Author: ट्रान्सपेरेन्टखबर

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै उक्त कदम प्रतिशोधपूर्ण भएको बताएका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्ट पारे। बिहीबार गृह जिल्ला रौतहट क्षेत्र नं(१ मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोप लगाए। आफूले ‘नबिराउनु, नडराउनु’ को मान्यतालाई आत्मसात् गरेको बताउँदै अध्यक्ष नेपालले कुनै पनि अनुचित काम नगरेको र त्यस्ता कार्यलाई प्रोत्साहन समेत नगरेको…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा लगेको भ्रष्टाचार मुद्दामा उक्त मागदाबी गरेको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम बिगो १८ करोड ५८ लचाख ५० हजार कायम गरी सोही ऐनको दफा ३ को उपदफा ( १० को देहाय (झ ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ ( पहिलो संशोधन सहित )  को दफा ३ को उपदफा (१ ) को देहाय ( ज ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१…

Read More

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव भेष्म नेउपानेका अनुसार आजदेखि नै लागु हुने गरि ४ वर्षको लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरिएको हो । यसअघि उनी बैंकका कामु सीईओ थिए । २०७७ सालमा नबिल बैंक प्रवेश गरेका ज्ञवाली नायब महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका छन् ।

Read More

काठमाडौँ । नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गरेका हुन् । यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । उनको नाम सिफारिश भइसकेकाले उनको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ । त्यहाँका पृतनापति पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भइरहेको छ । नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली…

Read More

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री…

Read More

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बिहीबार विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए । ‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले भने, ‘हामी केहीबेरमा औपचारिक विज्ञप्ति पनि निकाल्दैछौँ ।’ ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म प्रधानमन्त्री रहेका नेपालले पतञ्जलीलाई हदबन्दीमा जग्गा खरिद गर्न दिन १८ माघ २०६६ मा मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए तर दुई महिना नबित्दै ६ चैत २०६६ मा मन्त्रिपरिषद्बाट अर्को निर्णय गराई बेच्न स्वीकृति दिलाएका थिए । उक्त जग्गामा प्लटिङ गरिएको छ ।नेपाल मन्त्रिपरिषद्ले…

Read More

काठमाण्डौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको दाबीसहित लगातार प्रतिनिधिसभाको बैठक‍ अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरू अहिले पनि छलफलमै छन्। दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभाको बैठक उनीहरूले ठोस निर्णय नगर्दा अझै सुरु हुन सकेको छैन। प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन र मन्त्रीको राजीनामालाई बटमलाइन बनाउँदै आइरहेका छन्। यसबारे आगामी रणनीति के हुने भन्ने टुंगो लगाउन अहिले प्रतिपक्षी दलका नेताहरू छलफलमै रहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। हामी छलफलमै छौँ। उच्चस्तरीय छानबिन समितिको अडानबाट हामी पछि हटेका छैनौँ…

Read More

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। हालसम्म जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता दिने व्यवस्था छ। समितिको बैठकमा बिहीबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल भएको हो। सो बारेमा उठेका प्रश्नको जबाफ दिने क्रममा गृहमन्त्री लेखकले जिल्ला सदरमुकाम टाढा हुने र आवतजावतमा झमेला र खर्चिलो हुने भएकाले झनै जटिलता हुने स्थितिलाई मध्यनजर गर्दै सरकारले नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता प्राप्त हुन सकोस् भनेर इलाका प्रशासन कार्यलयबाटै पनि नागरिकताको…

Read More

काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रका गाउँबस्ती अहिले रित्तो जस्तै देखिएका छन् । हिउँ पग्लिएर खाली भएका नागी पाटनहरुमा यार्सा गुम्बा टिप्न गाउँलेहरु गएपछि गाउँ रित्तो भएको हो । गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो । मुगु जिल्लाको विकट मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ माँग्रीमा कक्षा एकमा अध्ययनरत सोनाम छिरिङ लामालाई साथीहरु ‘किरा कोर्न’ गएपछि स्कुल बिदा भएको थाहा छ । तर ‘किरा कोर्ने’ भनेको के हो भन्नेमा उनी अनविज्ञ छन् । उच्च हिमाली क्षेत्रका पाटनहरुमा पाइने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा ‘किरा कोर्ने’ भन्ने गरिन्छ । मुगु लगायत…

Read More

काठमाडौं । माओवादी केन्द्रले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ । बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आफ्नो मुद्दाबारेको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेर मात्र टिप्पणी गर्ने बताएका छन् । खुमलटारमा पदाधिकारी बैठकपछि उनले भने ‘अहिले आदेशको लिखित पनि आएको छैन । पूरै अध्ययन गर्नुपर्छ । मैले हिजोदेखि भन्दै आएको कुरा हो( अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन ।’ उनले यो विषयमा आ(आफ्नै ढंगले प्रचार गरिएको भन्दै ती प्रचारमा कुनै सत्यता नभएको जिकिर…

Read More