्रो नेपालले अंक तालिकामा शीर्ष दुईमा रहेको नेदरल्यान्ड्समाथि ५ विकेटको जित हासिल गरेको हो। लगातार दोस्रो जितसँगै सातौं स्थानमा यथावत नेपालले १४ खेलमा १० अंक पुर्‍याएको छ। नेदरल्यान्ड्स २१ खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७।१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनको विषयलाई प्राथमिकता राखेको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले भने, ‘हामीले व्यक्ति विशेष कुरा गरेका छैनौँ । मुख्य कुरा छानबिनको हो । सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर कुरा भइरहेको छ । सरकारसित र विपक्षी पार्टीहरूसँग कुराकानी गर्छौँ ।’ सरकारले आफ्ना मागहरूलाई कसरी लिन्छ भन्ने कुरामा निर्भर हुने बताए । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गरिरहेका छन् । पछिल्लो समय माओवादी गृहमन्त्रीको राजीनामा नआए सरकारले छानबिन समितिको…

Read More

काठमाडौं । नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले काठमाडौं केन्द्रित आन्दोलनलाई देशभरि फैलाउने निर्णय गरेको छ । समितिमा आवद्ध ४५ दल, समूह र अभियानको आज भएको वैठकपछि सो निर्णय सार्वजनिक गरिएको हो । नवदुर्गा पार्टी प्यालेसमा भएको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित बनेका थिए । उनको अनुपस्थितिमा प्रश्न उठाउँदै केही कार्यकर्ताले होहल्ला गरेपछि बैठक बिना निस्कर्ष स्थगन गरिएको थियो । सोही वैठकको भावना अनुसार नयाँ कार्यक्रम निर्धारण गरिएको भन्दै सुबेदीले विज्ञप्ति जारी गरेका छन् । पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावि स्वरुपमा परिवर्तन गरिएको उनले बताएका छन् । काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी रहने…

Read More

काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन…

Read More

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको छ ।आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा बुधबार बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देन नआएपछि होहल्ला भएको हो । उनी बैठकमा सहभागी नभएकोमा धेरै सहभागी असन्तुष्ट भएका थिए । संसद् बैठकका कारण लिङ्‍देन उपस्थित हुन नसकेको भनेर बैठकको सुरुमै जानकारी गराइएको थियो । त्यसका बावजुद पनि धेरै नेताहरुले असन्तुष्टि जनाएका थिए । समीक्षा बैठक भएपनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय पनि उठेको थियो । शीर्ष नेता डराएर मिडियालाई बस्न दिएको कतिपय सहभागीले होहल्ला गरेका थिए । त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्ने समयमा होहल्ला…

Read More

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य वस्तु निर्यात गर्नेगरी सरकार अघि बढेको बताएका छन् । पूर्वाधार पत्रकार समाजले गरेको कार्यक्रममा उनले खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्म सम्मको बजेटमा राखिएको बताउँदै त्यस्ता कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरिने पनि बताएका हुन् । अर्थमन्त्री पौडेलले निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरुको अभाव हुन नदिने बताउँदै भने, वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामग्री उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौं । नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौं । अर्थमन्त्री पौडेलले यस्तो बताएपनि बजेटमा राखेको कार्यक्रम अदालतको फैसला विपरीत रहेको भन्दै…

Read More

काठमाण्डौं । सरकारले विपद् व्यवस्थापन कोषमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा रु एक अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा रु ७९ करोड ४१ लाख मौज्दात रहेको छ। कोसीमा रु छ करोड, ९० लाख, मधेसमा रु ११ करोड ७८ लाख, बागमतीमा रु सात…

Read More

नेपालगञ्ज । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको सिकार गृहमन्त्री रमेश लेखक भएको टिप्पणी गरेका छन्। ‘दलतन्त्रको भण्डाफोर गरौँ, गणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने मुल नाराका साथ आज ९बुधबार० नेपालगञ्जमा आजपाद्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री निवास बालुवाटारमा बुनेको एक महत्वपूर्ण काण्ड ‘भिजिट भिसा काण्ड’ भएको आरोप लगाएका हुन्। ‘प्रधानमन्त्रीको कनेक्सन गृहमन्त्रीलाई फसाउने र मोर देन कांग्रेस बनेर गिजोल्ने काम भइरहको छ। यो सबै घटनाक्रममा भिजिट भिसा प्रकरणमा केपी ओलीको हात छ। यहाँ प्रस्टै देखिन्छ काँखमा राखेर छुरा हान्ने काम भएको छ,’ आजपा…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि भोलि दिउँसो १ बजेलाई सारिएको छ । आज बिहान ११ र पछि सवा ३ मा तय गरिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गरिरहेका विपक्षी र सत्ता पक्षबीच कुरा नमिलेकाले सदन निरन्तर अवरुद्ध भइरहेको छ । सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि दुवै पक्ष अडानबाट पछि हटेनन् । सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, विपक्षीले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने शर्त राखेको छ ।

Read More

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत भएको छ । बुधबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रदेश सभामा सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका…

Read More